प्रदेश १ सरकार गठनको आव्हान गर्न अझै केही दिन लाग्ने भएको छ । प्रदेशसभा सदस्यहरूको शपथ ग्रहणको टुंगो पनि नलागेको र दलहरूले संसदीय दलको नेता चयन प्रक्रिया नटुंग्याइसकेको कारण सरकार गठनमा ढिलाइ हुने भएको हो ।प्रदेश १ का प्रदेश प्रमुखका स्वकीय सचिव देबेन्द्र राईले संसदको अधिवेशन आव्हान र सरकार गठन आव्हान केही दिनपछि मात्रै हुने बताए । ‘प्रदेश प्रमुखज्यू छलफलमै हुनुहुन्छ, केही दिनपछि मात्रै आव्हान हुन्छ,’ उनले भने । यता, काँग्रेस प्रदेश १ का सभापति तथा प्रदेशसभा सांसद उद्धब थापाले स