प्रदेश नं १ प्रदेश सभाको आजको बैठकमा ‘प्रदेश कृषि व्यवसाय प्रबर्द्धन अनुदान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७८’ सर्वसम्मतिले पारित भएको छ ।
सो प्रस्ताव भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामबहादुर मगरले सदनमा पेश गरेका थिए ।
विधेयकमा प्रदेश सभा सदस्यद्वय बुद्धिकुमार राजभण्डारी र विमल कार्कीले संशोधन प्रस्ताव दर्ता गरेका थिए ।
संशोधन प्रस्तावको दफावार छलफलमा प्रदेश सभा सदस्य कार्कीले कृषि अर्थतन्त्रको मेरुदण्ड भएकाले यसलाई फस्टाउन अनुदानको व्यवस्था खारेज गर्नुपर्ने धारणा राख्दै अनुदानले कृषिमा क्रान्...