माधव नेपाललाई वामदेवको शर्त- मार्क्सवाद-लेनिनवादसँगै जबज

नेता वामदेव गौतमले पार्टी प्रवेशका लागि माधवकुमार नेपाललाई ‘जनताको बहुदलीय जनवाद (जबज)’ को शर्त राखेका छन् ।  'नेपालको अध्यक्षता रहेको नेकपा (एकीकृत समाजवादी) पार्टीमा प्रवेशका लागि मार्गदर्शक सिद्धान्त मार्क्सवाद–लेनिनवादका साथै जनताको बहुदलीय जनवाद पनि रहनुपर्छ भन्ने एक मात्र शर्त रहेको' गौतमको स्वकीय सचिवालयले जनाएको छ ।  यसबाहेक अन्य कुनै शर्त नराखिएको सचिवालयको भनाइ छ । ‘अन्य सबै प्रकारका प्रचारबाजीहरू गलत भएको जानकारी गराइन्छ,’ सचिवालयले भनेको छ । ...

सम्बन्धित सामग्री

झलनाथले अध्यक्ष उठ्ने भनेपछि आक्रामक बनेका माधव नेपाल

एमालेको मार्गनिर्देशक सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज)लाई सिद्धान्त मान्ने कि हटाउने भन्नेमा नेकपा एकीकृत समाजवादीमा चर्को विवाद उत्पन्न भएको छ ।

जबजको सान्दर्भिकता सकिएको छैन : माधव नेपाल

रुपन्देही । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जबजको सान्दर्भिकता अझै नसकिएको बताएका छन् । ‘जबज सकियो भन्नु बहुदलीय प्रतिस्पर्धा अस्वीकार गर्नु हो । जन्मजात जबजको विरोध गर्नेहरुले मात्र यसको विरोध गर्न सक्छन्’ एकीकृत समाजवादी दाङले शुक्रबार आयोजना गरेको क्षेत्र नं १ को क्षेत्रीय भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले भने […]

एमालेको महासचिव बन्न ३ जनाको दौड, को कति बलियो ?

