तीन वर्षदेखि मह उत्पादन घट्दै

पछिल्ला वर्षमा मह उत्पादन घट्दो रहेको पाइएको छ । मौरीको चरन क्षेत्र मासिने, बालीमा विषादीको प्रयोग, प्रतिकूल मौसमलगयातका कारण उत्पादन घटेको नेपाल मौरीपालक महासङ्घले जानकारी दिएको छ । महासङ्घका अध्यक्ष शिवप्रसाद शर्मा पौडेलका अनुसार गत तीन वर्षदेखि मह उत्पादनमा ह्रास आएको छ । नेपालमा २०७५ मा तीन हजार ५०० मेट्रिक टन, २०७६ मा दुई हजार २०० मेट्रिक टन र गत वर्ष २३ मेट्रिक टन मह उत्पादन भएको महासङ्घको तथ्याङ्कमा छ । “अहिलेकै अवस्थालाई हेर्दा दुई हजार २०० मेट्रिक टनभन्दा धेरै मह उत्पादन हुँदैन,” उहाँले भन्नुभयो ।

सम्बन्धित सामग्री

मूल्य नपाएर गोदाममै थन्कियो १५ लाखको मह

दाङ :  शान्तिनगर गाउँपालिका ५ रगैजाका सञ्जय भण्डारीले आफूहरूले उत्पादन गरेको मौरीको महले बजार नपाएको गुनासो गरेका छन्। गत वर्ष उत्पादन भएको करिब डेढ टन मह अहिले पनि गोदाममै थन्काएर राखेको उनले बताए।उनका अनुसार व्यावसायिक रुपमा मौरीपालन गर्न लागेको करिब १८ वर्ष भयो। विगतका वर्षहरूमा राम्रै भए तापनि २- ३ वर्षदेखि महले बजार पाउन सकेको छैन्।उनले भने, ‘पहिला जति मह उत्पादन भए पनि राम्रोसँग बिक्री  हुन्थ्यो। तर, अहिले भारतबाट आउने महलगायत अन्य कारणले राम्रो मूल्य नपाउँदा मह गोदाममै थन्

सेनाको जागिर छाडेर मौरीपालनमा मोह, 'महको बजारका लागि छैन समस्या'

