उनले मानव शरीरको अङ्ग प्रत्यारोपण सम्बन्धी नियमावली २०७३ मा मस्तिष्क मृत्यु भएका व्यक्तिबाट अङ्ग लिन पाउने प्रावधान रहेको उल्लेख गर्दै यो प्रावधान पूर्ण रूपमा कार्यान्वयन नहुँदा बिरामीहरूको बाँच्ने आशा निराशामा परिणत भएको बताए। मस्तिष्क मृत्यु कार्यक्रमको प्रभावकारिता बढाउन सके मिर्गौला पीडितहरूको समस्या समाधानमा ठूलो योगदान पुग्ने उनको भनाइ छ।
धनगढी– सुदूरपश्चिम प्रदेशका नवनियुक्त उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीले शपथ ग्रहण गरेका छन् । चौधरीले प्रदेश प्रमुख नजिर मियाँबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । तत्कालीन मन्त्री लक्ष्मणकिशोर चौधरीको विवादित अडियो सार्वजनिक भएपछि पदबाट राजीनामा दिएका थिए । नाउपाले उनको ठाउँमा रामेश्वरलाई पठाएको हो । चौधरी यसअघि भूमि व्यवस्था कृषि तथा […]
पोखरा– गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमावली जारी गरेपछि राइडर्स र सेल्फ ड्राइभ सञ्चालकहरूले सरकारलाई धन्यवाद दिएका छन् । आइतबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई भेटेर उनीहरूले नेपालमै पहिलो पटक गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमावली जारी गरेर युवाहरूको रोजगारी र यात्रुको सस्तो, सहुलियत सुविधाको ग्यारेन्टी गरेको भन्दै धन्यवाद दिएका हुन् । ‘यहाँ प्रशस्त राइड सेयरिङ […]
लमजुङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले–काँग्रेसको समीकरण आगामी २०८४ को निर्वाचनसम्मै कायम रहने बताएका छन् । आज लमजुङ बेँसीसहर नगरपालिका–८ स्थित जिल्ला समन्वय समिति लमजुङको सभाहलमा आयोजित एमाले लमजुङको ९औँ जिल्ला अधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठक समापन कार्यक्रममा उनले यस्तो बताएका हुन् । वरिष्ठ उपाध्यक्ष पोखरेलले भने । “देश […]