नेकपा एमाले १० औँ राष्ट्रिय महाधिवेशनको सम्मुखमा छ । अध्यक्षमा केपी शर्मा ओली दोहोरिने पक्का जस्तै भएपनि अध्यक्ष पछिको दोस्रो कार्यकारी पद महासचिव को बन्ला भन्ने सर्वत्र चासोको विषय बनेको छ । मंसिर १० देखि १२ गतेसम्म चितवनमा आयोजना हुने महाधिवेशन आउन अब १० दिन मात्रै बाँकी छ । पार्टी विभाजन भएको हुँदैनथ्यो भने यतिबेला कयौँ नेताले आफ्नो उम्मेद्वारी घोषणा गरिसकेका हुन्थे । तर, विभाजनको पीडाकै बीचमा महाधिवेशन गर्न लागेको एमालेले अध्यक्षमा ओलीलाई दोहोर्याउने निश्चित छ भने बाँकी १४ पदाधिकारीमा को को अटाउँछन् भन्ने चासोको विषय बनेको छ ।२ कार्यकाल महासचिव भइसकेका ईश्वर पोखरेल पार्टीको विधानका कारण महासचिवबाट अनिवार्य रुपमा बाहिरिँदैछन् । त्यसैले ओलीले अब महासचिवमा कसलाई ल्याउलान् भन्ने धेरैको चासो छ । लामो समयसम्म महासचिव नै पार्टी प्रमुख हुने अभ्यास गरेको हुनाले एमालेमा महासचिव पदको आफ्नै महत्व पनि छ । शंकर पोखरलेको सम्भावना कति ?महासचिव बन्ने दौडमा रहेका अनुहारमा शंकर पोखरेलको अनुहार पनि एक हो । असोज १५ गते एमालेको प्रथम विधान महाधिवेशनमा ओलीले राजनीतिक प्रतिवेदन पढ्दा पढ्दै नसकेपछि बाँकी पढ्ने जिम्मा पोखरेललाई दिएका थिए । त्यतिबेला नै ओलीले आफ्नो उत्तराधिकारीमा पोखरेललाई ल्याउन लागेको भन्दै लख काटिएको थियो ।२०७४ सालको आम निर्वाचनमा शंकर पोखरेल प्रदेश सभामा उम्मेद्वार बने । चाहना विपरित उनी प्रदेशमै खुम्चिन पुगे । यद्यपी, उनलाई मुख्यमन्त्री बनाउने बाचासहित प्रदेशमा लगिएको थियो । माओवादी केन्द्रसँगको गठबन्धन पनि भएकाले सहजै निर्वाचन जितेका उनी मुख्यमन्त्री पनि बने । पार्टीको नवौँ महाधिवेशनमा उपमहासचिवमा पराजित भएपनि पोखरेल पार्टी राजनीतिमा भने केन्द्रमै रहँदै आएका थिए । त्यतिबेला २ जनाको लागि भएको निर्वाचनमा घनश्याम भुसाल र विष्णु पौडेल विजयी हुँदा पोखरेल तेस्रो हुँदै पराजित बन्न पुगेको थियो ।एकातिर पार्टीको महाधिवेशनमा पराजित र अर्कोतिर लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनेपछि शंकर पोखरेल केन्द्रीय राजनीतिबाट ओझेलमा परे भन्ने कोणबाट आँकलन पनि भयो । तर, उनी प्रदेशमा खुम्चिएनन् ।नेकपा कालमा प्रचण्ड र ओलीको विवाद मिलाउन होस् वा एमाले ब्यूतिएपछि ओली–नेपाल मिलाउने प्रयासमा होस्, उनको दौडधूप बढी नै रह्यो । उनले आफ्नो सक्रियता सधैँ पार्टीको केन्द्रमा नै देखाए ।यति मात्रै नभई शंकर पोखरेलले बोलेका केही कुराहरुले उनको दूरदर्शितालाई पनि पुष्टि गरेको छ । जस्तो की, उनले अनेरास्ववियुको अध्यक्ष हुँदा नै जनताको बहुदलीय जनवाद (जबज)लाई पार्टीको कार्यक्रममा मात्रै सिमित नराखेर सिद्धान्त बनाउनुपर्छ भनेका थिए । छैठौँ महाधिवेशनले जबजलाई पार्टीको मार्गदर्शक सिद्धान्तका रुपमा पारित गर्यो । सातौं महाधिवेशनमा उनले पार्टी संविधानसभामा जानुपर्ने विचार राखे । अन्ततः एमालेले संविधानसभा स्वीकार गर्यो । शंकर पोखरेलको दूरदर्शितालाई प्रमाणित गरेका अरु पनि उदाहरण छन् ।पोखरेल एमालेको स्कुल विभागको उपप्रमुखसमेत बने । उनको प्रशिक्षण सधैँ जबज केन्द्रित हुने भएकाले पनि पार्टीका कार्यकर्ताले उनको प्रशिक्षण रुचाउने गरेको विश्लेषकहरु बताउँछन् । जबज प्रति प्रतिवद्ध नेता भएकाले एमालेको आन्तरिक राजनीतिमा निर्णायक हस्तक्षेप गर्दै आएकी राष्ट्रपति विद्यादेवी भण्डारीले पनि शंकरलाई नै सहयोग गर्ने निश्चित छ । यस्तो अवस्थामा पोखरेल एमालेको महासचिव बन्न सक्ने सम्भावना प्रवल छ ।‘पास’ भईसकेका विष्णु पौडेलले फेरी परीक्षा देलान् ?