नेकपा माओवादी केन्द्रको महासचिव पदका दाबेदार मध्येका एक वर्षमान पुन सोमबार स्वदेश फर्किँदै छन् । सुरुमा थाइल्याण्ड र त्यसपछि चीनमा लामो उपचारपछि उनी स्वदेश फर्किन लागेका हुन् ।
उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य बनेको यसअघि नै जानकारी दिइसकेका छन् ।
सोमवार साँझ उनी हिमालयन एयरलाइन्सबाट काठमाडौं आउने तय भएको स्वकीय सचिव सन्तोष पुनले बताए ।
माओवादीले माघ २७ गते केन्द्रीय कमिटीको बैठक बोलाइएको छ । सोही बैठकले महासचिवसहितको पदाधिकारी चयन गर्ने पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।