अन्तिम समयको पेनल्टीले जर्मनीसँग हारबाट जोगियो इंग्ल्यान्ड

काठमाडौं : ह्यारी केनले अन्तिम २ मिनेट बाँकी रहँदा पेनल्टीमा गोल गरेपछि इंग्ल्यान्डले नेसन्स लिगमा जर्मनीसँग १-१ गोलको बराबरी खेल्दै प्रतियोगितामा पहिलो अंक जोडेको छ।एलिएन्ज एरिना म्युनिखमा मंगलबार राति भएको खेलमा घरेलु टोलीका लागि जोनास होफमानले गोल गर्दै जर्मनीलाई सुरुवाति अग्रता दिलाएका थिए। पाहुना टोलीलाई दवावमा राखेको जर्मनीले खेलको ५०औं मिनेटमा अग्रता लिएको थियो। जोनास होफमानले योसुवा किम्मिखको पासमा गोल गर्न सफल भएको थियो।तर जित उन्मुख जर्मनी अन्तिम २ मिनेट समालिन नसक्दा बराबरीमा चित

सम्बन्धित सामग्री

महिला युरोपियन च्याम्पियनसिप : इंग्ल्यान्डलाई ऐतिहासिक उपाधि

काठमाडौं । इंग्ल्यान्ड पुनः एकपटक इतिहास रच्न असफल हुने देखिएको थियो । तर, क्लोइ केलीले सफलता हासिल गरिन् । थप ३० मिनेट समयको दोस्रो हाफमा केलीको गरेको गोलमा इंग्ल्यान्ड महिला फुटबल टिमले ऐतिहासिक सफलता हासिल गर्‍यो । केलीले प्रतिस्पर्धात्मक अन्तर्राष्ट्रिय खेलमा पहिलोपटक गरेको गोलमा इंग्ल्यान्डले जर्मनीलाई २–१ ले हराउँदै युरोपियन च्याम्पियनसिपको...

इंग्ल्यान्ड बन्यो पहिलो पटक यूरोपियन च्याम्पियन

काठमाडौं । सर्वाधिक ८ पटकको विजेता जर्मनीलाई २-१ गोलको नतिजामा पराजित गर्दै घरेलु टिम इंग्ल्यान्डले महिला यूरो च्याम्पियनसिप २०२२ को उपाधि उचालेको छ । वेम्ब्लीमा आइतबार राती सम्पन्न फाइनल खेलमा इंग्ल्यान्डलाई जित दिलाउन एला टोन र चोइ केल्लीले गोल गरे ।जर्मनीका लागि लिना मागुलले एक मात्र गोल गरेकी थिइन् । निरधारित समयको ६२औं मिनेटमा टोनीको […]

इंग्ल्यान्ड बन्यो युरो च्याम्पियन

इंग्ल्यान्डले आफ्नो महिला फुटबलको इतिहासमा आइतबार पहिलो ठूलो उपाधि जितेको छ । वेम्बलीमा भएको युरो २०२२ को फाइनलमा इंग्ल्यान्डले जर्मनीलाई अतिरिक्त समयको खेलमा २–१ ले हराएको हो ।

जुबेर हाम्जालाई प्रतिवन्ध

दक्षिण अफ्रीकाका ब्याट्सम्यान जुबेर हाम्जालाई ९ महिनाको प्रतिवन्ध लागेको छ । उनी डोपिङ परीक्षणमा असफल भएपछि आईसीसीले प्रतिवन्ध लगाएको हो ।हाम्जाले आईसीसी समक्ष आफूले भूलबस उक्त औषधि प्रयोग गरेको बयान दिएका छन् । २६ वर्षीय हाम्जाको बयान आईसीसीले स्वीकार गर्दै छोटो समयको प्रतिबन्ध गरेको छ ।हाम्जाले अब आगामी समरमा इंग्ल्यान्ड भ्रमण गुमाउने छन् ।