पाल्पा । पाल्पा रामपुरका जयनारायण न्यौपानेको समय बुढ्यौलीमा पनि मौरीको हेरचाह र मह उत्पादनमा बित्ने गरेको छ । रामपुर नगरपालिका- ६ स्थित किसानटोलमा मौरी उद्योग सञ्चालन गर्दै आएका न्यौपाने पाल्पाकै नमूना र सफल मौरीपालन व्यवसायी हुन् । घर वरिपरिका फलफूलसहितको मौरीघारले भरिएको बगैंचामा दिनभर मौरीको रेखदेख, हेरचाहमै रमाउने न्यौपाने यस क्षेत्रकै मौरीपालन व्यवसायमा अब्बल कृषकका रुपमा कहलिएका छन् । उनको घरमा हाल मौरीगोलासहित ४० ओटा घार छन् । आफ्नै करीब चार रोपनी क्षेत्रफलमा बगैँचासहितको मौरीपालन गरिरहेका छन् । आजभन्दा साढे दुई दशक अघिदेखि शुरु गरेको व्यवसाय अहिलेसम्म निरन्तर रुपमा अगाडि बढाइरहेका छन् । ‘मौरीपालनमा लागेपछि समय बिताउन समस्या छैन, बुढ्यौलीमा घर वरपरका बगैँचामा मौरीपालन गरेर आम्दानी मात्र नभई घरमा यससम्बन्धी ज्ञान सीप सिक्न आउनेलाई प्रविधि सिकाउने गरिरहेको छु’, उनले भने । गोलासहितको मौरीघार ९ हजार रुपैयाँ, खालीघार ५ हजार रुपैयाँमा विक्री भइरहेको छ । यहाँ उत्पादन भएको मह प्रतिकिलो १ हजार १०० रुपैयाँमा विक्री हुने गरेको छ । एक वर्षमा करीब १०० ओटा मौरीघार विक्री भइरहेको छ । एक घारमा वर्षमा तीन पटक मह उत्पादन हुने गर्दछ । वार्षिक करीब डेढ क्वीन्टल मह उत्पादन हुने गरेको न्यौपाने बताउँछन् । एउटा घारमा एक वर्षमा १८ किलोसम्म मह उत्पादन लिएको उनको भनाइ छ । आफूले सक्दासम्म व्यवसायलाई निरन्तर चलाउने उनको अठोट छ । मौरीघार (खालीघार), गोलासहित र मह विक्री गरेर उनले एक वर्षमा ६ लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् । उनी भन्छन्, ‘लगानी धेरै गर्न नपर्ने, सानो लगानीबाट धेरै आम्दानी लिन सकिने, पशुपालनलाई झै आहार व्यवस्थान गर्न नपर्ने भएपछि मौरीपालनबाट धेरै फाइदा लिन सकिन्छ, स्वास्थ्यका लागि पनि हितकारी हुने भएपछि यो व्यवसाय आनन्दको छ ।’ उनले विसं २०५५ देखि व्यावसायिक रुपमा मौरीपालन गर्दै आएका छन् । उनले भारतीय सेनाको जागिर बीचमै छाडेर गाउँ फर्केर मौरीपालनलाई व्यावसायिक रुपमा शुरु गरे । स्वास्थ्यका लागि मह अति राम्रो हुने भएकाले पछिल्लो समय बजारमा माग बढ्दो रहेका र मह निकालेपछि झट्ट विक्री नभए पनि अन्य कृषि उपजझै बिग्रियो भन्न नपर्ने भएकाले यसबाट कृषकले व्यावसायिक रुपमा मौरीपालनबाट धेरै लाभ लिन सक्ने उनका छोरा हुमनाथ न्यौपाने बताउँछन् । ‘महका लागि अहिले विभिन्न ठाउँबाट माग आइरहेको छ, मह औषधिको रुपमा, पूजाआजामा प्रयोग गरिने भएकाले बजार राम्रै छ, स्थानीयस्तरमा भन्दा बाहिर धेरै खपत भइरहेको छ’, उनले भने । उनका अनुसार मङ्सिर, फागुन र साउनमा मह निकाल्ने गरिन्छ । स्थानीय उत्पादन भएकाले यहाँ उत्पादित मह अष्ट्रेलिया, जापानमा कोसेलीको रुपमा पुगेको छ । रामपुर ६ कै ज्येष्ठ नागरिक टिकाराम पाठक पनि मौरीपालनमै रमाइरहेका  छन् । मौरी उनका लागि बुढेसकालको साहारा जस्तै बनेको छ । उनका घरमा हाल १६ आधुनिक मौरीका घार छन् । उनले २०६६ देखि नियमित रुपमा मौरीपालन व्यावसाय गरिरहेका छन् । पाठकले घार बढाउँदै गएका छन् । ‘मौरीको वर्गीकरण, रानी मौरी पहिचान, गोला निरीक्षण, गोला विभाजनलगायत प्रविधि सिकेपछि व्यवसायमा सजिलो भएको छ, मौरीपालनमा मह काढ्ने तरिका, गोला विभाजन लगायतका प्रविधिमा पोख्त बन्नुपर्छ, सानो प्रविधि जानिएन भने व्यवसायीकरणमा समस्या हुन्छ’, उनले भने । कृषि ज्ञान केन्द्र पाल्पाले मौरीपालनलाई व्यवसायीकरण गर्न विभिन्न प्रवर्द्धनात्मक कार्यक्रम गरिरहेको कार्यालयका प्रमुख कामना अधिकारी बताउँछिन् । मौरी प्रवर्द्धनलाई विगतका वर्षदेखि कार्यालयले विभिन्न कार्यक्रम गरिरहेको र यसवर्ष कृषकको क्षमता वृद्धिको लागि विभिन्न तालिम, सेरेना मौरी वंश सुधारका लागि पूर्वी रुकुम र जुम्लाबाट रानो ल्याएर मौरी संरक्षण गर्ने कार्यक्रम रहेको प्रमुख अधिकारीले बताइन् । उनका अनुसार पूर्वी रुकुमबाट रानो ल्याइसकेको र जुम्लाबाट ल्याउने तयारी भइरहेको छ । ‘स्थलगत प्रविधि सिकाउन थालेपछि मौरीपालनमा कृषकको आकर्षण बढेको छ’, उनले भनिन्, ‘व्यवसाय गर्न इच्छुकलाई प्रविधि, मौरीपालनका लागि आवश्यक पर्ने विभिन्न उपकरण तथा सामग्री कार्यालयले आवश्यकताको आधारमा सहयोग गरिरहेको छ । ‘रासस

