अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मीलाई सलाम छ : सभापति देउवा

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना महामारीमा दिनरात बिरामीका उपचारमा लागिपरेका चिकित्सक, नर्स, अन्य स्वास्थ्यकर्मी, एम्बुलेन्स चालकलगायत  सबैप्रति कृतज्ञता व्यक्त गर्दै उच्च प्रशंसा गरेका छन् ।उनले फ्रन्टलाइनर मेहनतले बिरामीमा आशाको किरण देखिएको सामाजिक सञ्जालमार्फत जनाएका छन् ।  एकदिन राज्यले पक्कै पनि फ्रन्टलाइनरले यो कठिन अवस्थामा गरेको योगदानको कदर गर्ने पूर्वप्रधानमन्त्री देउवाले बताएका छन् ।

सम्बन्धित सामग्री

लोकतन्त्रको विकल्प लोकतन्त्रनै हो, अर्को कुनै हुनसक्दैनः सभापति देउवा

काठमाडौं, १६ पुस । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रको विकल्प लोकतन्त्रनै भएको बताएका छन् । आज (सोमबार) राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा पार्टीले आयोजना गरेको सभालाई सम्बोधन गर्दै उनले लोकतन्त्रको खिलाफमा वातावरण बनाउने प्रयास भएपनि त्यो सफल हुन नसक्ने बताए । लोकन्त्रका पक्षमा सबै दल र नेताहरु एक रहेको उनको भनाइ छ । व्यवस्थाको रक्षाका […]

सभापति देउवा स्वदेश फिर्ता

काठमाडौं, ९ असार । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा स्वदेश फर्किएका छन्। उपचारका लागि सिंगापुर गएका सभापति देउवा शुक्रबार राति काठमाडौं आइपुगेका हुन्। सभापति देउवासँगै उनी पत्नी आरजु राणा र सहयोगी स्वदेश फर्किएका हुन्।

प्रधानमन्त्री प्रचण्ड र सभापति देउवा ‘वान टु वान’ वार्तामा

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र सभापति देउवा वान टु वान वार्तामा जुटेका स्रोतले...

संसदीय दलको नेतामा निर्वाचित भएपछि सभापति देउवा (फोटोफिचर)

काठमाडौं, पुस ६। नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा विजयी भएका छन् । उनले ८९ मतमध्ये ६४ मत ल्याएका छन् । भने प्रतिष्पर्धी गगन थापाले २५ मत प्राप्त गरेका छन् । सभापति देउवा ३९ मत अन्तरले विजयी भएका हुन् । फोटोः मुकुन्द कालिकोटे /रिपोर्टर्स नेपाल

सभापति देउवा र महामन्त्री थापाको उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेस संसदीय दलका नेताको निर्वाचनमा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दर्ता गराएका छन् । सिंहदरबारस्थित संसदीय दलको कार्यालय परिसरमा पुगेर दलको नेताका लागि सभापति देउवा र महामन्त्री थापाले उम्मेदवारी दर्ता गराएका हुन् । सभापति देउवाको प्रस्तावकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र समर्थकमा उपसभापति पूर्णबहादुर खड्का रहेका छन् […]

कांग्रेस पदाधिकारी बैठकमा सभापति देउवा नजाने

काठमाडाैँ- आज नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्नेछ। बैठक दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्नेछ। बैठकमा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा भने उपस्थिति नहुने जनाइएको छ। आजको बैठक नेतृत्व पार्टीका उपसभापति पूर्णबहादुर खड्काले गर्नेछन्। समय व्यस्तताका कारण सभापति देउवा पदाधिकारी बैठकमा उपस्थित हुन नसक्ने जनाइएको छ। बैठकमा पार्टीको भातृ संगठनका बारेमा छलफल हुनेछ।

म अन्तिमपटक पार्टीको सभापति बन्न चाहन्छु : सभापति देउवा

काठमाडौँ, २० मङ्सिर। नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले अब आफू अन्तिमपटक पुनः पार्टीको सभापति बन्न चाहेको इच्छा व्यक्त गरेका छन् । आज (सोमबार) प्रधानमन्त्री निवास बालुवाटारमा पत्रकारहरूसँग कुरा गर्दै देउवाले आसन्न महाधिवेशनबाट आफू अन्तिम पटकका लागि कांग्रेसको सभापति हुन चाहेको इच्छा व्यक्त गरेका हुन्। उनले भने, ‘म पार्टीको विधानबमोजिम एकपटक सभापति बन्न चाहेको […]

डडेल्धुराबाट महाधिवेशन प्रतिनिधिमा चुनाव लड्दै सभापति देउवा

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा महाधिवेशन प्रतिनिधिका लागि चुनाव लड्ने भएका छन् । सभापति देउवा डडेल्धुराबाट महाधिवेशन प्रतिनिधिमा चुनाव लड्ने भएको हुन् । देउवाले मन्जुरीनामा मार्फत उम्मेदवारी दिएर महाधिवेशन प्रतिनिधिमा चुनाव लड्ने तयारी गरेको डडेल्धुराका जिल्ला सभापतिका उम्मेदवार भीमबहादुर साउदले रातोपाटीलाई जानकारी दिए । काँग्रेस विधानको धारा १५ को उपधारा १(ग) मा केन्द्रीय समितिका पदाधिकारी र सदस्यहरु स्वतः एक अवधिका लागि महाधिवेशन प्रतिनिधि हुने उल्लेख छ ।

सभापति देउवा र अध्यक्ष प्रचण्डबीच भेटवार्ता

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच भेटवार्ता भएको छ । सभापति देउवा निवास बुढानिलकण्ठमा आज अपराह्न भएको भेटवार्तामा उहाँहरूबीच मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको सभापति देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो । विघटित प्रतिनिधिसभा सर्वोच्च अदालतले गत फागुन ११ गते […]