विष्णु पौडेल नेकपा कालमा महासचिव चलाईसकेका नेता हुन् । एमाले र माओवादीबीच एकता भएपछि २ अध्यक्ष रहने त सहमति भयो नै । तर, पुष्पकमल दाहाल प्रचण्डले महासचिवमा नयाँ अनुहार खोजी गर्नुपर्ने अडान राखे । एमालेका महासचिव इश्वर पोखरेललाई नै महासचिवको जिम्मेवारी दिन प्रचण्ड तयार भएनन् । इश्वर पोखरेल एमालेको निर्वाचित महासचिव थिए । तर, प्रचण्डले नरुचाएका पोखरेलको ठाउँमा एमालेको नवौँ महाधिवेशनमा उपमहासचिव जितेका पौडेलले महासचिवमा बाजी मारे ।विष्णु पौडेल आठौं महाधिवेशनअघि माधव नेपाल पक्षमा थिए । आठौं महाधिवेशनपछि ओली खेमामा लागेका उनी नवौँमा आईपुग्दा ओलीकै टिमबाट उपमहासचिव बने ।नेकपा एक हुँदा महासचिवको हैसियतमा उनी सचिवालय सदस्य भए । उनले नेकपा कालमा महासचिवको भूमीकालाई कुशलतापूर्वक निर्वाह गरे । आन्तरिक विवादका समयमा ओली र प्रचण्डसँग बराबरी जस्तै छलफल गर्ने उनलाई माओवादीले पनि मन पराए । नेकपा हुँदाको एउटा कार्यक्रममा प्रचण्डले पौडेल र आफू ‘हलगोरु’ नै भएको बताए । यसले पनि पौडेललाई पार्टी महासचिवको रुपमा स्थापित गरिदियो । महासचिव भनेको पार्टीको काममा अत्यन्त खट्नुपर्ने पद हो । नेकपा हुँदा खटेर पौडेलले आफू प्राप्त पदीय जिम्मेवारी पूरा गर्न सक्छु भन्ने प्रमाणित गरिसकेका छन् ।नेपालकै ठूलो, २ तिहाई जनमतसहित सत्ता सञ्चालनमा रहेको कम्युनिष्ट पार्टीको महासचिव बनेर उत्तीर्ण भएका विष्णु पौडेल एमाले महासचिवको प्रवल दाबेदार हुन् । तेस्रो प्रयासमा सुरेन्द्र पाण्डेमाधब कुमार नेपाल निकटका सुरेन्द्र पाण्डे पार्टी विभाजनको विपक्षमा उभिँदै आए । विभाजन नै भएपछि उनी नेता नेपालसँग नगई एमालेमै बसे । पाण्डे एमालेको महासचिवका लागि तेस्रो पटक प्रयास गर्दैछन् । नवौँ महाधिवेशनमा बहालवाला महासचिव ईश्वर पोखरेलसँग जम्मा ६ मतले पराजित भएका पाण्डे नेकपा कालमा प्राचण्ड–नेपाल समूहको महासचिव झण्डैले घोषणा भएका थिए । पछि एमाले २ समूहमा बाँडिएको समयमा नेपाल–खनाल पक्षबाट उनले महासचिवकै हैसियतमा भूमीका निर्वाह गरे । महासचिवकै हैसियतमा उनले केही कार्यक्रम पनि चलाए ।यसरी झण्डै २ पटक महासचिव बनेका पाण्डे अहिले ओलीलाई रिझाएर महासचिव बन्ने लाइनमा छन् । उनले अध्यक्षमा ओली सर्वसम्मत हुनुपर्ने धारणा राख्दै आएका छन् । ओलीलाई चिढ्याएर नभई साथमै लागे मात्रै भूमीका पाईन्छ भन्ने उनले राम्रोसँग बुझेको देखिन्छ ।हुन त, एमाले विभाजनको संघारमै पुगेको समयमा पनि उनले फुटलाई रोक्न अन्तिमसम्म प्रयास गरेकै हुन् । नेपाल–खनाल पक्षका कार्यक्रममा उनी अन्तिम समयमा निष्क्रिय जस्तै बने । यति मात्रै नभई, काँग्रेससँग मिलेर माओवादी र एमालेको तत्कालिन माधब नेपाल पक्षले शेर बहादुर देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गर्दा उनी भेलामा सहभागी भएनन् । बैशाख २७ गते ओलीले संसदमा विश्वासको मत लिने कार्यक्रममा उनी पक्षमा मत दिनुपर्छ भन्ने लाइनमा थिए । तर, माधब नेपाल नमानेपछि उनी अनुपस्थित भए । यसरी आन्तरिक संघर्ष भएपनि पार्टी विभाजन रोक्नुपर्छ भन्ने लाइनमा पहिल्यैदेखि सक्रिय भएकाले उनलाई महासचिव बनाउँदा न्याय नै हुने एमाले वृत्तमा चर्चा छ । उनले पनि महासचिव भन्दा तल आफ्नो ‘पोजिशन’ नहुने बताईसकेका छन् । पाण्डेकै गृह जिल्लामा १० औँ महाधिवेशन गर्न लागेको एमालेले मूल व्यवस्थापन समितिको सहसंयोजकको जिम्मेवारी पनि उनैलाई दिएको छ । यसले पनि पाण्डे ओलीको छत्रछायाँमार्फत महासचिव बन्न सक्ने अनुमान हुन थालेको छ ।यदि, पाण्डे महासचिव बनाईए भने विभाजन अस्वीकार गर्ने नेताहरुलाई एमालेभित्र विभेद छैन भन्ने दाबी ओलीले गर्न पाउनेछन् ।

