वीरगञ्जमा कोरोनाको भयावह रूप : दोस्रो लहरमा १० जनाको मृत्यु

२ नम्बर प्रदेशको पर्सा जिल्लाको वीरगञ्ज शहर कोरोनाको ‘हटस्पट’ बन्दैछ । कोरोनाको दोस्रो लहर आएपछि वीरगञ्जको नारायणी अस्पतालमा कोरोना संक्रमित बिरामी दिनप्रतिदिन बढ्दै गएका छन् ।नारायणी अस्पताल वीरगञ्जका मेडिकल सुपरिन्टेन्डेन्ट डा. संजयकुमार ठाकुरका अनुसार अहिले ४० जना जति कोरोना संक्रमित बिरामी अस्पतालमा भर्ना भएका छ...

सम्बन्धित सामग्री

सुदूरपश्चिममा कोरोना भयावह : अक्सिजनको चरम अभाव

धनगढी : टीकापुर अस्पतालमा उपचाररत संक्रमितमध्ये गएको दुई दिनमा १० जनाको मृत्यु भइसकेको छ। अस्पतालमा १३ जना कोभिड–१९ एचडियुमा भर्ना छन्। ३५ जना शंकास्पद संक्रमित डाक्टरको निगरानीमा छन्। अस्पतालमा शय्या अभाव हुँदा उनीहरूको अस्पताल बाहिर आँगनमा राखेर उपचार भइरहेको छ।अस्पताल विकास समितिका अध्यक्ष दीपक रावल भन्छन्, ‘समुदायमा संक्रमण फैलिसकेको छ। जटिल संक्रमितलाई बचाउन कठिन छ।’ संक्रमित बढेसँगै टीकापुर अस्पतालमा अक्सिजनको अभाव हुन थालेको छ। ‘अहिलेसम्म जसोतसो गरी

कोरोना संक्रमणको उच्च जोखिममा बर्दिया, २१ दिनभित्र १० जनाको मृत्यु

बर्दिया : बर्दियासँग सीमा जोडिएको भारतमा कोरोना संक्रमणले भयावह रूप लिएको छ। छिमेकी जिल्ला बाँकेमा संक्रमण भयावह भइरहेको छ। यसले पनि बर्दिया संक्रमणको उच्च जोखिम छ। कोरोना परीक्षण गराएकामध्ये ८८ प्रतिशतमा संक्रमण देखिएको जिल्ला अस्पताल बर्दियाका जनस्वास्थ्य अधिकृत नरेश बाबु श्रेष्ठले बताए। श्रेष्ठका अनुसार चैत २६ यता संक्रमण पुष्टि भएकामध्ये १० जनाको मृत्यु भइसकेको छ। त्यसअघि १९ जना संक्रमितको मृत्यु भएको थियो। बर्दियामा ७१९ जना संक्रिय संक्रमित छन्। कुल संक्रमितको संख्या २ हजार २२५ जन

भारतमा भयावह बन्दै कोरोना, एकदिनमै थपिए २० हजार संक्रमित

भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार त्यहाँ पछिल्लो २४ घण्टामा मात्रै कोरोना संक्रमणका कारण ४ सय १० जनाको मृत्यु भएको छ । योसँगै कूल मृतकको संख्या १६ हजार ९५ पुगेको छ।