सुदूरपश्चिममा मिर्गौला पीडितलाई उपचारमा समस्या

सुदूरपश्चिम प्रदेशमा मिर्गौला पीडितहरूको उपचारमा समस्या देखिएको छ । सेती प्रादेशिक अस्पतालमा मात्रै डायलासिसको व्यवस्था भए पनि फिस्टुला भर्न भने भारत वा काठमाडाैं नै जानुपर्ने बाध्यता रहेको छ । डायलासिसका लागी अस्पताल पुगेका बिरामीहरूमध्ये कतिपयले अस्पतालकै शैयामा ज्यान गुमाइरहेका छन् भने कतिपय बिरामीहरू पालो कुरिरहेका छन् । अस्पतालको फार्मेसीमा मिर्गौला डायलासिसको सामान्य औषधी पनि नपाइदा बिरामीहरू चर्कोमूल्य तिरेर निजी फार्मेसीबाट औषधी खरिद गर्न बाध्य छन् । प्रदेशका एक मात्र स्थान सेत

सम्बन्धित सामग्री

मिर्गौला पीडित मनिदेवीको जीवन बचाइदिन आग्रह

मेघराज रिस्मेली, जापान । बाग्लुङ जिल्लाको ढोरपाटन नगरपालिका वडा नं ५ प्याङखोला डाँडा गाउँकी ३४ वर्षीया मिर्गौला पीडित मनिदेवि विकको जीवन बचाइदिन आफन्तले आग्रह गरेका छन् । मनिदेवीको भारतको एक अस्पतालमा बिगत ६ महिनादेखि उपचारत भइरहेको छ । पहिल्यै श्रीमान गुमाएकी चार सन्तानकी आमा मनिदेवीको आर्थिक अवस्था अत्यन्त नाजुक भएकोले उपचारमा समस्या परेको भन्दै सहयोगका लागि अपिल गरिएको हो । उनका श्रीमानको केही वर्षअघि नै खोलाले बगाएर मृत्यु भएको थियो भने ३ छोरी र १ छोरा सानै उमेरका छन् । सामान्य दलित परिवारकी मनिदेवीको बुटवल, काठमाडौं हुँदै उपचारका क्रममा खर्च अभाव भएपछि अहिले भारतमा रहेका उनका आफन्तले केही उपचार गराइरहेको भएपनि ठूलो धनराशी लाग्ने भएकाले उपचारमा समस्या भएको छ । पीडित मनिदेवीलाई बचाउनका लागि जापानमा रहेका केही समाजसेवीहरुको अगुवाईमा रकम संकलन सुरु गरिएको छ हालसम्म केही सहयोग रकम उठेपनि उनको पूर्ण उपचारका लागि थप सहयोग आवश्यक रहेकोले इच्छुक व्यक्तिहरुलाई सहयोगको लागि आग्रह गरिएको छ । सहयोग रकम जापान पोष्ट बैंकको खाता नं १०३६०७०६८९२६१ मा जम्मा गरिदिन हुन आग्रह गरिएको छ ।