सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले विशेष पत्रकार सम्मेलन गर्दैछन् । मन्त्री खरेलले मन्त्रालय मै केहीबेरमा विशेष पत्रकार सम्मेलन गर्ने जनाएका छन् ।
बुटवल। प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार हुने भएपछि लुम्बिनी प्रदेश सभाका तीन सांसदले राजीनामा दिएका छन्। प्रदेश सभा सचिवालयका अनुसार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का धनबहादुर मास्की र नेकपामा समाहित भएको नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सांसद धर्मबहादुर चौधरीले राजीनामा दिएका हुन्। लोकतान्त्रिक समाजवादी पार्टीका कन्हैया बानियाँले भने सामाजिक सञ्जालमार्फत राजीनामा दिएका हुन्। उनले प्रदेश सभा […]
प्रसाईंले हालै एक भिडियो सार्वजनिक गर्दै नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षले निर्वाचन आयोगलाई ५२ करोड रुपैयाँ बुझाएर चुनावी नतिजा आफ्नो पक्षमा पारेको गम्भीर आरोप लगाएका थिए। संवैधानिक निकायको निष्पक्षतामाथि नै प्रश्न उठाउने गरी भ्रामक अभिव्यक्ति दिएको ठहर गर्दै आयोगले उनीमाथि कानुनी कारबाहीका लागि सक्रियता देखाएको हो।
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पोखराबाट पक्राउ परेका छन् । निर्वाचन आयोगमा पैसाको चलखेल भएको भन्दै भिडियो देखाएपछि उनलाई प्रहरीले खोजी गरिरहेको अवस्थामा पोखराबाट पक्राउ गरेको हो ।
काठमाडौं- मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता तथा धर्म सँस्कृति बचाउ अभियानका अगुवा दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई सोमबार पोखराबाट पक्राउ गरिएको हो । यसअघि भ्रमपूर्ण अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगले दुर्गा प्रसाईंलाई पक्राउ गर्न साइबर ब्यूरोलाई पत्र काटेको थियो । मेडिकल व्यवसायी प्रसाईंले अफवाह फैल्याएको भन्दै निर्वाचन आयोगले कारबाही अगाडि बढाउन निर्वाचन नेपाल […]