पाटा र टिप्सीको सहकार्यमा निःशुल्क ‘हस्पिट्यालिटी तालिम’

प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले सम्पूर्ण नेपाली पर्यटन तथा हस्पिट्यालिटी व्यवसाय, विद्यालय वा संस्थाहरुमा आबद्ध असीमित प्रयोगकर्ता वा सरोकारवालाहरूले प्रयोग गर्न मिल्ने गरी निःशुल्क तीन महिनाको टिप्सी– अनलाइनलर्निङ प्लेटफर्म प्रिमियमम तालिम सुरु गरेको छ ।पाटा नेपालका सीईओ–सुरेश सिंह बुडाल र टिप्सीका एशियाप्याशिफिक क्षेत्रीय निर्देशक–टोनी बोल्फले नेपालको पर्यटन पुनरुत्थान अभियानलाई सहयोग गर्ने उद्देश्यले जुलाई […]

सम्बन्धित सामग्री

किसानलाई प्रेरित गर्न गाउँपालिकाले शुरु गर्‍यो ड्रागन खेती

साउन २८, वालिङ । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले ड्रागन फ्रुट खेतीका लागि किसानलाई प्रेरित गरेको छ । गाउँपालिका–४ को पुछार भन्ने ठाउँमा स्थानीयवासीको २४ रोपनी जग्गा १५ वर्षका लागि भाडामा लिएर सो फ्रुट लगाइएको अध्यक्ष खिमबहादुर थापाले बताए ।            ‘सिंचाइका लागि पर्याप्त पानी नचाहिने, यहाँको हावापानी, र माटो सुहाउँदो खेती भएकाले नमूनाका रूपमा खेती गरेका हौं’, अध्यक्ष थापाले भने, ‘शुरुको चरणमा स्थानीय किसान, कृषक समूह र सहकारीलाई यो खेतीका लागि प्रोत्साहन गर्ने नीति लियौं, तर यहाँका लागि नयाँ भएकाले खासै रुचि नदेखाएपछि गाउँपालिकाले नै शुरुवात गरेको हो ।’            गत वर्ष ३ हजार बिरुवा लगाइएकामा यस वर्ष १ हजार ८०० बिरुवा थप गरी कुल ४ हजार ८०० बिरुवा लगाइएको छ । उनका अनुसार  सुक्खा ठाउँ, पानी थोरै भए पनि हुने र यहाँको हावापानी तथा माटोअनुसार यस्तो खेतीको सम्भावना रहेको छ । उनले यसको व्यावसायिक उत्पादन यहाँ सम्भव छ भन्ने देखाएर किसानलाई प्रेरित गर्नका लागि पनि गाउँपालिका आफैंले प्रारम्भ गरेको हो ।            अहिले गाउँपालिकाले इच्छुक किसान, कृषक समूह तथा सहकारीलाई बिरुवामा ५० प्रतिशत अनुदान र पोलमा शतप्रतिशत अनुदानसहित आवश्यक प्राविधिक तालिम तथा सहयोग उपलब्ध गराउँदै आएकाले किसान यसप्रति आकर्षित भएका छन् । गाउँपालिकाले बिरुवा उत्पादन गरी किसानलाई ५० प्रतिशत अनुदानमा वितरण गर्दै छ । ५० ओटाभन्दा धेरै बिरुवा लगाउने किसान, समूहलाई ५० प्रतिशत अनुदान तथा पोल निःशुल्क उपलब्ध गराइएको छ । यो खेती विस्तारका लागि गाउँपालिकाले हालसम्म ८५ लाख रुपैयाँ लगानी गरिसकेको छ ।            ठूला–ठूला समथर बारीका पाटा भएर पनि सिँचाइको अभाव भएकाले लिफ्टिङ गरी पानी तानेर सिंचाइको व्यवस्था मिलाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश ज्ञवालीले बताउनुभयो ।विस्तारै किसान यस खेतीतर्फ आकर्षित हुँदै गएकाले यहाँको किसान, समूह सहकारीका लागि आम्दानीको स्रोत बन्न सक्ने उनले जानकारी दिए ।          किसान, समूह तथा सहकारीले उत्पादन गरेका बिरुवा तथा फलको विक्रीको व्यवस्था गाउँपालिकाले ने गरिदिने भएको छ । यहाँको गहना तथा नमूनाका रूपमा यो खेती विस्तार गरिएको प्राविधिक गम्बरसिंह थापाले बताए। गाउँपालिकाभित्र नौलो खेती भित्रिनाका साथै स्थानीयवासीले रोजगारीसमेत प्राप्त गरेका छन् ।   रासस

