धरानमा जारी २४औँ बुढासुब्बा गोल्डकपको आइतबार दोस्रो दिनको खेलमा काठमाडौँको न्युरोड टिम (एनआरटी) ले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २–१ गोलले पराजित गरेको छ । जितसँगै एनआरटीले सेमिफाइनलको यात्रा तय गरेको छ । आइतबार धरान रङशालामा भएको दोस्रो क्वाटरफाइनल खेलको चौथो मिनेटमा त्रिभुवन आर्मीका खेलाडी मानबहादुर आलेमगरले गोल गरेपछि खेला रोमाञ्चक बनेको थियो । त्यसपछि …
जनजनजागृति युवा क्लब सिमरालाई हराउँदै न्युरोड टिम (एनआरटी) छैटौँ बागमती गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । गतसाता हेटाैँडामा भएको छैटौँ मकवानपुर गोल्डकपमा एनआरटी उपविजेता बनेको थियो । प्रतियोगिताको बिहीबार भएको पहिलो...
न्युरोड टिम (एनआरटी) जगदम्बा १२औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा शनिबार तेस्रो दिन भएको खेलमा विजय युथ क्लब हेटौंडालाई पराजित गर्दै उसले सेमिफाइनलमा प्रवेश मौका पाएको हो । विजय युथमाथि ३–१ को जित निकालेको हो ।
वीरगंज: विजय युथ क्लब हेटौँडालाई हराउँदै न्युरोड टिम (एनआरटी) जगदम्बा १२औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। सिमरा रंगशालामा शनिवार साँझ भएको खेलमा एनआरटीले विजय युथमाथी ३–१ को जित निकालेको हो।
एनआरटीको जितमा मेसुके अलोमोउले दुई र स्टेफेन बिनोङ समिरले एक गोल गरे। हेटौडाका लागि विमल राना मगरले गोल फर्काए।…