काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनाका साथै यसलाई निःशुल्क गर्नेतर्फ नीतिगत पहलकदमी आवश्यक भएको बताएकी छन्। वैदेशिक रोजगार बोर्डको १८औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले वैदेशिक रोजगारीलाई पारदर्शी, सम्मानजनक बनाउन अपरिहार्य भएको बताइन् । साथै उनले वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकको परिवारमा सम्मानजनक एकीकरण तथा सामाजिक सुरक्षा सुनिश्चित गर्नेतर्फ अग्रसर हुन बोर्डलाई […]
महामन्त्री गगन थापाले पुस १९ देखि १९ गतेसम्मको प्रस्तावको ‘काउन्टर’मा सहमहामन्त्री महेन्द्र यादवले वैशाख २७ देखि २९ गतेसम्मको अर्को मिति प्रस्तावित गरेका छन्।
काठमाडौँ। चलचित्र ‘पाँच पाण्डव’को शुभमुहूर्त गरिएको छ। काठमाडौँको गणेशस्थानमा आज (मंगलबार) यो चलचित्रको शुभमुहूर्त गरिएको हो। शुभमुहूर्तमा चलचित्रका अधिकांश कलाकार पुगेका थिए। वसन्त निरौलाले निर्देशन गर्ने चलचित्रमा हरिवंश आचार्य, सीताराम कट्टेल (धुर्मुस), जितु नेपाल र सागर लम्साल (बले) रहनेछन्। यी कलाकार नै यो चलचित्रका मुख्य पात्र हुन्। ‘पाँच पाण्डव’को भूमिकामा यी कलाकार रहनेछन्। चलचित्र नामअनुसारकै […]
नेपाल राष्ट्र बैंकका ११ जना कार्यकारी निर्देशकहरूको जिम्मेवारी हेरफेर भएको छ । गभर्नर विश्वनाथ पौडेलले बुधबारदेखि कार्यान्वयन हुने गरी ११ कार्यकारी निर्देशकको जिम्मेवारी हेरफेर गरेका हुन् ।
काठमाडौं– सुदन किराँती नेकपा माओवादी केन्द्रका वैचारिक युवा नेताका रूपमा परिचित छन्। कोशी प्रदेशका पूर्व मुख्यमन्त्री शेरधन राईलाई २०७९ को निर्वाचनमा भोजपुरबाट हराउँदै सांसद भएका किराँती पहिलो पटक संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भएका थिए। किराँतीले सुरुवातदेखि नै माओवादी पुनर्गठन र पुस्तान्तरण हुनुपर्ने माग उठाउँदै आएका थिए । प्रचण्डले गरेका हरेक गल्तीमाथि खरो रूपमा उत्रिएर […]
काठमाडौं- नेकपा माओवादी केन्द्रसहित ९ दल मिलेर बनेको नयाँ दलको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’राखिएको छ। मंगलबार बसेको नेकपा माओवादी केन्द्र महाधिवेशन आयोजक समितिको अन्तिम बैठकपछि प्रवक्ता अग्निप्रसाद सापकोटाले नयाँ दलको नामको टुंगो भएको बताएका हुन् । यसअघि गत शुक्रबार आठ दलबीच भएको सहमतिमा चुनाव चिह्न पाँचकुने तारा पक्का गरे पनि नाम जुराइएको थिएन । ‘नयाँ […]