डुबान पीडितहरु आधा किलो चिउराको भरमा (तस्बिरसहित)

सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण मोरङका ८ वटा स्थानीय तह डुबान र बाढीको बढी प्रभावित भएका छन्। डुबान र बाढीबाट विस्थापित भएकाहरुले राहतका नाममा आधा किलो चिउरा मात्रै पाएको बताएका छन्।...

सम्बन्धित सामग्री

बाढीपीडितका नाममा अतिक्रमण, राजनीतिक आडमा हटेनन्

मङ्सिर ६ गते । भजनी नगरपालिकामा बाढी पीडितका नाममा हुनेखानेले सामुदायिक वनको जग्गा अतिक्रमण गरी टहरा बनाएको लामो समय हुँदासमेत सम्बन्धित निकायले हटाउन सकेको छैन । गत असारमा परेको अविरल वर्षाका कारण भजनी नगरपालिका क्षेत्र डुबान हुँदा डुबान पीडितहरु हुलाकी सडक, उच्च भवन, खाली भएका उच्च खाली ठाउँहरुमा पाल टाँगेर बसेका थिए । भजनी नगरपालिकाका वडा नम्बर १ र ९ नम्बरमा पर्ने मोहन्याल, पशुपति र वनदेवी सामुदायिक वनमा केही समयका लागि बसेका वास्तविक बाढीपीडितहरु धेरैजसो घर फर्किसकेका छन् । तर उक्त क्षेत्रमा ठूलो सङ्ख्यामा गैरबाढीपीडितले जग्गा अतिक्रमण गरी टहरा बनाउनुका साथै कतिपयले त पक्की घर लगाउनसमेत सुरसार गर्दैछन् ।