हामी जबजलाई आत्मसात गर्न चाहान्छौं : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले जनताको बहुदलीय जनवाद (जबज)लाई आत्मासात गर्न चाहेको बताएका छन्। पार्टी निकट युवा संघ नेपालले बिहीबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा नेपालले...

एमालेमै फर्किए प्युठानका प्रभावशाली नेता रायमाझी, जबज छाड्न नसकिने प्रतिक्रिया

रूपन्देही । नेकपा एमाले छाडेर माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा लागेका प्युठानका पुराना नेता एवं संविधानसभा सदस्य धनबहादुर रायमाझी एमालेमै फर्किएका छन् । माधव नेपाल समूहको संगठन निर्माणमा लागेका उनी एकाएक एमालेमा फर्केपछि समाजवादीका नेताहरू आश्चर्यमा परेका छन् । उनलाई एमाले प्यूठानका अध्यक्ष तुल्सीराम शर्मा नेतृत्वको टोलीसहित सरुमारानी गाउँपालिका उपाध्यक्ष मिनाकुमारी सोमैलगायतका नेता कार्यकर्ताले […]

माधव-झलनाथले जबज नमाने वामदेव गौतम नेकपा एसमा नजाने

काठमाडौं । माधव नेपाल र झलनाथ खनालले खोलेको नयाँ पार्टीमा जाने घोषणा गरेका एमाले उपाध्यक्ष वामदेव गौतमलाई एमालेले पनि जिम्मेवारीविहीन अवस्थामा राखेको छ । वामदेव पत्नी तुलसा थापा नेकपा एसले निर्वाचन आयोगबाट मान्यता पाउने दिन सनाखतका लागि निवेदन लिएर गए पनि कार्यालय समय सकिएको भन्दै दर्ता भएको थिएन ।उनी कानूनी रुपमा एमालेकै सांसद छिन् । […]

मिल्थ्यो भने ओलीले जबज नै मैले लेखेको हाे भन्नुहुन्थ्यो होला ! : माधव नेपाल

काठमाण्डाै – प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमालेका अध्यक्ष केपी शर्मा ओली जनताको बहुदलीय जनवाद (जबज) को सबैभन्दा विरोधी रहेको आरोप लगाउनुभएको छ । चन्द्रागिरिमा पार्टीका नेताहरूको प्रशिक्षण कार्यक्रममा अपिल सार्वजनिक गर्दै अध्यक्ष नेपालले जबजका कुनै पनि सिद्धान्त ओलीले नमानेको र राजा/महाराजाको हुकुमी शैली अपनाएकाले उहाँ जबजको सबैभन्दा विरोधी ठहरिने बताउनुभएको हो । केपी शर्मा ओली जबज पनि आफूले नै लेखेको दाबी गर्ने खालका नेता भएको उल्लेख गर्दै नेता नेपालले कम्युनिस्ट आ...

केपी ओलीसँग जबजको कुनै साइनो छैन : माधव नेपाल

९ माघ, सुर्खेत । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीसँग जनताको बहुदलीय जनवाद (जबज) सँगको कुनै पनि साइनो नभएको बताएका छन् । प्रेस संगठन नेपाल कर्णाली प्रदेशले शुक्रबार सुर्खेतमा आयोजना गरेको पत्रकार सम्मेलनमा …

जबजको सान्दर्भिकता सकिएको छैनः माधव नेपाल

१९ पुस, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले जनताको बहुदलीय जनवाद (जबज) को सान्दर्भिकता नसकिएको बताएका छन् । एमाले उपमहासचिव घनश्याम भुसालले जबजको च्याप्टर क्लोज भएको बताएपछि सुरु भएको बहसमा एमाले वरिष्ठ नेता नेपाल पनि सहभागी भएका छन् । बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा एमाले नेता नेपालले भने, 'जबजको …