पाटा नेपाल च्याप्टरले शुरु गर्‍यो निःशुल्क हस्पिटालिटी तालिम

३१ असार, काठमाडौं । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले पर्यटन तथा हस्पिटालिटी व्यवसाय, विद्यालय र संस्थामा आवद्ध सरोकारवालाले प्रयोग गर्न सक्ने गरी निःशुल्क अनलाइन तालिम अभियान शुरु गरेको छ । पाटा नेपालका सीईओ सुरेश सिंह बुडाल र टिप्सीका एसिया प्यासिफिक क्षेत्रीय निर्देशक टोनी बोल्फबीच तालीम प्रदान गर्ने सम्बन्धमा हस्ताक्षर भएको छ । नेपालको […]

पाटाको तीन महिने निःशुल्क ‘हस्पिटालिटी ट्रेनिङ’

अन्तरराष्ट्रिय पर्यटन प्रवद्र्धनका साथै आतिथ्य सत्कार हस्पिटालिटी क्षेत्रमा दक्ष जनशक्ति उत्पादन तथा प्रवद्र्धनमा सक्रिय प्यासिफीक एशिया ट्राभल एसोसिएशन ९पाटा० नेपाल च्याप्टरले हस्पिटालिटीलगायत विभिन्न विषयमा तालीम दिने भएको छ । सम्पूर्ण नेपाली पर्यटन तथा हस्पिटालिटी व्यवसाय, विद्यालय वा संस्थामा आबद्ध असीमित प्रयोगकर्ता तथा सरोकारवालाले प्रयोग गर्न मिल्ने गरी पाटाले निःशुल्क तीन महिनाको ‘टिप्सी’ अनलाइन लर्निङ प्लेटफर्म प्रिमियम पहुँचको साथ प्रदान गर्ने तालीम अभियान शुरु गरेको हो । पाटा नेपालका प्रमुख कार्यकारी अधिकृत ९सिइओ० सुरेशसिंह बुडाल र टिप्सीका एशिया प्याशिफिक क्षेत्रीय निर्देशक टोनीबोल्फले नेपालको पर्यटन पुनरुत्थान अभियानलाई सहयोग गर्ने उद्देश्यले जुलाई १२ तारिख २०२१ मा ‘हस्पिटालिटी ट्रेनिङ– द रोड टु रिकभरी एण्ड बियोण्ड’ नामक साझेदारी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । टिप्सी एक विश्वका सर्वश्रेष्ठ पर्यटन एवं हस्पिटालिटी प्रोफेशनल र विश्व–विख्यात प्रशिक्षकद्वारा निर्मित पाठ्यक्रमसहित पर्यटन र हस्पिटालिटी उद्योगका लागि अनलाइन शिक्षा प्रदान गर्ने एक विशिष्ट प्लेटफर्म हो । उक्त प्लेटफर्मले कम्प्लाइन्स, व्यवसाय,

