तीनकुने 'छोप्दा' सरकारले ढाक्न नसकेका यी 'लाजहरु...'

काठमाडौं : चीनका राष्ट्रपति सी जिनपिङ केही घन्टाभित्रै नेपालमा अवतरण गर्दैछन्। उनको स्वागतका लागि सरकार दशैं नभनी सडक कालोपत्रे भ्यायो भने सजिसजाउमा पनि जुट्यो। आज बिहानै प्रधानमन्त्री ओली आफैँ निस्किए - एयरपोर्टदेखि चिनियाँ राष्ट्रपति बस्ने होटल सोल्टीसम्मै। सडकका दुवैतर्फ चिनियाँ राष्ट्रपति सी र नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीका फोटोहरु चिटिक्क

सम्बन्धित सामग्री

पार्टीकै चोखो बन्न नसकेका के प्रधानमन्त्री बन्लान् ?

चुनावअघि काठमाडौंको तीनकुने, अनामनगर, चाबहिल र बागबजारका चियापसलमा एउटा विषयमा खुबै बहस चलेको थियो– माओवादीबाट उठेका उम्मेदवारलाई कांग्रेसका कार्यकर्ताले भोट हाल्नुहुँदैन । पार्टी सभापति शेरबहादुर देउवाको पक्षका उम्मेदवारलाई पनि हराउनुपर्छ । यो कुरा गर्ने अरु कोही नभई गगन थापाका समर्थकहरु रहेछन् । अहिले आएर यो कुरा स्पष्ट हुँदै छ । गगनले जसरी हुन्छ, शेरबहादुर पक्षलार्ई […]

