काठमाण्डाै – नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/०७९ को मौद्रिक नीति निर्माणको क्रममै रहेकाले उपयुक्त समयमा ल्याइने जनाएको छ ।
राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता देवकुमार ढकालले मौद्रिक नीति ल्याउने सन्दर्भमा सरोकारवालाहरु सँग छलफल भइरहेको भन्दै उपयुक्त समयमा ल्याइने बताउनुभएको हो । पूर्व गभर्नरहरुसँग छलफल गर्न बाँकी नै रहेको उहाँले बताउनुभयो । सुझाव संकलन गरिरहेको र आन्तरिक तयारी गरिरहेको उहाँकाे भनाइ छ ।
उहाँले भन्नुभयो – ‘आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति निर्माणको क्रममा विभि...