शिव सत्याल र सुवास श्रेष्ठमंसिर ४ मा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेदवारहरु मतदातालार्ई आफ्नो पक्षमा भोट हाल्ने बनाउने ध्याउन्नमा व्यस्त देखिएका छन् । यस्तै व्यवस्तता अर्बपति व्यापारीसमेत रहेका उम्मेदवार विनोद चौधरी र हृदयेश त्रिपाठीको पनि देखियो । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा कांग्रेसका चौधरी सत्ता गठबन्धनको साझा उम्मेदवार र जनता प्रगतिशील पार्टीका अध्यक्ष त्रिपाठी एमाले गठबन्धनको साझा उम्मेदवारको रुपमा चुनावी मैदानमा छन् ।कात्तिक २४ गते रातोपाटीको टीम