काठमाडौंमा नक्कली मह कारखाना

काठमाडौँमै एक व्यक्तिले श्रीमतीको नाममा उद्योग दर्ता गरी खान अयोग्य (गुणस्तरहीन मह) बनाएर विक्री गर्ने गरेको खुलेको छ । ती व्यक्तिले विगत सात वर्षदेखि नै यसरी खान अयोग्य मह खुवाउँदै आएको फेला परेको छ । उनले विशेषगरी होटल रेष्टुरेन्टमा उक्त मह पठाउने गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ । मिसावट गरी गुणस्तरहीन मह उत्पादन तथा …

महको मूल्य बढ्दै, उत्पादन घट्दै

पकेट क्षेत्र मानिएको क्षेत्रमै यस वर्ष मह उत्पादन घटेको छ । सरकारले केही वर्षदेखि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत मौरी जोन कार्यक्रम सञ्चालन गरेर किसानलाई अनुदान तथा प्राविधिक सहयोग गर्दै आएको छ तर मह उत्पादन भने घटेको छ । जाजरकोटमा गत वर्ष करिब १० टन मह उत्पादन भएकामा यस वर्ष एक टन मात्र उत्पादन भएको कृषि प्राविधिक तथा कृषि विकास कार्यालयका सूचना अधिकारी टोपेन्द्र नेपालीले बताउनुभयो ।

