भलिबल संघको निर्वाचन आज

करिव दुई वर्ष ढिला गरि  नेपाल भलिबल संघको चुनावी साधारण सभा आज हुँदैछ । कोरोना महामारीका कारण दुई वर्ष ढिला भएको चुनावले आगामी चार वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।नयाँ नेतृत्वका लागि वर्तमान उपाध्यक्ष निरोज मास्के र महासचिव जितेन्द्र चन्द चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा हुने चुनावी साधारण सभामा सहसचिवका लागि मास्केको प्यानलबाट मनवीर छन्त्याल र चन्दको प्यानलबाट रोशन श्रेष्ठले उम्मेदवारी दिएका छन् ।संघको केन्द्रीय निर्वाचनमा १३१ जना मतदाता छन् । बागमत

सम्बन्धित सामग्री

भलिबल संघको निर्वाचन आज, चन्द र मास्के प्यानलबीच प्रतिस्पर्धा

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको राष्ट्रिय खेल भलिबलको सर्वाेच्च संस्था नेपाल भलिबल संघको नवौं चुनावी साधारण सभा बुधबार काठमाडौंमा हुँदैछ । अघिल्लो साधरणसभामा अध्यक्षलगायतका कार्यसमितिमा निर्विरोध निर्वाचित भएपनि यसपटक चुनाव हुने सम्भावना बढी छ । संघको उपाध्यक्ष रहेकी निरोज मास्केले यसअघि नै भलिबल बिकासका लागि पाँच ‘प’ को प्रतिबद्धतासहित अध्यक्षको लागि उम्मेदवारी दिने घोषणा गरिसकेका […]

भलिबल संघको निर्वाचन भदौ २२ गते हुने

काठमाडौं । नेपाल भलिबल संघको निर्वाचन भदौ २२ गते हुने भएको छ । आज भक्तपुरमा जारी भलिबल संघ कार्यसमितिको पूर्ण बैठकले निर्वाचन भदौ २२ गर्ने निर्णय गरेको एक पदाधिकारीले बताए ।  ‘‘संघको चुनाव भदौ २२ गतेका लागि तय भएको छ । अहिलेलाई यति भनौँ,’’ संघका एक पदाधिकारीले भने ।  कार्यकाल सकिएको झण्डै दुई वर्ष बितिसक्दा...