आधुनिक भवनमा युरोपेली वास्तुकलाको प्रचलन

काठमाडौं । आर्किटेक्चरको नेपाली अर्थ हुन्छ, वास्तुकला । आर्किटेक्ट वा वास्तुकला भन्नासाथ भवन भन्ने बुझिन्छ । वास्तुकलामा भवन शब्दले मात्र पूर्णता पाउन सक्दैन । भवनसँग सम्बन्धित जग्गाजमिन, नक्सा पास, इन्टेरियर डिजाइन, इन्जिनियर, कला, शैली आदि सबै पर्दछन् । भवन जीवन निर्वाहको क्रममा सुरक्षासँग जोडिएर आउँछ । धन–सम्पत्तिको सुरक्षा, आत्मरक्षा, आरामदायी बसोबास, सुखशान्ति र स्थिरता नै भवन निर्माणको सुरुआत हो भन्न सकिन्छ । यसमा सौन्दर्यको कुनै भाव पाइँदैन किनकि यो त्यस समयको जीवन पद्धति हो, जुन समय ओडारको कष्टकर बसाइँबाट भर्खर स्थायी बसोबासको थालनी भएको थियो । वास्तुकलामा नयाँ–नयाँ शैली, कलाकृति, आर्किटेक्ट डिजाइन र इन्टेरियर डिजाइनको सुरुआत युरोपको ग्रिकबाट भएको मानिन्छ । यसले पूरा युरोपभर आफ्नो कला, संस्कृतिको रूपमा फैलिने अवसर प्राप्त गर्‍यो । वास्तुकलामा कला, धर्म, संस्कृति, रहनसहन, वस्तुको उपलब्धता, जाति विशेष आदिको ठूलो भूमिका र प्रभाव रहेको देखिन्छ । वास्तुकला एउटा दृष्य कला हो, जसमा विभिन्न शैली प्रयोग गरिन्छ । शैलीमा बनावट, निर्माण विधि, निर्माण सामग्री र क्षेत्रीय चरित्रजस्ता तत्व समावेश हुन्छन् । यसले संरचनालाई उल्लेखनीय वा ऐतिहासिक रूपमा पहिचानयोग्य बनाउँछ ।      प्रविधि र सूचना तथा सञ्चारको विकाससँगै संसार साँघुरियो । एक देशको वस्तु अर्को देशमा सजिलै हस्तारण हुने अवसर प्राप्त भयो । एक देशको प्रविधि, विकास र कला, संस्कृतिको नक्कल वा सिको गर्ने संस्कारको विकास भयो । सिको गर्ने सिलसिलामा नेपाल पनि त्यसबाट अछुतो रहन सकेन । यसको फलस्वरुप युरोपियन शैलीका भवन बन्न थाले । विशेषगरी नेपालमा यसको सुरुआत जंगबहादुर बेलायत गएर फर्केपछि भएको पाइन्छ । यहाँ यिनै युरोपियन शैलीमध्येको एक रेनेशाँ कलासम्बन्धी छोटो चर्चा गर्ने जमर्को गरिएको छ ।   युरोप क्लासिकल शैलीको आर्किटेक्चरका लागि प्रसिद्ध छ, जुन प्राचीन ग्रिसमा विकसित भएको थियो । मध्य युगको १४ औंदेखि १६ औं शताब्दीसम्म यो शैली इटालीको रोममा विकसित भएर युरोपभर फैलन सफल भयो । युरोपमा प्रचलित केही आर्किटेक्चर शैली बाइजान्टाइन, रोमानिस्क, गोथिक, रसियन, रेनेशाँ, ब्रान्कोभेन्स आदि हुन् । रेनेशाँ आर्किटेक्चर शैलीले प्राचीन ग्रिक र रोमन विचार, धार्मिक, सांस्कृतिक र भौतिक संस्कृतिको प्रतिनिधित्व गर्दछ । यो शैली पहिलो पटक फ्लोरेन्स सहरमा फिलिप्पो ब्रुनलेस्चीले आविष्कार गरेका थिए । यो पछि इटालीको रोममा फैलियो । समयक्रममा यसले युरोपको स्पेन, फ्रान्स, जर्मनी, इंग्ल्यान्ड, रुस आदि देशमा सहरको रूपमा विकसित हुन पुग्यो । यस शैलीमा सिमेट्री, प्रोप्रसन, जियोमेट्रीजस्ता म्याथमेटिक्स मेथड प्रयोग गरिएको छ । यी शैली विशेषगरी चर्च, नागरिक भवन र अन्य संरचनामा देख्न सकिन्छ । कोलम, पिलास्टर, लिनटेल्स आदि पिल्लर वा विमको रूपमा प्रयोग भएको छ । यसले भवनलाई हेराइमा सुन्दर र आकर्षक बनाउँछ । भवनको झ्याल, ढोका, पोर्टल र फायरप्लेसमा विभिन्न महँगा गरगहनाद्वारा आकर्षक ढंगले सजाइएका हुन्छन् । सेमिसर्कल आर्कस, हेमिसफेरिकल डोम्स, निचेस, आदिकुलाजस्ता आर्किटेक्चर प्रयोग गरी विविध धार्मिक मठमन्दिर निर्माण गरिएका छन् । धार्मिक मन्दिर र भवनमा अर्ध वर्गाकारका छाना, पिल्लर प्रयोग गरी बनाइएका हुन्छन् । भवनको माथिल्लो भागमा गुम्बज आकारको शैली प्रयोग गरिएको हुन्छ । यसमा विशेष कलात्मक शैली बढी प्रयोग भएको छ । इटालियनले गोथिक शैली नस्वीकारेको देखिन्छ । उनीहरू भवनको बाहिरी आकर्षणलाई बढी प्राथमिकता दिएको देखिन्छ । यसको उदाहरण हो, फ्लोरेन्स बाप्टिसटेरी र पिसा क्याथेड्रल । जुन धार्मिक भवनको रूपमा प्रतिनिधित्व गरेको छ र आकर्षक र कलात्मक बनावटले मनमोहक बनाएको छ । यसको आर्किटेक्चरमा भर्टिकल, क्लस्टर साफ्ट, अलंकृत ट्रेसरी र कम्प्लेक्स रिब्द भोल्टिङ यसका प्रमुख विशेषता हुन् । यस शैलीले युरोपको सबै क्षेत्र जस्तै, धार्मिक, सांस्कृतिक, राजनीतिक, ब्यापारिक, दार्शनिक, नागरिक रूपमा प्रभाव पारेको देखिन्छ । शैलीगत विशेषता रेनेशाँ आर्किटेक्ट डिजाइन भन्नु नै दृश्यावलकनको आधारमा स्क्वायर र सिम्याट्रिकल मोडलको प्रयोग हुनु हो । यस्तो मोडलमा प्रायः  फराकिलो प्वाल रहेको हुन्छ । यसको फेस भाग ठाडो गोलाकार अक्षमा घुमेको हुन्छ, जसको पिल्लर, आर्क र इन्टाविलेचर ट्रियान्गुलर आकारमा हुन्छ । पिल्लर रोमन र ग्रिक शैलीका प्रयोग गरिएका हुन्छन् । जस्तै, चुस्कान, डोरिक, आयोनिक, कोरिन्थियन र कम्पोजिट । यिनीहरू संरचनागत रूपमा आर्किट्राभ वा शुद्ध रूपमा सजावट गरिएका हुन्छन् । आर्केज, भाउल्ट, डोम्स प्रायः सबै सेमिसर्कलमै रहेका हुन्छन् । यसको छाना फराकिलो सनकिन प्यानलबाट बनेको हुन्छ, जुन गोलाकार, र्‍यागट्यांगुलर र ओक्टागन आकारमा छाइने गर्छ । यिनीहरू आकर्षक रंगरोगन र सजावटयुक्त हुन्छन् । यसका ढोका वर्गाकार लिन्टेल हुन्छन् । तिनीहरू आर्कमा सेट गर्न सकिन्छ वा त्रिकोणीय वा सेगमेन्टल पेडिमेन्टद्वारा माउन्ट गर्न सकिन्छ । यिनीहरु प्रायः साइजमा ठूलो र सजावटी हुन्छन् । झ्याल पनि सेमिसर्कल आर्कमा रहेको हुन्छ । झ्याल पनि ढोकाजस्तै त्रिकोणीय वा सेगमेन्टल पेडिमेन्टद्वारा माउन्ट गर्न सकिन्छ । भवनका वाल प्रायः इँटाले बनेको हुन्छ । साथै, भवनको मुख भाग रेन्डर र  राम्रोसँग फिनिसिङ गरिएका ढुंगाबाट बनेका हुन्छन् । वालका कर्नर क्वाइन गरिन्छ, जसले वालमा सुन्दरता थप्ने काम गर्दछ । यो त्यस समयको आकर्षक शैलीमा बनेको कलात्मक र सौन्दर्यमा आधारित भवन आधुनिक नयाँ शैलीका भवनको डिजाइनमा उपयुक्त हुन सक्छ । नयाँ–नयाँ शैलीका भवनको सौखिनका लागि यो आर्किटेक्चर शैली उपयुक्त हुन सक्छ ।