शिक्षा र आर्थिक विकास

शिक्षा कुनै पनि देशको समग्र विकासको आधार भएकाले यसको विकासमा विशेष ध्यान दिइन्छ । हाम्रो देशमा पनि पछिल्ला केही वर्षदेखि साक्षरहरूको संख्यामा लगातार वृद्धि भएको छ । शिक्षा र विकास एकै सिक्काका दुई पाटा हुन् । अहिले हामीले दिने शिक्षा व्यावहारिक र जीवनोपयोगी हुन नसकेको गुनासो सर्वत्र सुनिँदै आएको छ । शीपयुक्त र व्यावहारिक शिक्षाको विकास भयो भने मात्र देश विकासको गतिमा तीव्रता आउँछ । शिक्षा समयसापेक्ष भएन भने देश विकासले मूर्तरूप लिन सक्दैन । शिक्षामा जुन मात्रामा लगानी भइरहेको छ त्यो पर्याप्त त होइन तैपनि त्यसको प्रतिफल भने नगण्य रहेको छ । वर्तमान अवस्थामा शिक्षामा हुँदै आएको लगानीको लगभग ९० प्रतिशत रकम त शिक्षकको तलबमा खर्च हुन्छ । १० प्रतिशत रकम भने अन्य शीर्षकजस्तै तालीम, मसलन्द, शौचालय निर्माणजस्ता क्षेत्रमा खर्च हुने गर्छ । पछिल्ला ५ वर्षको तथ्यांक हेर्ने हो भने शिक्षामा विनियोजित बजेट घट्दै आएको देखिन्छ । यस क्षेत्रका विज्ञहरूले भने कम्तीमा शिक्षाका लागि राज्यले २० प्रतिशत रकम विनियोजन गर्नुपर्ने सुझाव दिँदै आएका छन् । तर, राज्यले त्यसलाई सम्बोधन गर्न भने सकेको छैन । सरकारी विद्यालयको गुणस्तरमा प्रश्न आउने गरेको देखिन्छ । राज्यले निःशुल्क शिक्षा भनेको छ तर व्यवहारमा शिक्षा सशुल्क नै छ । मासिक शुल्क नलिए तापनि विविध शीर्षकमा शुल्क असुल्ने गरिन्छ । शिक्षालाई प्रभावकारी र थप उपलब्धिपूर्ण बनाउने उद्देश्यले हाल देशैभरका प्राथमिक कक्षाका विद्यार्थीका लागि दिवा खाजा कार्यक्रम चलाइएको छ । विद्यालयमा विद्यार्थी टिकाई राख्न यो उपाय अवलम्बन गरिएको हो । यसको प्रभावकारिता अत्यन्तै सकारात्मक देखिएको छ । विद्यार्थीको पठनपाठन नियमित नहुनुको मूल कारण भनेको नै गरीबी भएकाले यसलाई न्यून गर्न राज्यले अझ प्रभावकारी कार्यक्रम ल्याउनुपर्ने देखिन्छ । शिक्षा मानवको आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक विकासका लागि अत्यावश्यक हुन्छ । शिक्षाले मानवलाई कुनै पनि समस्याको सामना गर्न सक्ने बनाउँछ । यसले उचित समयमा सही निर्णय लिन सक्षमसमेत बनाउँछ । सृजनशील र रोजगारी सृजनामा शिक्षाले अहम् भूमिका खेलेको हुन्छ । हामी धेरैजसो नागरिकमा शिक्षा रोजगारीका लागि मात्र आवश्यक हुन्छ भन्ने मानसिकता रहेको देखिन्छ तर वास्तविकता त्यो होइन । आजको समयमा शिक्षा जीवनको अभिन्न अंगका रूपमा विकास भएको वास्तविकतालाई हामीले भुल्नु हुँदैन । हरेक नागरिकको कुल आयको ३० प्रतिशतभन्दा धेरै रकम खर्च यसै शिक्षाक्षेत्रमा खर्च हुने गरेको तथ्यांकले देखाउँछ । अहिले कोरोनाको दोस्रो चरणको संक्रमण तीव्र रूपमा फैलिरहेकाले सर्वत्र चिन्ता छाएको अवस्था छ । बालबालिका बढी प्रभावित भइरहेकाले समस्या थप जटिल बनेको देखिन्छ । विद्यालय कोरोनाको हट स्पट बन्ने जोखिम बढेकाले बन्द गर्नुपरेको छ । कोरोनाको पहिलो लहरका बखतमा विद्यालयहरूले जेजस्ता सावधानी र सतर्कता अपनाउनुपर्ने थियो