नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । बुधबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेलमा समान एक/एक रुपैयाँका दरले मूल्य घटाएको हो । गत हप्ता मात्र निगमले पेट्रोलियम पदार्थ पेट्रोल, डिजेल, मट्टितेलमा समान प्रतिलिटर २/२ रुपैयाँका दरले बढाएको थियो भने, खाना पकाउने एलपी ग्यासको मूल्य समेत अधिकतम प्रतिसिलिन्डर २५ रुपैयाँले वृद्धि गरेको थियो । सोही मूल्य वृद्धिको विरुद्धमा ५ विद्यार्थी सङ्गठनले विरोधसहित निगममा ज्ञापन पत्र बुझाएसँगै निगमले मूल्य घटाएको हो ।&n