जाजरकोटमा ९०% ले घट्यो मह उत्पादन

पुस २७, जाजरकोट । भारी मात्रामा मह उत्पादन गिरावट आएपछि जाजरकोटका मौरीपालक कृषक घाटामा गएका छन् । अघिल्लो वर्षभन्दा यस वर्ष ९० प्रतिशत मह उत्पादनमा गिरावट आएपछि कृषक निराश भएका हुन् । नलगाड नगरपालिका–१ कल्पतका हरिबहादुर बुढाले गत वर्ष ८७५ किलोग्राम मह विक्रीबाट रू. पाँच लाख बढी आम्दानी गरेका थिए । तर यसपालि मह उत्पादन नभएपछि उनी निराश भएका छन् ।  त्यस्तै, गत वर्ष ३०० केजीभन्दा बढी मह उत्पादन गर्ने सोही ठाउँका हरिबहादुर पुनको ६० घार मौरीले २० केजी मह पनि लगाएन । पुनले व्यावसायिकरूपमा मौरीपालन व्यवसाय गर्दै आएका छन् ।  आम्दानी घटेपछि उनी निराश भएका छन् । बुढा र पुन केही प्रतिनिधि उदाहरण मात्र हुन् । जिल्लाभर एक हजार १०० भन्दा बढी किसानको समस्या उस्तै छ । व्यावसायिकरूपमा मौरीपालन गर्दै आएका किसान मह उत्पादन घटेपछि चिन्तित भएका छन् । गत असोज–कात्तिक महीनामा धेरै पानी परेपछि चिउरी फूलको रस र अन्य फूलको रस बगाउँदा मह उत्पादन घटेको जिल्ला कृषि विकास कार्यालय जाजरकोटले जानकारी दिएको छ ।  मौरीलाई चरन क्षेत्रको अभाव, वनविनास, अतिक्रमण, जलवायु परिवर्तनलगायत कारण मह उत्पादन घट्दै गएको हो । बेमौसमी वर्षात्ले मौरी क्षेत्रका चिउरी र अन्य सिजनल फूलहरूमा पानी जम्मा भएर रस बगाएर लैजानु, विभिन्न रोगले मौरी मर्नु, किसानलाई प्राविधिक ज्ञानको कमी हुनु, आहारा नपाएर मौरी भाग्नुलगायत समस्याले मह उत्पादन घटेको कृषि विकास कार्यालय जाजरकोटका सूचना अधिकारी टोपेन्द्र नेपालीले बताए । उनले भने, ‘मौरीपालन क्षेत्रमा विषादी प्रयोग बढ्दै जानु, मौरी गोलालाई अरिङ्गाललगायत शिकारी जीवबाट आक्रमण हुनु, जलवायु परिवर्तनका कारण समयमा फूल नफुल्नाले मह उत्पादन घटेको हो ।’ गत वर्ष प्रतिकेजी रू. ६०० पर्ने मह यस वर्ष रू. एक हजार प्रतिकेजी हाल्दा पनि नपाउने अवस्था छ । उत्पादन घट्दा मूल्यवृद्धि भएको छ । नलगाड नगरपालिकाद्वारा मह उत्पादनका लागि पकेट क्षेत्र मानिएको क्षेत्रका किसान पनि यस वर्ष निराश छन् ।  सरकारले विगत केही वर्षदेखि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मौरी जोनमार्फत किसानलाई अनुदान तथा प्राविधिक सहयोग गदै आएको तर मह उत्पादन भने बढ्नुको साटो घट्दै गएको छ ।  जाजरकोटमा गत वर्ष करीब १० टन अर्थात् १० हजार केजी मह उत्पादन हुने गरेकामा यस वर्ष ९० प्रतिशत घटेर एक टन अर्थात् एक हजार केजीको हाराहारीमा मात्र मह उत्पादन भएको कृषि प्राविधिक तथा कृषि विकास कार्यालयका सूचना अधिकारी नेपालीले बताए ।  उनका अनुसार जिल्लामा परम्परागत घार चार हजार २०२, आधुनिक घार एक हजार ९४६, खोपे अर्थात् घरको भित्तामा एक हजार ८४ गरी सात हजार हजार २२६ ओटा घार रहेका छन् ।  यी घारमा करीब ९१ हजार ४२३ कजी अर्थात् ९१ टन मह उत्पादन क्षमता रहेको भए पनि जलवायु परिवर्तनका कारण हरेक वर्ष मह उत्पादन घट्दो क्रममा रहेको नेपालीले बताए । त्यस्तै भेरी नगरपालिका–१ मैदे, पिपे पनि मह उत्पादनका हिसाबले राम्रो मानिँदै आएको छ । रासस

