पूर्वराजासँग वद्ला लिने कमल थापाको तयारी, वन्दैछ निर्मल निवास निकटको सूची

अध्यक्षमा चुनाव हारेको रनाहामा रहेका राप्रपाका पूर्वअध्यक्ष कमल थापाले पूर्वराजासँग वद्ला लिने तयारी थालेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्वको लागि भएको एकता महाधिवेशनमा पूर्वराजा ज्ञानेन्द्र शाह र उनका सहयोगीकै कारण ...

सम्बन्धित सामग्री

कमल थापाको राजतन्त्रसँग ‘डिभोर्स’

०६२/६३ को जनआन्दोलनसँगै पतन भएको राजतन्त्र फेरि स्थापित गर्ने एजेण्डाका साथ राजनीतिमा होमिएका कमल थापा अन्ततः सोही एजेण्डा छाड्ने बिन्दुमा पुगेका छन् । गत मङ्सिर १९ गते सम्पन्न पार्टीको महाधिवेशनमा अध्यक्ष पदमा पराजित भएका थापाले आफूलाई हराउन पूर्वराजा ज्ञानेन्द्र शाह (निर्मल निवास) र उनका सहयोगीहरूले भूमिका खेलेको जिकिर गर्दै आएका थिए भने सो सम्बन्धमा पार्टीभित्र छलफल हुनुपर्ने थापाको एक सूत्रीय माग थियो । तर, पार्टीमा सो मुद्दामा छलफल हुने अवस्था नदेखिएपछि थापा पार्टी नै छाड्ने निर्णयमा त

ज्ञानेन्द्रलाई ‘झट्टी’ हान्दा कमल थापालाई कति फाइदा ?

राष्ट्रिय प्रजातन्त्र पार्टीको निर्वाचन समितिले चुनावको अन्तिम नतिजा सार्वजनिक नगर्दै अध्यक्ष पदका उम्मेदवार बनेका कमल थापाले मंसिर १९ गते पूर्वराजा ज्ञानेन्द्र शाहसँग सार्वजनिकरुपमा आक्रोश पोखे । आफूलाई चुनाव हराउन निर्मल निवास लागेको र त्यसको नतिजास्वरुप राजेन्द्र लिङ्देन अध्यक्षमा विजयी भएको उनको आरोप थियो ।थापाको यो अभिव्यक्तिले राप्रपाभित्र मात्रै होइन, राजनीतिक वृत्तमै तरंग ल्याइदियो । अहिले पनि थापा आफ्नो अडानमा कायम छन् र यो प्रकरणमा पार्टीले छानबिन हुनुपर्ने माग गर्दै आएका छन् ।कमल थापा

राप्रपा बैठक : निर्मल निवासको हस्तक्षेपबारे छानबिन गर्न माग

काठमाडौँ– राप्रपाको एकता महाधिवेशन पछिको पहिलो केन्द्रीय समिति बैठकमा महाधिवेशनमा निर्मल निवासले हस्तक्षेप गरेको भन्दै छानबिनको माग भएको छ । बुधबार बसेको बैठकमा केही केन्द्रीय सदस्यहरुले महाधिवेशनमा निर्मल निवास (पूर्व राजा ज्ञानेन्द्र शाह) ले हस्तक्षेप गरेको भन्दै छानबिनको माग गरेका हुन् । पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकमा निवर्तमान अध्यक्ष कमल थापा पक्षधर केन्द्रीय नेताहरुले यस्तो […]

कमल थापा र पूर्वराजा ज्ञानेन्द्रको त्यो गोप्य भेट !

राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले यतिबेला आफूविरुद्ध ‘निर्मलनिवासले खेलेको’ गुनासो गरिरहेका छन् । राप्रपाको महाधिवेशन शुरु हुनुअघि नै रातोपाटीलाई लिएको अन्तरवार्तामा उनले ‘निर्मल निवासले नखेलोस्’ भनेर सचेत गराइसकेका थिए । महाधिवेशनपछि प्रश्न उठेको छ, आखिर राप्रपामा निर्मल निवासले खेलेकै हो त ?राप्रपामा निर्मल निवासले खेलेको विषयमा चर्चा गर्नुअघि राप्रपाको महाधिवेशन शुरु नहुँदै पूर्वराजा ज्ञानेन्द्र शाह र राप्रपा नेता कमल थापाबीच भएको भेटवार्ताको

निर्मल निवासको सक्रियताले मात्र हारेका हुन् कमल थापा ?

पूर्वपञ्चहरूको दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशन सकिएलगत्तै पछिल्लो समय शान्तप्रायः रहँदै आएको निर्मल निवास विवादमा तानिएको छ । पूर्वराजा ज्ञानेन्द्रको निवासलाई विवादमा तान्ने काम गरेका छन्, राप्रपा अध्यक्षमा पराजित कमल थापाले ।  शनिवार भएको मतगणनाको अन्तिम नतिजा सार्वजनिक भएलगत्तै कमल थापाले निर्मल निवासको नाङ्गो हस्तक्षेप भएको आरोप लगाइदिए ।  यतिमात्र होइन, थापाले हिमानी शाहको नाममा खोलिएको ट्वीटर ह्याण्डलबाट राजेन्द्र लिङ्देनलाई दिइएको बधाईको पनि खिल्ली उडाएका छन् ।  प्रतिनिधि सभामा...