राजनीतिक स्थायित्वको आधार (सम्पादकीय)

निर्वाचन आयोगले बुधबार नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाललाई दलको मान्यता दिएको छ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का ५५ केन्द्रीय सदस्य र ३० सङ्घीय सांसद दल विभाजनको पक्षमा उभिएपछि माधवकुमार नेपालको अध्यक्षतामा नेकपा(एकीकृत समाजवादी) गठन भएको हो । जनता समाजवादी पार्टी(जसपा) नेपालका १६ केन्द्रीय कार्यकारिणी सदस्य र १४ जना सांसदले सनाखत गरेपछि महन्थ ठाकुरको अध्यक्षतामा लोसपा नेपाल दर्ता भएको छ । सरकारको सिफारिसमा राष्ट्रपतिबाट भदौ २ गते बुधबार राजनीतिक दलसम्बन्धी ऐन, २०७३ मा संशोधन गर्न राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ जारी भएको थियो । यो अध्यादेशले दल विभाजनको प्रावधानलाई खुकुलो बनाउँदै केन्द्रीय समिति वा संसदीय दलका २० प्रतिशत सदस्यबाट नयाँ दल दर्ता गर्न पाउने सुविधा दियो । सोपछि एमालेबाट माधवकुमार नेपाल र जसपाबाट महन्थ ठाकुर समूहले छुट्टाछुट्टै दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिनुभएको हो । एमालेको केन्द्रीय कमिटीका २७ प्रतिशत सदस्य पार्टी विभाजनको पक्षमा उभिनुभयो । जसपाका ४१ प्रतिशत सांसद लिएर लोकतान्त्रिक समाजवादी पार्टी दर्ता भएको हो । दुईवटा दल विभाजनपछि अब प्रतिनिधि सभामा बहुमतीय शक्ति सन्तुलनमा आमूल परिवर्तन आएको छ । २०७४ को निर्वाचनपछि प्रतिनिधि सभामा एमालेका १२१ सदस्य थिए । दल विभाजनपछि एमालेमा ९८ र एकीकृत समाजवादीमा २३ जना विभाजित भए । अझै पनि एमालेका सांसदको सङ्ख्या धेरै छ । तर यो विभाजनले समानुपातिक मतको हिसाबमा

सम्बन्धित सामग्री

अबको मुद्दा राजनीतिक स्थायित्व : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौं – नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको अबको मुद्दा राजनीतिक स्थायित्व रहेको बताएका छन् । ललितपुर च्यासलस्थित नेकपा (एमाले) पार्टी कार्यालयमा आज एमाले पेशागत विशेष जिल्ला कमटीको नवौँ अधिवेशनको उद्घाटनमा उनले मुलुकमा राजनीतिक परिवर्तन भए पनि राजनीतिक स्थायित्व हुन नसकेको भन्दै पार्टीको अबको एजेण्डा राजनीतिक स्थायित्वका साथै आर्थिक विकास र समृद्धि हुने बताए […]

राजनीतिक स्थायित्व र सुशासन दिन सके सबै समस्या समाधान हुन्छन् : राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक स्थायित्व र सुशासन कायम गरी विभिन्न जात जाति, क्षेत्र, वर्ग लिङ्गका समस्या समाधानतर्फ सवैको ध्यान केन्द्रीत हुनुपर्ने बताएका छन्। राष्ट्रिय दलित आयोगको आर्थिक वर्ष २०७९÷८० को वार्षिक...