मास्टरी पेसापछिको मौरीपालन : मासिक ३० हजार घरमै बसेर आम्दानी

कास्की । पर्वतको कुस्मा नगरपालिका चनौटेका कृष्णप्रसाद शर्मा व्यावसायिक मौरीपालक हुन् । साढे दुई दशक लामो प्राध्यापनबाट सेवानिवृत्तपछि उनी व्यावसायिक कृषि कर्ममा लागेका हुन् । शर्माले अन्जली बिई कन्सर्न सञ्चालनमा ल्याएर व्यावसायिक रूपमा १ सय घार मौरी पालेका छन् । पर्वतको फलेवास नगरपालिका कार्कीनेटास्थित अन्नपूर्ण उच्चमाध्यमिक विद्यालयको प्रधानाध्यापकबाट अवकाश लिएपछि उनले व्यावसायिक रूपमा मौरीपालनलाई अगाडि बढाए हुन् । २० वर्ष पहिलेदेखि नै घरमा आधा दर्जन घार मौरी पाल्दै आएका पूर्वशिक्षक शर्माले अवकाशपछि १ सय घार थपेर यसलाई व्यावसायिक बनाउँदै लगेका छन् । मास्टरी पेसाबाट डेढ वर्षअघि अवकाश लिएसँगै घरमा बेकामे भएर बस्नुभन्दा कृषि कर्ममा लाग्ने सोच बनाएर मौरीपालनतिर हानिएको शर्मा बताउँछन् । उनी भन्छन्, ‘शसुरुदेखि नै घरायसी प्रयोजनका लागि केही घार मौरीपालन गर्दै आएको थिएँ । थोरै संख्यामा घार राख्दा पनि रामै्र मह उत्पादन हुन्थ्यो । आफ्नो परिवार, इस्टमित्र, छरछिमेकमा समेत पुग्ने गरेको थियो । अवकाशपछि गफगाफमा समय बिताउनुभन्दा राम्रो कमाइ हुने देखेर मौरीपालनलाई व्यावसायिक रूपमा अगाडि बढाएँ ।’ धेरै वर्षको अनुभव र पछिल्लो समय बढ्दो व्यावसायिकता देखेकाले मौरीपालनमा लागेको उनी बताउँछन् । ‘मौरीपालनमा राम्रो सम्भावना देखेपछि मलाई राम्रै हुन्छ भन्ने लाग्यो । त्यसपछि व्यावसायिक रूपमा यो पेसा रोजें,’ उनले भने, ‘अहिलेसम्मको अनुभवमा यो व्यवसाय राम्रै हुँदो रहेछ । उत्पादन र बजार दुवै हिसाबले खास्सा छ ।’ लगानी थोरै, आम्दानी धेरै मौसमले साथ दिएको अवस्थामा १ सय मौरीका घारबाट वार्षिक १५ लाख रुपैयाँसम्म कमाउन मुस्किल नहुने शर्माको दाबी छ । उनी भन्छन्, ‘मौरीको एउटा घारमा एक पटकमा सामान्यतया ५ किलोग्राम मह निस्कन्छ । राम्रो मौसम र चरन व्यवस्था गर्न सके एउटा घारबाट वर्षमा तीनपटक मह काड्न सकिन्छ । यो हिसाबले वर्षमा एउटा घारबाट १५ केजी मह उत्पादन हुन्छ । बजार मूल्य प्रतिकिलोको १ हजार ५०० भएकाले एउटा घारबाट वर्षमा २२ हजार ५ सय रुपैयाँ आम्दानी हुन्छ । यो हिसाबले १ सय वटा घारको आम्दानी २२ लाखभन्दा बढी हुन्छ ।’ शर्माले मौरीपालनका लागि १० लाखभन्दा बढी लगानी गरिसकेका छन् । मौरीसँगै बोर जातको बाख्रापालन र मौसमी तरकारी खेतीसमेत गर्दै आएका छन् । उनको फार्ममा अहिले तीन जनाले काम गर्दै आएका छन् । घरका सदस्यले नभ्याउने भएकाले उनले कामदारसमेत राखेका छन । शर्माका अनुसार हाल मह १ हजार ५ सय रुपैयाँ प्रतिकिलोका दरले बिक्री हुँदै आएको छ । शुद्ध मह माग धेरै भए पनि उत्पादन गर्न नसकेको शर्माले सुनाए ।  महको माग बढी भए पनि यसका चाका बिक्री कम हुने गरेको उनले बताए । मौरीसँगै बाख्रापालन शर्माले गत वर्षदेखि बोर प्रजातिको बाख्रासमेत पाल्न थालेका छन् । त्यसभन्दा पहिले स्थानीय प्रजातिको बाख्रा पाल्दै आएकाले आम्दानी सोचेजति राम्रो नभएपछि तनहँुको बन्दीपुरबाट बोर जातको उन्नत बोका र पाठी ल्याएर पाल्न थालेको उनले बताए । शर्माले भने, ‘सुरुमा स्थानीय प्रजातिको बाख्रालाई क्रस गराएर पालेको थिएँ । स्थानीय बाख्र पालन सोचेजति सफल भएन । त्यसपछि प्राविधिकको सल्लाहमा बन्दीपुरबाट बोर जातको उन्नत बोका र पाठी ल्याएर पालन सुरु गरेपछि सोचेजस्तै राम्रा भएको छ । खोरमा अहिले २० वटा बाख्रा छन् । ती सबै पाठापाठी जन्माउने अवस्थामा छन् ।’ व्यावसायि रूपमा बाख्रापालन सुरु गरेपछि कामदार राखेर काम गर्दै आएको शर्माले बताए । पछिल्लो समय युवाहरू आप्mनै देशमा प्रशस्त सम्भावना हुँदाहुँदै पनि रोजगारी खोजीमा बिदेसिने गरेको गुनासो उनको छ । शर्माले भने, ‘आफ्नै गाउँघरमै राम्रो आम्दानी गर्न सकिन प्रशस्त सम्भावना छ । तर, देशमै राम्रो आम्दानी गर्न सकिने अवसरलाई छाडेर युवाहरू ३० हजार कमाउन खाडी मुलुक भासिने गरेका छन् ।’

'डिग्री होल्डर' शिवराज- जो मौरी पालेर वार्षिक २० लाख कमाउँछन्

उच्च शिक्षा हासिल गरेका भण्डारीले अध्ययनपछि जागिर होइन कृषि पेशा रोजे । र, मौरी पालन व्यवसायमा संलग्न भए । उनले १८ वर्षदेखि ‘लामगादी मौरीपालन केन्द्र’ मार्फत गण्डकी प्रदेशमा मौरीको घार, मह उत्पादन र मौरी पालनसम्बन्धी तालिमसमेत दिँदै आएका छन्

मौरीपालनमा निषेधाज्ञाको असर : उत्पादनमा ह्रास, विक्री पनि छैन

चितवन । देशका अधिकांश जिल्लामा निषेधाज्ञा लागू गरिएको १ महीनाभन्दा बढी भइसकेको छ । निषेधाज्ञाका कारण अत्यावश्यक सेवा बाहेकका सबै क्षेत्र ठप्पप्रायः छन् । कोरोना महामारीका कारण सबै गतिविधि प्रभावित भइरहँदा यसको असर कृषिक्षेत्रमा पनि परेको छ । चितवनमा अघिल्लो वर्षदेखि नै मह उत्पादनमा ह्रास आएकोमा यसपटकको निषेधाज्ञाले मौरीपालक किसानलाई थप चिन्तित बनाएको छ । चरनको अभाव हुँदै जाँदा यस वर्ष पनि उत्पादन खुम्चिएको छ । ‘चरनको अभावले मह उत्पादन घटेको छ, निषेधाज्ञाको प्रभावले उत्पादन विक्रीमा पनि समस्या छ,’ भरतपुर महानगरपालिका–९ का मौरीपालक विष्णु भुसालले भने । अहिले वन लगायत स्थानीय बारी तथा खेतहरूमा फूल नफुल्ने भएकाले मह उत्पादन नहुने र भएका मौरीलाई चिनी÷चास्नी खुवाएर पाल्नुपर्ने उनले बताए । ‘अहिले मौरीका लागि खर्च मात्र हुने बेला हो, आम्दानी शून्य,’ उनले भने । यस्तै विगत केही दिनदेखि परेको हावाहुरी, पानीले घारभित्रका मौरी मर्न थालेको र रानो पनि उत्पादन हुन नसकेको खैरहनी नगरपालिका–४ का किसान श्याम गुरुङले बताए । गतवर्षदेखि बन्दाबन्दीको मार खेपिरहेका मौरीपालक किसान यस वर्ष निषेधाज्ञाका कारण थप मारमा परेका छन् । जिल्लाका मौरीपालक किसानले मौरी चरनको अभावले उत्पादनमा ह्रास, उत्पादन हुँदा समेत उचित मूल्य नपाउने लगायत समस्या खेप्दै आएका छन्, जसकारण कतिपय किसान यो पेशाबाटै विस्थापित हुने अवस्थामा पुगेका छन् । ‘अहिले महको माग भए पनि उत्पादन छैन, चरन पनि छैन । मौरीलाई बचाउन पनि उत्तिकै गाह्रो छ,’ मौरीपालक किसान गुरुङले भने । स्थानीय उत्पादन प्रवद्र्धनमा प्रोत्साहनका लागि सरकारले विशेष योजना नल्याउँदा यस व्यवसायप्रति निराशा बढेको उनको भनाइ छ । जिल्लामा मौरीपालन तथा उत्पादनमा वर्षेनि ह्रास आएको छ, जसकारण उपभोक्ताले विदेशी महँगो मह वा सस्तोमा कम गुणस्तरको मह उपभोग गर्नुपर्ने बाध्यता छ । ‘मौसममा व्यापक परिवर्तन छ । न मौसममा फूल फुलेका छन्, न त प्रशस्त रूपमा मौरीले चरन गर्न पाएका छन्,’ मौरीविज्ञ डा. खेमराज न्यौपानेले भने, ‘यसले मौरीपालनमा चुनौती सृजना भएको छ ।’ स्वदेशी उत्पादनको प्रवद्र्धनमा राज्यको ठोस नीति तथा कार्यक्रम नहुँदा मोरीपालन क्षेत्र पनि उपेक्षामा परेको उनको भनाइ छ । ‘वर्षेनि मौरी गोला विस्तार र महकै उत्पादनमा ठूलो ह्रास आएको छ, यो चिन्ताको विषय हो,’ उनले भने । मौरीको भूमिका मह उत्पादन गर्ने मात्र नभई परागसेचनको कारण खाद्यान्न बाली उत्पादनमा सकारात्मक प्रभाव पार्ने उनको भनाइ छ । केही वर्षदेखि महको उत्पादन घट्दै गएपछि माग धान्न सकेको छैन । नयाँ किसान यस व्यवसायमा थपिए पनि उत्पादन अपेक्षित रूपमा बढ्न सकेको छैन । ‘मूल्य बढ्यो, माग बढ्यो भनेर नयाँ किसान आउनुभएको छ,’ मौरीपालक महासंघका केन्द्रीय अध्यक्ष शिवप्रसाद शर्माले भने, ‘तर घारको संख्यामा वृद्धि भए पनि मह उत्पादन बढेको छैन । उनका अनुसार गतवर्षभन्दा यस वर्ष मह उत्पादन ३० प्रतिशतले घटेको छ । विगतका वर्षमा प्रतिघार वार्षिक २२ केजी मह उत्पादन हुने गरेकोमा हाल प्रतिघार १५ देखि १६ केजी मात्र उत्पादन हुने गरेको शर्माले बताए । चितवनमा मौरीका ३५ हजार घार रहेका छन् भने मौरीपालक किसानको संख्या ५०० को हाराहारीमा छ ।

