कोरोना संक्रमित पूर्वरानी कोमल शाह आईसीयूमा

काठमाडौं। कोरोना संक्रमित पूर्वरानी कोमल राज्यलक्ष्मी देवी शाहको स्वास्थ्यमा थप समस्या आएपछि आईसीयूमा सारिएको छ। कोभिड–१९ संक्रमणपछि घरमै आइसोलेसनमा बसेका पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल र छोरी प्रेरणा स्वास्थ्यमा समस्या देखिएपछि नर्भिक अस्पताल भर्ना भएका थिए। पूर्वराजा ज्ञानेन्द्र शाह र छोरी प्रेरणाको स्वास्थ्यमा भने सुधार भइरहेको अस्पतालले जनाएको छ। आईसीयूमा सारिएकी कोमलको चिकित्सकको निरन्तर निगरानीमा उपचार भइरहेको छ।

सम्बन्धित सामग्री

पूर्वराजा अस्पतालबाट डिस्चार्ज

कोरोना संक्रमित भएर काठमाडौंको नर्भिक अस्पताल भर्ना भएका पूर्वराजा ज्ञानेन्द्र शाह बुधबार कोरोनामुक्त भएर साँझ डिस्चार्ज भएका छन् । अस्पतालले जारी गरेको प्रेस विज्ञप्तिअनुसार पूर्वरानी कोमल शाह भने अझै अस्पतालमै छन् ।

पूर्वरानी कोमललाई दिइएको 'हाइ फ्लो अक्सिजन' के हो? कसरी दिइन्छ ?

काठमाडौं : कोरोना संक्रमित पूर्वरानी कोमल शाह यतिखेर नर्भिक अस्पतालको आइसीयूमा उपचाररत छिन्‌। ​शरीरमा अक्सिजन मात्रा कम भएपछि उनलाई आइसीयूमा राखी उपचार थालिएको अस्पतालले जनाएको छ। शाहलाई हाइ फ्लो अक्सिजन सपोर्टमा राखिएको छ। पूर्वरानीलाई कोमललाई दिएको हाइ फ्लो अक्सिजन कस्तो हो भनी जिज्ञासा राख्दा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक सागरकुमार राजभण्डारीले भने, 'हाइ फ्लो अक्सिजन सिलिन्डरबाट नभइ अन्य सानो मेसिनबाट दिने गरिन्छ, यसले न्यानो बनाइ श्वासप्रश्वासमा सहज बनाउने काम...

कोरोना संक्रमित पूर्वराजा शाह दम्पत्ति नर्भिक अस्पताल भर्ना

काठमाडौं, ११ बैशाख । कोरोना संक्रमित पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी पूर्वरानी कोमल शाह अस्पताल भर्ना भएका छन् । भारतको कुम्भमेलाबाट फर्किएका शाह दम्पत्तिमा कोरोना संक्रमण भएको थियो । उनीहरु यसअघि घरमै आईसोलेशनमा बसेका थिए । उनीहरु हाल काठमाडौंको थापाथलीस्थित् नर्भिक अस्पतालमा भर्ना भएको स्रोतले जनाएको छ । शाह सम्पत्तिको स्वास्थ्य अवस्था भने सामान्य […]