काठमाडौं मल र आरबी कम्प्लेक्समा महानगरले चलायो डोजर (फोटोफिचर)

काठमाडौं महानगरपालिकाले सुन्धारामा रहेको काठमाडौं मल र खिचापोखरी स्थित आरबी कम्प्लेक्सको अनधिकृत संरचना डोजर लगाएर भत्काएको छ । महानगरले नक्सा पासभन्दा बाहिर गएर मलले बनाएका संरचना भत्काएको हो ।बिहान मेयर बालेन्द्र साह (बालेन)को उपस्थितिमा डोजरसहितको टोलीले अनधिकृत संरचना हटाएको हो । त्यस्तै नेपाल प्रहरी र महानगरपालिकाको प्रहरी टोली पनि खटिएको थियो ।यसअघि गत सोमबार महानगरले बानेश्वर क्षेत्रमा अनाधिकृत संरचना भत्काउनुको साथै पार्किङका लागि बनेको संरचना सोही प्रयोजनमा प्रयोग गर्न निर्देशन दिएको थि

सम्बन्धित सामग्री

बालेनसँग अल्फाबिटाका घरबेटीको सवालजवाफ : त्यसपछि झोक्किए बालेन

महानगरभित्रका अनधिकृत संरचना हटाउने अभियान थालेको काठमाडौं महानगरपालिकाले बिहीबार पनि सो कार्यलाई निरन्तरता दिएको छ । अनधिकृत संरचना हटाउने कार्यमा मिडिया र महानगर प्रहरीका साथै कर्मचारी लिएर बालेन आफै फिल्डमा खटिँदै आएका छन् । बुधबार काठमाडौं मल र न्युरोडको आरबी कम्प्लेक्स लगायतको अनधिकृत संरचनामा डोजर चलाएका बालेन बिहीबार भने केही फरक शैलीमा प्रस्तुत भए । नयाँ बानेश्वरको अल्फाबिटा कम्प्लेक्समा उनी संरचना हटाउन भनेर पुगे । तर, त्यहाँ डोजर चलेन बरु उनको अल्फा बिटाका घरबेटीसँग सवाल जवाफ चल्य

त्यसपछि बालेनले ड्रिलर छोडेर डोजर रोजे…

८ भदौ, काठमाडौं । अन्डरग्राउन्ड पार्किङ खुलाउन काठमाडौं महानगरपालिकाले नयाँबानेश्वर क्षेत्रमा ‘ड्रिलिङ मेसिन’ लगाउँदा मेयर बालेन साहमाथि प्रश्न आयो, ‘ठूलालाई चैन, सानालाई ऐन किन ?’ जिल्ला अदालतदेखि ठूला मलअगाडि फुटपाथ मिचेर पार्किङ गरेको भिडियोहरु विभिन्न माध्यमबाट उनीसम्म पुग्यो । मेयर बालेनले बुधबार काठमाडौं मल, आरबी कम्प्लेक्स लगायतले बनाएको अनाधिकृत संरचनामा डोजर लगाएर त्यसको जवाफ दिएका […]

रञ्जना गल्लीमा पस्यो महानगरको डोजर

काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन साहको नेतृत्वमा न्यूरोडको काठमाडौं मल र खिचापोखरीको आरबी कम्प्लेक्स अगाडिको संरचना भत्काइसके पछि रञ्जना गल्लीभित्र बनेको भवनहरु पनि भत्काउन सुरु गरेको छ । उक्त गल्लीमा नक्सा विपरीत बनाइएका संरचना भत्काउने काम भइरहेको छ ।

काठमाडौं मल र आरबी कम्प्लेक्स अगाडि बनेका अनधिकृत संरचना भत्काइयो

काठमाडौं महानगरपालिकाले महानगरभित्र अनधिकृत रुपमा निर्माण गरिएका संरचना हटाउने अभियानलाई तीव्र पारेको छ । यस क्रममा महानगरले बुधबार सुन्धारास्थित काठमाडौं मलमा बनेको अनधिकृत संरचना डोजर लगाएर भत्काएको छ ।

न्यूरोडको आरबी कम्प्लेक्समा पनि चल्यो महानगरपालिकाको डोजर

८ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले खिचापोखरीस्थित आरबी कम्प्लेक्स अगाडि समेत डोजर चलाएको छ । काठमाडौं मल अगाडि नक्सा पास बिना बनाइएका संरचना भत्काएको महानगरपालिकाले अहिले खिचापोखरी क्षेत्रका संरचना भत्काउन थालेको हो । महानगरपालिकाले उक्त कम्प्लेक्स अगाडिका संरचना भत्काइरहेको छ । मेयर बालेन साहको उपस्थितिमा अवैध संरचनामा डोजर चलाएको हो ।