ओलीबारे मातृकाको अभिव्यक्तिको एमालेद्वारा आपत्ति, संसदको रेकर्डबाट हटाउन सभामुखको निर्देशन

नेकपा माओवादी केन्द्रका सांसद मातृका यादवले बिहीबारको प्रतिनिधिसभा बैठकमा प्रयोग गरेको शब्दप्रति एमालेले आपत्ति जनाएको छ ।  शुक्रबारको प्रतिनिधिसभा बैठक सुरु हुनासाथ एमालेका प्रमुख सचेतक विशाल भट्टराईले यादवको अभिव्यक्ति आपत्तिजनक भएको भन्दै सो अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरे । ‘हिजोको बैठकमा एक जना माननीय सदस्यले संसदीय गरिमामा गम्भीर आँच पुग्ने गरी अर्को सदस्यलाई आरोप लगाएर असंसदीय शब्द प्रयोग गर्नुभयो’, उनले बैठकको सुरुमै भने, ‘त्यो भनाइप्रति हाम्रो गम्भी

सम्बन्धित सामग्री

अछामका घटनामा दोषीमाथि कारबाही गर्न सभामुखको निर्देशन

२५ जेठ, काठमाडौं । सभामुख अग्नि सापकोटाले अछामको पञ्चदेवल नगरपालिकाका किशोर विनोद शाहीको मृत्यु भएको घटनाको सत्य तथ्य पत्ता लगाई दोषीमाथि कारबाहीको प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिएका छन् । बुधबारको प्रतिनिधि सभा बैठकमा सभामुख सापकोटाले उक्त घटनाबाट आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै दोषीलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । आजको बैठकको विशेष समयमा […]

पुस्तक तत्काल उपलब्ध गराउन सभामुखको निर्देशन

सभामुख अग्निप्रसाद सापकोटाले विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालयका कार्यक्रम समेटिएको पुस्तक तत्काल उपलब्ध गराउन सरकारको ध्यानकर्षण गराए । प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसदहरुले मन्त्रालयगत कार्यक्रमको पुस्तिका प्राप्त नभएको भनी सभामुखको ध्यानकर्षण गराएका थिए ।सांसदहरुले नै पटक पटक सो विषयमा चासो राख्दै प्रश्न गरेपछि सभामुखले सम्बन्धित मन्त्रालय र सरकारलाई तत्काल कार्यक्रम समेटिएको पुस्तक उपलब्ध गराउन निर्देशन दिएका हुन् । प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकअन्तर्गत मन्त्राल

अमर्यादित शब्द हटाउन सभामुखको निर्देशन

काठमाडाैं । सभामुख अग्निप्रसाद सापकोटाले संसदीय मूल्य तथा मान्यताभन्दा बाहिर गएर बोलिएका अमर्यादित शब्द हटाउन सचिवालयलाई निर्देशन दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले सार्वजनिक विषयमा जानकारी गराउने क्रममा अमर्यादि शब्द परेको भन्दै प्रमुख विपक्षी दल नेकपा (एमाले)का सांसदले आपत्ति जनाएका थिए । सभामुख सापकोटाले संसदीय मूल्य तथा मान्यताभन्दा बाहिर […] The post अमर्यादित शब्द हटाउन सभामुखको निर्देशन appeared first on राजधानी राष्ट्रिय दैनिक.

यौनहिंसा : दोषीलाई कारबाही गर्न सरकारलाई सभामुखको निर्देशन

सुन्दरी प्रतियोगिताकी एक प्रतिस्पर्धीले आठ वर्षअघि आफूमाथि आयोजकले यौनहिंसा गरेको भन्दै सार्वजनिक गरेको घटनालाई छानबिन गरी दोषीलाई कारबाही गर्न सभामुख अग्निप्रसाद सापकोटाले सरकारलाई निर्देशन दिएका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा सभामुखले...

किशोरी बलात्कार प्रकरणको छानबिन गर्न सरकारलाई सभामुखको निर्देशन

किशोरी बलात्कार प्रकरणको छानबिन गर्न सरकारलाई सभामुखको निर्देशन  जेठ ६ , काठमाडौं । सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको यौन हिंसाको घटनाको सम्बन्धमा छानबनि गरी दोषीलाई कानुनी दायरामा ल्याउन सभामुख अग्निप्रसाद सापकोटाले सरकारलाई निर्देशन दिएका छन् । सन् २०१४ मा भएको सौन्दर्य प्रतियोगितामा सहभागी एक किशोरीले बुधबार सामाजिक सञ्जाल टिकटकमा भिडियो क्लिप सार्वजनिक गर्दै कार्यक्रमका आयोजकमध्येका एक व्यक्तिले जबरजस्ती करणी गरेको खुलासा गरेकी थिइन् । शुक्रबारको प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसका सांसद गगन थापाले सामाजिक सञ्जालमा एक युवतीले आफूलाई बलात्कार भएको घटना सार्वजनिक गरेको उल्लेख गर्दै घटनामा संलग्न पीडकलाई कारबाही गर्न माग गरेका थिए । लगत्तै समामुख सापकोटाले सांसद थापाको कुराप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै सो घटनाको सम्बन्धमा शीघ्र छानबिन गरी सत्यतथ्य पहिचान गर्न र दोषीलाई कानुनी दायरामा ल्याउन सरकारलाई निर्देशन दिएका हुन् । सरकारलाई निर्देशन दिंदै सभामुख सापकोटाले भने, ‘माननीय सदस्यहरु, माननीय सदस्यले आफ्नो भनाइ राख्दैगर्दा प्रारम्भमा प्रस्तुत गर्नुभएको यौनहिंसा सम्बन्धी विषयमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । सो सम्बन्धमा शीघ्र छानबिन गरी सत्यतथ्य पहिचान गर्न र दोषीलाई कानुनी दायरामा शीघ्र ल्याउन नेपाल सरकारलाई निर्देश गर्दछु ।‘

यौनहिंसासम्बन्धी घटना तत्काल छानबिन गर्न सरकारलाई सभामुखको निर्देशन

काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले यौनहिंसाको घटनालाई तत्काल कानुनी दायरामा ल्याउन सरकारलाई निर्देशन दिएका छन्। शुक्रवार प्रतिनिधि सभामा कांग्रेसका महामन्त्री गगन थापाले हदम्याद सम्बन्धी कानुन पुनर्विचार गर्न र यौनहिंसाका आरोपीलाई कानुनी दायरामा ल्याउन माग गरेका थिए। सामाजिक सञ्जालमा बुधवार भिडियो अपलोड गरेर सौन्दर्य प्रतियोगितको नाममा यौन शोषण भोगेको भन्दै एक…

संसद् बैठकमा उपस्थित हुन अर्थमन्त्री शर्मालाई सभामुखको निर्देशन

काठमाडौं, ५ जेठ : सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई प्रतिनिधिसभा बैठकमा उपस्थित हुन निर्देशन दिएका छन् । बुधबारबाट प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०७९/८० को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथिको छलफलमा सहभागी भइरहेको छ । मंगलबार पेस गरिएको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि बुधबारबाट छलफल सुरु भएको हो । […]

अफगानिस्तानका नेपालीबारे सदनलाई जानकारी गराउन सभामुखको निर्देशन

प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाले अफगानिस्तानमा रहेका नेपालीको अवस्थाबारे संसदमा जानकारी गराउन सरकारलाई रुलिङ गरेका छन्।