इंग्ल्याण्डलाई हराएर इटाली युरो कप च्याम्पियन

काठमाडौं :  घरेलु टोली इंग्ल्यान्डलाई हराउाँदै इटालीले युरो कप फुटबलको उपाधि जितेको छ। गएराति राति भएको फाइनलमा इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-२ गोल अन्तरले पराजित गर्दै इटालीले उपाधि जितेको हो।उपाधिसँगै इटालीले दोस्रो पटक युरो कपको उपाधि जितेको छ। यस अघि इटालीले १९६८ मा युरोको उपाधि जितेको थियो। इंग्ल्यान्ड भने पहिलो पटक युरो कपको उपाधि जित्न असफल भएको छ।वेम्बली स्टेडियममा निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो। पेनाल्टीमा इटा

इंग्ल्यान्डको जितका तीन आयाम

इंग्ल्यान्ड ५५ वर्षको लामो प्रतीक्षापछि पहिलोपल्ट कुनै ठूलो फुटबल प्रतियोगिताको फाइनल पुगेको छ । इंग्ल्यान्डले बुधबार युरो २०२० को दोस्रो सेमिफाइनलमा डेनमार्कलाई अतिरिक्त समयको खेलपछि २–१ ले पराजित गर्‍यो । उपाधि भिडन्तमा इंग्ल्यान्डले अब इटालीको सामना गर्नेछ ।