त्यो नभएको देखियो । आजको यो विषम अवस्थाको सामना गर्न सबैले हातमालो गर्नुपर्छ । शिक्षा र अर्थतन्त्रको सम्बन्ध पनि नङ र मासुझैं रहेको हुन्छ । प्रत्यक्ष र परोक्ष जे जसरी यसका लागि खर्च हुन्छ त्यसको लेखाजोखा गर्दा स्पष्ट देखिन्छ । शिक्षा ज्यादा खर्चिलो बन्दै गएको छ । हालसालै मात्र शिक्षा मन्त्रालयले सबै सरोकारवालासँग छलफल गर्दा विद्यालय सञ्चालकहरूले विद्यालय बन्द नगर्ने भनेर सरकारलाई स्पष्ट पारे । शैक्षिक सत्रको अन्त्यमा जुन अवस्थाको सामना गर्नुपर्ने अवस्थाको सृजना भयो त्यसले सर्वत्र चिन्ता र समस्या बढाएको छ । शिक्षाले प्रत्यक्ष रूपमा जसरी रोजगारी सृजना गर्छ त्यसैगरी परोक्ष रूपमा यसबाट विविध क्षेत्रमा राजगारीको अवसर सृजना गर्छ । व्यापार व्यवसाय तथा अन्य क्षेत्रमा पनि सहज वतावरण निर्माण गर्ने भएकाले शिक्षा मानव जीवनमा अत्यन्तै महŒवपूर्ण मानिएको हो । शिक्षित मानव शिष्ट सृजनशील तथा हरेक सवालमा सचेत हुन्छन । कोरोनाको पहिलो लहरबाट निकै प्रभावित भएको शिक्षाक्षेत्र विस्तारै सुचारू हुन थालेका बखतमा पुनः अर्को लहर जुन झनै जटिल र तीव्र संक्रमण हुने बेलायती भेरिएन्टको भाइरसका कारण झनैमा त्रासपूर्ण वतावरण निर्माण भएको छ । शिक्षामा व्यापारीकरणको चर्चा हुने नगरेका होइन तर हामीले शिक्षामार्फत जेजस्ता लाभ लिन सक्छाैं । त्यो लिँदै सकेसम्म व्यावहारिक र वैज्ञानिक अनि शीपयुक्त बनाउँदै जानुपर्छ । शिक्षालाई शीपसँग जोडन सक्यौं भने यसले विकासका थप मार्ग खोल्ने भएकाले यसमा सबै सरोकारवाला गम्भीर हुन जरुरी देखिन्छ । शिक्षाक्षेत्रमा ठूलो मात्रामा अर्थतन्त्रको सम्बन्ध गाँसिएको हुन्छ । अबका दिनमा सबै विद्यालयले सरकारबाट जारी भएमा स्वस्थ्य मापदण्डको इमानदारीका साथ पालना गर्दै यस घडीमा सुरक्षित रहने हरसम्भव प्रयासमा जुट्नुपर्छ । हालको सन्दर्भलाई हेर्दा सरकारलाई कर उठाउने चिन्ता हुनसक्छ भने विद्यालयलाई शुल्क उठाउने चिन्ताले सताएको होला । तर, आम अभिभावकलाई भने छोराछोरीको स्वास्थ्यको चिन्ता छ । आजको यो विषम अवस्थामा हामी सबैले जिम्मेवार भएर अगाडि बढ्नुपर्छ । अभिभावकले पनि यस अवस्थामा आप्mना बालबालिकालाई सृजनशील कार्यमा लगाउन पे्ररित गर्दै पठनपाठनमा जोड दिनुपर्छ । विद्यालयसँग जोडिएका अनेकाैं सवाल छन् ती भनेका किताब कापी पोशाकलगायत सामग्री खरीदले आर्थिक क्रियाकलाप गतिशील मात्र नबनाई समग्र अर्थतन्त्रलाई चलायमानसमेत बनाइराख्छ । गतवर्ष जसरी ल्यापटप मोबाइल र कम्प्युटरजस्ता प्रविधिका उपकरणले बजार पाएको थियो । त्यसको ठीकविपरीत पुस्तक तथा अन्य स्टेशनरीका सामानले बजार नपाउँदा यसको व्यवसाय गर्नेलाई मर्का पर्न गयो । विश्वभर आज जुन सन्त्रासपूर्ण वातावरण रहेको छ त्यसलाई हामीले निकै सुझबुझका साथ सामना गर्नुको अर्को विकल्प पनि त छैन । शिक्षामा संलग्न सबैले सजगताका साथ सरकारको निर्देशनको पालनामा इमानदार हुँदै अनलाइन पठनपाठनमा जुट्नुपर्छ । लेखक विश्वशान्ति कलेजका समाजशास्त्रका अध्यापक हुन् ।