न्यूरोडको आरबी कम्प्लेक्समा पनि चल्यो महानगरपालिकाको डोजर

८ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले खिचापोखरीस्थित आरबी कम्प्लेक्स अगाडि समेत डोजर चलाएको छ । काठमाडौं मल अगाडि नक्सा पास बिना बनाइएका संरचना भत्काएको महानगरपालिकाले अहिले खिचापोखरी क्षेत्रका संरचना भत्काउन थालेको हो । महानगरपालिकाले उक्त कम्प्लेक्स अगाडिका संरचना भत्काइरहेको छ । मेयर बालेन साहको उपस्थितिमा अवैध संरचनामा डोजर चलाएको हो ।

सम्बन्धित सामग्री

कांग्रेस नेताको दाइले अतिक्रमण गरेको जग्गामा महानगरको डोजर लागेन

काठमाडौं, १४ माघ । नेपाली कांग्रेस काठमाडौं १० का नेता मधुसुदन अधिकारीका दाइले अतिक्रमण गरेको सार्वजनिक जग्गामा काठमाडौं महानगरपालिकाको डोजर नलागेको पाइएको हो । काठमाडौं महानगरपालिका वडा नम्बर १० को वडा कार्यालयसँगैको सरकारी जग्गा हडप्ने अधिकारीको कम्पाउण्डवालमा महानगरको डोजर नलागेपछि वडाका जनप्रतिनिधिहरुको भूमिकामाथि प्रश्न उठेको छ । शुक्रबार काठमाडौं महानगरपालिकाका नगर प्रहरीसहितको टोलीले वडा कार्यालयसँगै […]

महानगरले डोजर चलाउन खोज्दा गैरीगाउँ तनावग्रस्त

काठमाडौं । काठमाडौं महानगरपालिकाले गैरीगाउँ सुकुम्वासी बस्तीमा डोजर चलाउन खोज्दा दिनभर तनाव भएकाे छ । महानगरले अव्यवस्थित बस्ती हटाउन ७ वटा डोजर लिएर गैरीगाउँ सुकुम्वासी बस्तीमा पुगेकाे थियाे । तीनकुनेबाट गैरीगाउँतर्फको बागमती करिडोरमा टायर र काँडेतार राखेका सुकुम्वासी बस्तीका बासिन्दाले पछि टायर बालेर प्रदर्शन गरेपछि तनाव भएकाे थियाे । महानगरपालिकाको डोजर पुग्नुअघि नेपाल प्रहरी र […]

बैङ्कको पार्किङमा डोजर चलाएर टुकुचा खोज्दै महानगर

काठमाडौँ । काठमाडौँ हात्तीसारस्थित सिद्धार्थ बैङ्कको पार्किङमा महानगरपालिकाले टुकुचा खोला उत्खनन सुरु गरेको छ। महानगरपालिकाको डोजर सहितको टोली हात्तीसार पुगेर बैङ्कले पार्किङमा प्रयोग गर्दै आएको क्षेत्रमा डोजर चलाएर उत्खनन गरिरहेको हो। टुकुचा खोला अतिक्रमण गरेको भन्दै महानगरले केही दिनदेखि हात्तीसार क्षेत्रमा डोजर चलाइरहेको छ । यसअघि बिहीबार महानगरले जय नेपाल हलको प्राङ्गणबाटै टुकुचा खोला खोज्न सुरु गरेको […]

हात्तीसार क्षेत्रमा टुकुचा खोज्दै महानगर

२ असोज, काठमाडौं । काठमाडौंको हात्तीसारस्थित सिद्धार्थ बैंक पछाडि टुकुचा खोला उत्खनन सुरु भएको छ । महानगरपालिकाको डोजर सहितको टोली केहीबेर अघि हात्तीसार पुगेको थियो । उक्त क्षेत्रमा डोजर चलिरहेको छ तर खोला भने भेटिएको छैन । टुकुचा खोला अतिक्रमण गरेको भन्दै महानगरले केही दिनदेखि सो क्षेत्रमा डोजर चलाइरहेको छ । बिहीबार महानगरले जय नेपाल […]

टुकुचाको खोजीमा बालेन : भत्केलान् त हात्तीसार क्षेत्रमा बडेमानका संरचना ?