विद्यासुन्दर शाक्य: ५ वर्षमा पनि ‘आफ्नै घर’ बनाउन नसकेका देशकै शक्तिशाली मेयर

काठमाडौँ महानगरपालिका देशको संघिय राजधानी हो । भक्तपुर र ललितपुर पनि राजधानी सरह नै भएपनि काठमाडौँ महानगरपालिकाभित्र सिंहदरबार (मन्त्रिपरिषद् कार्यालय), राष्ट्रपति र उपराष्ट्रिका कार्यालय, संसद भवन, सर्वोच्च अदालत, मुलुकको एक मात्रै अन्तराष्ट्रिय विमानस्थल, तीन वटै सुरक्षा निकायका प्रधान कार्यालयहरु र ठूला सरकारी अस्पतालहरु रहेकाले यसको आफ्नै महत्व छ ।२०७४ सालमा २० वर्षपछि स्थानीय तहको निर्वाचन हुँदा नागरिकका आकांक्षा धेरै थिए । काठमाडौँ देशभरीका मानिसहरु कामको र अध्ययनको शिलशिलामा बस्ने शहर हो । यहाँ बसोबास गर्नेहरु सबै मतदाता होइनन्, तर करदाता भने हुन् । स्थानीय स्तरमा सानो तिनो व्यवसाय गर्नेहरु बाहिरी जिल्लाबाट आएको भएपनि उनीहरुले कर यहाँ तिरेका छन् । त्यसकारण उनीहरुको पनि स्वभाविक रुपमा आकांक्षा यहीँका जनप्रतिनिधिसँग हुन्छ ।विद्यासुन्दरः आफ्नै घर बनाउन नसकेका मेयरकाठमाडौँ महानगरपालिकाको चुनावमा एमालेबाट निर्वाचित भएका मेयर हुन् विद्यासुन्दर शाक्य । देशब्यापी एमालेको जनलहर चलिरहको अवस्थामा भएको निर्वाचनमा शाक्यले भारी मतका साथ बाजी मारेका थिए । यसअघिःतीनकुने पार्क बनाउछु भनेका विद्यासुन्दर शिलान्यास नै नगरी बिदा हुँदैशाक्यले ६४ हजार ९१३ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजुराज जोशीले ४५ हजार २६९ मत ल्याएका थिए ।ठूला योजना सबै बिफलशाक्यको घोषणापत्र हेरेर भन्दा पनि देशभर बढिरहेको ‘एमाले र ओली क्रेज’ले उनलाई चुनाव जिताएको थियो । उनले घोषणापत्रमा केही महत्वकांक्षी योजना नबनाएका होइनन् । तर, ती कुनै पनि सफल भएनन् । मोनोरेलविद्यासुन्दर शाक्यको चुनावी घोषणापत्रमा काठमाडौँमा मोनोरेल गुडाउने भनेर लेखिएको थियो । पहिलो वर्ष, दोस्रो वर्ष र तेस्रो वर्षसम्म पनि कुनै ‘रिजल्ट’ नदेखिएपछि मानिसहरुले ‘खोइ मोनोरेल ?’ भनेर शाक्यको आलोचना गर्न थाले । त्यसपछि बल्ल उनले आफ्नो घोषणापत्र सम्झिए र केही छलफल चलाए ।मोनोरेल चलाउने विषयमा महानगर र चिनियाँ कम्पनी सीसीआरसीबीच सम्झौता भएको थियो । सम्झौता अनुसार चिनियाँ कम्पनीबाट महानगरले रिपोर्ट पनि पायो । रिपोर्ट कार्यान्वयन गर्ने सम्बन्धमा छलफल सकेर महानगरले ‘डीपीआर’को अनुमति पनि पाएको थियो । तर, महानगरले डीपीआर नै बनाउन सकेन ।यो पनिःतीनकुनेमा बुद्धपार्कः हल्लै हल्लामा बित्यो विद्यासुन्दरको ४ वर्षफलस्वरुप, काठमाडौँमा मोनोरेल नगुड्ने भयो । यद्यपी, केही दिन अघि मेयर शाक्यले पत्रकार सम्मेलन गर्दै काठमाडौँमा मोनोरेल गुडाउने विषयमा छलफल चलाईराखेको दाबी गरेका छन् ।तिनकुनेमा बुद्ध पार्क तीनकुनेको खाली जग्गा (तीनकुने चउर)मा बुद्ध पार्क बनाउने विषय मेयर शाक्यले निर्वाचनका समयमा जोडतोडले उठाए । उनले आफ्नो घोषणापत्रमा आफूले चुनाव जितेको १ सय दिनमै तीनकुने पार्कको काम सुरु गर्छु भनेका थिए । तर, ५ वर्ष बित्यो, काम त के, मुआब्जा वितरण नै गर्न सकेनन् ।तीनकुने चउर ४६ वर्षदेखि अलपत्र छ । त्यहाँ अत्याधुनिक बुद्ध पार्क बनाउन भनेर डिजाइन बनाइएको पनि वर्षौ भईसक्यो । ‘हामीले मात्रै चाहेर नहुँदो रहेछ, मुआब्जा दिलाउन भनेर हामी विभिन्न विभागमा धायौँ, विभागहरुले पनि मुआब्जा दिलाउँछौँ भने तर, दिलाउन सकेनन् । मुआब्जा नै दिलाउन नसकिएपछि तीनकुनेमा पार्क बनाउन सकेनौँ’ मेयर शाक्यले अहिले यस्तो जवाफ दिन थालेका छन् ।महानगरको आफ्नै भवनमेयर शाक्यको ५ वर्षे कार्यकाल सकिन अब डेढ महिना बाँकी छ । ५ वर्षे कार्यकालमा उनले आफ्नै महानगरको भवन पनि बनाउन सकेनन् । अहिले वडाको उद्घाटन तथा शिलान्यासमा ब्यस्त रहेका शाक्यले महानगरको भवन बन्न नसक्नुमा आफू कारक नरहेको प्रष्टिकरण दिन थालेका छन् ।बागदरबार विवाद र पछिल्लो २ वर्ष कोरोना कहरका कारण आफ्नै कार्यकालमा महानगरको भवन बनाउने सपना पूरा हुन नदिएको मेयर शाक्य बताउँछन् ।उनै शाक्य, पुनः पार्टीले टिकट दिए मेयरमा दोहोरिने दाउमा छन् ।