मौरीपालनमा निषेधाज्ञाको असर : उत्पादन पनि छैन, विक्री पनि छैन

जेठ १८, चितवन । देशका अधिकांश जिल्लामा गरिएको निषेधाज्ञा एक महीनाभन्दा बढी कटिसकेको अवस्थामा  यसक्षेत्रका मौरीपालक किसानलाई थप चिन्तित बनाएको छ । चरनको अभाव हुँदै जाँदा मह उत्पादनमा पनि ह्रास हुँदै गएको छ। अघिल्लो वर्षबाट मह उत्पादन ओरोलो हुँदै जाँदा यसपटकको निशेधाज्ञाले उनीहरुलाई  झन ठूलो मार परेको छ । ‘चरण पनि छैन ,उत्पादन पनि छैन, विक्री पनि छैन’, भरतपुर महानगरपालिका वडा नम्बर ९ का मौरीपालक कृषक विष्णु भुषाल भन्छन् । यतिबेला वन लगायत स्थानीय बारी तथा खेतहरुमा फूल फुल्ने सिजन नहुँदा मह उत्पादन पनि हुँदैन, भएका मौरीलाई चिनी चास्नी खुवाएर घारभित्रै पाल्नु पर्छ ।  ‘अहिले हाम्रो मौरीका लागि खर्च मात्रै हो, आम्दानी शून्य छ, भएको महपनि कहाँ लगेर बेच्ने ?’, भूषालले प्रतिप्रश्न गरे  । गत सालदेखि निशेधाज्ञाको मार खेपिरहेका मौरीपालक किसान यसवर्ष थप मारमा परेका छन ।  स्थानीय खैरहनी नगरपालिका वडा नम्बर ४ का किसान श्याम गुरुङ्गले विगत केही दिनदेखि परेको हावाहुरी र पानीले घारभित्रका मौरी मर्न थालेको र रानो पनि उत्पादन हुन नसकेको बताए ।  जिल्लाका अन्य मौराीपालक किसानको सबैजसो हविगत उस्तै छ । उनीहरुले कहिले चरण, कहिले विक्री, कहिले मूल्यका कारण सँधैजसो नोक्सान बेहोर्दै आएको बताएका छन् । जसका कारण कतिपय किसान विस्थापित हुने क्रम छन् त कतिपय किसान विस्थापित भइसकेका छन्  भने केही किसान आउने क्रम पनि छ ।  ‘महको माग भएर के गर्नु उत्पादननै छैन, चरन पनि छैन । मौरीलाई बचाउन पनि उत्तिकै गाह्रो छ’, उनले भने । स्थानीय उत्पादनलाई प्रर्वद्धन गर्न प्रोत्साहन गर्न सरकारले बिशेष खालको योजना नल्याउँदा यस व्यवसायप्रति निराशा बनाएको उनको भनाइ छ । मौरीको विस्तार र  महको  विक्री मात्रै होइन उत्पादनमा वर्षेनी ह्रास आएको छ । जसका कारण उपभोक्ता कि त विदेशी महंगो मह किन्न बाध्य छन् कित नक्कली मह उपभोग गर्नुपर्ने बाध्यतामा छन् ।  ‘मौसममा व्यापक परिवर्तन छ, न मौसममा फूलहरु फुलेका छन्, नत प्रशस्त रुपमा मौरीले चरन गर्न पाएको छ’,मौरी विज्ञ डाक्टर खेमराज न्यौपाने भन्छन्, ‘नत फलफूल र बालीहरुमा प्रशस्त रस नै छ । ’ । स्वदेशी उत्पादन र प्रर्वद्धनमा राज्यको नीति तथा आंँखा नपर्ने भएकोले यस व्यवसायमा थप आकर्षण हुन नसकेको उनले बताए ।  मौरीको भूमिका मह मात्र उत्पादन गर्ने नभई परागसेचनको कारण खाद्यान्न बाली उत्पादन पनि ठूलो प्रभाव पार्ने उनको भनाइ छ । केही वर्षदेखि महको उत्पादन घटेपछि यसको माग बढ्न थालेपछि नयांँ किसानहरु यस व्यवसायमा थपिएपनि उत्पादनमा  भने कुनै परिवर्तन आएको छैन ।  ‘मूल्य बढ्यो, माग बढ्यो भनेर नयाँ किसानहरु आएका छन्’, मौरीपालक महासंघका केन्द्रीय अध्यक्ष शिवप्रसाद शर्माले भने, तर घारको संख्यामा वृद्धि भएपनि मह उत्पादनमा वृद्धि भएन ।’ उनका अनुसार गत वर्षभन्दा यसवर्ष ३० प्रतिशतले उत्पादनमा ह्रास आएको छ । विगतका वर्षहरुमा प्रतिघार २२ केजी उत्पादन भएपनि हाल प्रतिघार १५ देखि १६ केजी महमात्र उत्पाादन हुने गरेको शर्माले बताए । चितवनमा ३५ हजार मौरीको घार रहेका छन् भने किसानको संख्या ५०० को हाराहारीमा रहेको छ ।