२०७९ भदौ ३० गते दिउँसो एकाएक काठमाडौं महानगरपालिकाको डोजर टुकुचा खोलाको उत्खनन् गर्न हात्तीसारमा रहेको जय नेपाल हलमा पुग्यो । जय नेपाल फिल्म हलको कम्पाउन्डमा महानगरको डोजर चलेपछि करिब १५ फिट तल टुकुचा खोला बगेको पाइयो । बुढानीलकण्ठदेखि बगेको टुकुचा खोला विभिन्न स्थानमा पुरिएको पाइएपछि काठमाडौं महानगरपालिकाले खोलाको खोजी गरेको हो ।कुनै बेला इच्छुमतिको नामले चिनिन्थ्यो, टुकुचा खोला । बुढानिलकण्ठबाट सुरु भएको टुकुचा थापाथली नजिक बागमतीमा गएर मिसिएको छ । कुनै समय मानिसहरु पौडी खेल्ने, माछा मार्ने खो

नयाँबानेश्वरमा चल्यो महानगरपालिकाको डोजर (लाइभ)

३१ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले नयाँबानेश्वर क्षेत्रका अनधिकृत संरचना हटाउन डोजर चलाएको छ । सडक सीमा मिचेर बनेका संरचना र पसल हटाउन महानगरपालिकाले डोजर चलाएको हो । महानगरपालिकाले यो महिनाभर नै अनधिकृत संरचना हटाउने अभियान चलाउँदै आएको छ । यसअघि भूमिगत पार्किङ र फुटपाथ व्यापार हटाउने अभियान बानेश्वरबाटै सुरू भएको थियो । d

आफ्नै संरचनामा महानगरपालिकाको डोजर

पोखरा महानगरपालिकाले महेन्द्रपुलस्थित ४० वर्ष पुराना आफ्नै संरचनामा डोजर चलाएको छ। व्यावसायिक प्रयोगका लागि बनाइएको भवन जीर्ण बन्दै गएपछि पोखरा आर्ट ग्यालरी, सार्वजनिक पुस्तकालय भवनलगायत ३२ वटा सटरहरू भत्काएको छ। महानगरपालिकाकै स्वामित्वमा रहेका यी दुईवटा भवन महानगर प्रमुख धनराज आचार्य र वडाध्यक्ष दीपेन्द्र मर्सानीसहितको टोलीले भत्काएको हो। उक्त भवनको माथिल्लो तलामा पुस्तकालय, अर्कोमा ग्यालरी र भुइँ तलामा सटरहरू थिए ।

पोखरा आर्ट ग्यालरी र पुस्तकालयमा चल्यो महानगरपालिकाको डोजर

कास्की । पोखराको महेन्द्रपुलस्थित पोखरा आर्ट ग्यालरी र पुस्तकालयमा महानगरपालिकाले डोजर चलाएको छ । २०५६ सालमा स्थापना भएको पोखराको एकमात्र सार्वजनिक ग्यालरी पुरानो र जीर्ण भएको भन्दै महानगरका तत्कालीन मेयर मानबहादुर जिसीको कार्यकालमै त्यसलाई भत्काउने निर्णय भएको थियो । हालका मेयर धनराज आचार्यसहितको टोलीले आज बिहान त्यसलाई भत्काएको हो । ग्यालरीको तल्लो तलामा सटर राखेर […]

गोंगबुको बसपार्क क्षेत्रका अबैध संरचना भत्काउन सुरु

काठमाडौं, २० भदौ । अनधिकृत संरचना हटाउन काठमाडौं महानगरपालिकाको डोजर गोंगबु बसपार्क क्षेत्रमा पुगेको छ । महानगरले बसपार्क क्षेत्रमा रहेका अबैध संरचना हटाउन सुरु गरेको हो । आइतबार कोटेश्वर क्षेत्रको अनधिकृत संरचना हटाएको थियो । महानगरले केही दिन एता फुटपाथ मिचेर बनाइएका संरचना हटाउँदै आइरहेको छ ।

काठमाडाैं महानगरको डोजर आज कोटेश्वरतर्फ

बानेश्वर, न्युरोड, दरबारमार्ग क्षेत्रमा अनधिकृत रूपमा बनाइएका संरचना हटाउँदै गरेको काठमाडौं महानगरपालिकाको डोजर आज कोटेश्वरतर्फ सोजिने भएको छ ।