काठमाडौं : कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षा आगामी माघ २ र ३ गते सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको परीक्षा समय तालिकाअनुसार परीक्षा बिहान ११ बजेदेखि २ बजेसम्म हुनेछ।बोर्डले गत शुक्रबार नतिजा सार्वजनिक गरेको थियो। नतिजामा कम जीपीए प्राप्त गरेका विद्यार्थीले ग्रेडवृद्धि परीक्षा दिन पाउने बोर्डले जनाएको छ।बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालका अनुसार ३ लाख ७४ हजार १५ परीक्षार्थीमध्ये ७ हजार ३६ जनाले ए प्लस ग्रेड ल्याएका छन्।४८ हजार २ सय ३९ जनाले ए ग