नेपालको पूर्वी भागमा हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको मौसमविदले जनाएका छन् । मौसमविद् डा. धर्मराज उप्रेतीले भारतबाट समुद्री आँधी सुरु भएको र त्यसको प्रभाव स्वरुप नेपालको पूर्वी भेगमा हावाहुरी र पानी पर्ने सम्भावना रहेको बताए ।मंगलवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै मौसमविद् उप्रेतीले ६० देखि ७० किलोमिटर प्रतिघण्टाको वेगमा चलिरहेको हावाले बंगालको खाडी र म्यानमारमा हाल ठुलो पानी पारिरहेको र दुई, तिन दिन अझै यसको वेग बढ्ने बताए । यस आँधीको असर नेपालको पूर्वी भाग र उच्च हिमाली क्षेत्रमा पनि