‘अब देशमा राजनीतिक स्थायित्व कायम हुनेछ’

चितवन-  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा राजनीतिक स्थायित्वको आधार बन्दै गएको बताएका छन् । भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन तथा विमानस्थल विस्तार शिलान्यास गर्दै उनले अब देशमा राजनीतिक स्थायित्व कायम हुने बताएका हुन् । नेपालको राजनीतिक स्थायित्वलाई नयाँ गति दिने सङ्कल्पसहित आफू प्रधानमन्त्री पदको जिम्मेवारीमा रहेको उनको भनाइ छ । उनले भने, ‘राजनीतिक स्थायित्वले […]

राजनीतिक स्थायित्व कायम भयो, अब विकास र समृद्धिमा ध्यान दिनुपर्छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले देशको राजनीतिक स्थायित्व कायम भइसकेकाले अब विकास र समृद्धिमा ध्यान दिनुपर्ने बताएकी छन् । शुक्रबार संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले देशको राजनीतिक स्थायित्व कायम भएको बताउँदै अब देशको विकास, समृद्धि र जनताको खुसीका लागि काम गर्नुपर्नेमा जोड दिएकी छन् । देशको राजनीतिले […] The post राजनीतिक स्थायित्व कायम भयो, अब विकास र समृद्धिमा ध्यान दिनुपर्छ : राष्ट्रपति appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

चीनको कूटनीतिक प्राथमिकतामा नेपाल, चीनको चाहना– नेपालमा राजनीतिक स्थायित्व

काठमाडौं। चीनले आफ्नोा कूटनीतिक प्राथमिकतामा नेपाललाई राखेको जनाएको छ। चीनले नेपालमा राजनीतिक स्थायित्व कायम गर्न समर्थन गर्दै आएको पनि बताएको छ। काठमाडौंस्थित चिनियाँ दूतावासका उप–प्रमुख वाङ सिनले भने, ‘चीनले आफ्नो छिमेकीको कूटनीतिमा नेपाललाई सधैं प्राथमिकतामा राखेको छ, राजनीतिक स्थायित्व कायम गर्न र आर्थिक र सामाजिक विकास हासिल गर्न नेपाललाई दृढतापूर्वक समर्थन गरेको छ।’

‘मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न कांग्रेसको आवश्यकता’

काठमाडौं, १४ कात्तिक । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले चुनाव पछि कांग्रेसकै नेतृत्वमा गठबन्धनको सरकार बन्ने बताएका छन् । मुलुकमा राजनीतिक स्थायित्व कायम गरि बाँकी रहेका कार्यभार पूरा गर्न कांग्रेसले नै नेतृत्व गर्ने बताएका छन् । राजधानीको बानेश्वरमा आज चुनावी अभियानका क्रममा मतदाताहरुसँगको भेटघाटको क्रममा नेता सिंहले उक्त कुरा बताएका हुन् । मुलुकमा दिनानु दिन […]

गठबन्धनले राजनीतिक स्थायित्व ल्याउने आधार गुमाइसक्योः शंकर पोख्रेल

दाङ – नेकपा एमालेका महासचिव शंकर पोख्रेलले राजनीतिक स्थायित्वले मात्रै देशमा समृद्धि आउने भन्दै राजनीतिक स्थायित्व कायम गर्ने आधार एमालेसँग मात्रै रहेको बताएका छन्। नेकपा एमाले घोराही उपमहानगरपालिका–१२ कमिटीले बुधबार अवलडाँडामा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै महासचिव पोख्रेलले संसदमा बहुमत ल्याएर राजनीतिक स्थायित्व कायम गर्ने आधार एमालेसँग मात्रै रहेको बताएका हुन्। कांग्रेसले आधा सिटमा […]

राजनीतिक स्थायित्व बिना समृद्धि हासिल गर्न सकिदैन्ः अध्यक्ष तिमिल्सिना

पर्वत । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राजनीतिक स्थायित्व नभइ मुलुकले समृद्धि हासिल गर्न नसक्ने बताएका छन् । पर्वतको पर्यटकीय गाउँ चित्रेमा आयोजित अन्तर्राष्ट्रिय पर्वत समाजको तेस्रो अधिवेशनलाई सम्बोधन गर्दै उनले मुलुकको भविष्य निर्माण गर्नका लागि सुरुमा राजनीतिक स्थायित्व अपरिहार्य हुने बताए । अध्यक्ष तिमिल्सिनाले लामो समयको सङ्घर्ष र आन्दोलनपछि पनि नेपालमा राजनीतिक स्थायित्व र स्थायी […]