रास्वपा सांसद खगेन्द्र सुनारको भनिएका चारवटा अडियो सामाजिक सञ्जालमा भाइरल छन्। ती अडियोमा प्रयोग भएका शब्द, गालीगलौज र अभिव्यक्ति यति निकृष्ट छन् कि परिवारसँग बसेर सुन्नसमेत अप्ठ्यारो पर्छ।
एउटा सामान्य परिवारको कुरा छाडौँ, साथीभाइसँग बसेर पनि ती अडियो सुन्न असहज हुन्छ। अझ एउटा अडियोम
सन् १९६५ अगस्ट ९ को त्यो ऐतिहासिक बिहान केवल एउटा नयाँ देशको जन्मको कथा मात्र थिएन, अपमान, असफलता र अथाहा निराशाको एउटा भीषण बज्रपात पनि थियो । जब मलेसियाको संसद्ले एकपक्षीय निर्णय गर्दै सिंगापुरलाई आफ्नो भूभागबाट निष्कासन ग¥यो, तब ३२ वर्षका युवा नेता ली कुआन यु राष्ट्रिय टेलिभिजनमा देशवासीलाई सम्बोधन गर्दा भक्कानिएर रोएका थिए । […]
सनातन संस्कृति र पूर्वीय दर्शनको धड्कन मानिने महान् पर्व दशैँ (दशहरा वा विजयादशमी) केवल कुनै भौगोलिक सीमा, राष्ट्रिय रेखा वा जातीय परिधिभित्र सीमित छैन । असत्यमाथि सत्यको, अधर्ममाथि धर्मको र अन्धकारमाथि प्रकाशको शाश्वत विजय उत्सवका रूपमा मनाइने यो पावन पर्व आज विश्वका २५ भन्दा बढी देशहरूमा भव्यताका साथ मनाउने गरिएको छ । नेपालको हिमाल, पहाड […]
पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर पर्साले रु १४ लाख २५ हजार ५०० बराबरको अवैध सामानहरु बरामद गरेको छ । वीरगञ्ज महानगरपालिका–२५, खल्वास्थित सशस्त्र प्रहरी बल नेपाल नेपाल बिओपी ड्राइपोर्ट, पर्साबाट खटिएको टोलीले खल्वा सीमा क्षेत्रको धान खेतमा लुकाई–छिपाई राखेको अवस्थामा सामान बरामद गरेको हो । ती सामानको मूल्य रु १३ […]
काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार ९८ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार सन् २०२६ को शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि १३० टोलीले अनुमति लिएका छन् । विभागका सूचना अधिकारी सुरज घिमिरेले ४१ हिमाल आरोहणका लागि ८३३ पुरुष र २६५ महिलाले आरोहण अनुमति लिएको जानकारी दिनुभयो । […]
अपाङ्गता भएका व्यक्तिको यौन तथा प्रजनन स्वास्थ्य र अधिकारमा सहज पहुँच सुनिश्चित गर्न स्वास्थ्यकर्मीको क्षमता विकास, स्वास्थ्य संस्थालाई अपाङ्गतामैत्री बनाउने तथा प्रभावकारी नीतिगत व्यवस्था गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्। राष्ट्रिय बहिरा महासंघ नेपालको आयोजनामा काठमाडौंमा आयोजित समन्वय बैठकमा सहभागीहरूले अपाङ्गता भएका व्यक्तिले स्वास्थ्य सेवा लिने क्रममा भोग्नुपरेका समस्या, विभेद र अवरोध हटाउन आवश्यक रहेको बताएका […]