हेटौंडा : बागमती प्रदेशको प्रदेशसभा बैठकमा संसदीय मर्यादाविपरीत सत्तापक्ष र प्रतिपक्षबीच जुहारी चलेको छ।सोमबार बसेको संसद् बैठकमा प्रस्तुत विषयबाहिर गएर सत्तापक्ष र प्रतिपक्षबीच जुहारी चलेको हो। आइतबार प्रदेश सरकारले प्रमुख प्रतिपक्षी र अन्य विपक्षी दलको अनुपस्थितिमा बजेटको अभिन्न अंग विनियोजन विधेयक पारित गरेपछि सोमबार बसेको बैठकमा प्रतिपक्षी दलले सरकारको कदमको चर्को आलोचना गरे भने सत्तापक्ष सरकारको बचावटमा उत्रिए।सभामुख सानु कुमार श्रेष्ठले संसदमा प्रस्तुत प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावल