जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्द चोकस्थित एक घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता ओमप्रकाश खनालका अनुसार महोत्तरीको लोहारपट्टी नगरपालिका-२ का ७० वर्षीय किशोरी सहनीको जलेर मृत्यु भएको हो । घरायसी सामानसहित रु तीन लाख बराबरको क्षति भएको छ । आगलागी गएराति भएको हो । विद्युत् सर्ट भई आगलागी भएको […]
भोजपुर– भौगोलिक विकटताका कारण प्राविधिक सेवा र औषधि पाउनबाट वञ्चित ग्रामीण भेगका किसानलाई लक्षित गरी भोजपुरको पौवादुङमा गाउँपालिका–५ सानोदुम्मामा निःशुल्क पशु स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । पशुपालक किसान सहज रूपमा घरदैलोमा सेवा उपलब्ध गराउने लक्ष्यले शिविर सञ्चालन गरिएको हो । शिविरका अवसरमा उद्योग, कृषि तथा सहकारी मन्त्रालयका डा. देवकुमार दर्लामी तथा गाउँपालिकाका डा. रामकृष्ण […]
संयुक्त राष्ट्रसंघ महासभाले प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासलाई भिडियोमार्फत आगामी वार्षिक उच्चस्तरीय बैठक सम्बोधन गर्न अनुमति दिएको छ। अमेरिकाले लगातार दोस्रो वर्ष अब्बासलाई न्यूयोर्क जान प्रवेश भिसा नदिएपछि महासभाले यस्तो निर्णय गरेको हो। बिहीबार भएको मतदानमा प्रस्तावको पक्षमा १५२ देश र विपक्षमा तीन देशले मतदान गरेका थिए भने चार देश मतदानमा सहभागी भएनन्। प्रस्तावले अब्बाससँगै अमेरिका […]
धनकुटा । स्थानीय किसान तथा सामुदायिक वन समूहलाई उत्पादनमूलक कृषिमा प्रोत्साहन गर्ने उद्देश्यले धनकुटा नगरपालिकाले सडक किनारका खाली जग्गामा बेसार खेती थालेको छ । बेसार खेतीसँगै सडक क्षेत्रलाई हरियाली, स्वच्छ र आकर्षक बनाउने लक्ष्यअनुरुप कोशी राजमार्गअन्तर्गत नगरपालिकाको सरस्वती चोक–सल्लेरी खण्डमा बेसार खेती गरिएको छ । नगरभित्रका विभिन्न भित्री सडक किनारमा पनि बेसार रोपिएको नगरपालिकाको वातावरण […]
सर्लाही । मोटरसाइकलको ठक्करबाट सर्लाहीको गम्हरियामा एकजना पैदलयात्रीको मृत्यु भएको छ भने अर्का साइकलयात्री घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमका अनुसार गए राति मलङ्गवार नगरपालिका–११ गम्हरियामा मोटरसाइकलको ठक्करबाट ७० वर्षका वाल्मीकि रायको मृत्यु भएको हो । सोही मोटरसाइकलको ठक्करबाट साइकलचालक मलङ्गवा नगरपालिका–४ का ५९ वर्षका महेश महतो घाइते भएका […]