एम्नेष्टी इन्टरनेसनलले कतारमा रंगशाला र पूर्वाधार निर्माणमा गई दुर्व्वहार भोगेका आप्रवासी कामदारका लागि क्षतिपूर्ति छुट्याउन माग गरेको छ । बिहीबार एम्नेष्टी इन्टरनेसनलले एक विज्ञप्ति जारी गर्दै कतारमा दुव्र्यवहार भोगेका आप्रवासी श्रमिकहरुलाई लक्षित गरी क्षतिपूर्ति प्रदान गर्न ४४ करोड अमेरिकी डलर बिनियोजन गर्न फिफा र कतार सरकारलाई आग्रह गरेको हो ।आगामी ६ महिनापछि कतारमा विश्वकप फुटबल सुरु हुँदैछ । त्यसका लागि सन् २०११ देखि नै कतारमा रोजगारीका लागि गएका आप्रवासी कामदारहरूप्रति मानव अधिकार उल्लंघन