माधव नेपालसँग भेटेपछि बालुवाटार पुगे प्रचण्ड

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड माधव नेपालसँगको भेटपछि प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्नका लागि प्रचण्ड बालुवाटार आइपुगेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। मंगलवार बिहान नेपालसँग भेटेका प्रचण्ड केहीबेर अघि बालुवाटार पुगेका हुन्। प्रचण्डले प्रधानमन्त्री देउवासँग मन्त्रिपरिषद् विस्तारको विषयमा छलफल शुरु गरेको बताइएको छ।…

सम्बन्धित सामग्री

देउवा–प्रचण्ड छलफलमा थपिए माधव नेपाल

७ पुस, काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक बसिरहेको छ । बिहीबार संसदीय दलको नेता चुनिएलगतै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका थिए । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायतका नेताहरु पनि छलफलमा थपिएका छन् । नेताहरुबीच नयाँ सरकार गठन र शक्ति बाँडफाँट लगायतका विषयमा छलफल भइरहेको बताइएको छ ।

प्रचण्ड र माधवले गरे देउवासँग छुट्टाछुट्टै छलफल

सत्तारुढ दलका नेताका शीर्ष नेताहरूले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री देउवालाई छुट्टाछुट्टै भेटेका हुन् । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर नेपालले देउवालाई भेटका थिए । नेपालले भेटेर फर्किएपछि प्रचण्ड र देउवाबीच भेटवार्ता भएको थियो । प्रतिनिधि र प्रदेशसभा निर्वाचनको समीक्षा र आगामी सत्ता सहकार्यबारे उनीहरूबीच छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको

माधव नेपाल पाँच दलीय गठबन्धनको भाग लिन बालुवाटार पुगे

काठमाडौं, ५ फागुन । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल पाँच दलीय गठबन्धनको बैठकमा भाग लिन बालुवाटार पुगेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको बैठकमा भाग लिन नेपाल बालुवाटार पुगेका हुन । बैठक अहिले ५ बजेबाट सुरु हुँदैछ। बैठकमा भाग लिनको लागि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि खुमलटारबाट निस्किसकेका छन् […]

प्रचण्ड र माधव नेपाल बालुवाटारमा, प्रधानमन्त्रीसँग छलफल जारी

सत्ता गठबन्धनका प्रमुख नेताहरुको भेटवार्ता प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भइरहेको छ । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)सँगको सम्झौताको विषयमा छलफल गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार भेगको हुन् ।  नेताहरूबीच समसामयिक राजनीति र एमसीसीको विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले बताएको छ ।  एमसीसी अनुमोदन गरेर कार्यान्वयनमा लैजान अमेरिकाले दबाब बढाएको छ । अमेरिकी सहकायक विदेशमन्त्र...

असन्तुष्टि लिएर बालुवाटार गएका माधव नेपाल पार्टी बैठकमा फर्किए

काठमाडौँ – आफ्नो पार्टीलाई दिइएको मन्त्रीको संख्या कम भएको असन्तुष्टि लिएर बालुवाटार बैठकमा गएका माधवकुमार नेपाल फर्किएका छन्। पार्टीलाई चारवटा मन्त्री र एक राज्यमन्त्री दिने सहमतिप्रति पार्टीभित्र असन्तुष्टि देखिएको र आकांक्षीहरुको व्यवस्थापन गर्न नसकिएको पार्टी निर्णय बोकेर गठबन्धनको बैठकमा गएका नेपाल आफ्ना कुरा राखेर फर्किएका हुन्। प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र […]

अनेरास्ववियूको तेस्रो चरणको आन्दोलन : बालुवाटार घेर्ने, सरकारी गाडी चल्न नदिने

१६ माघ, काठमाडौं । संसद विघटनको विरोधमा आन्दोलनरत नेकपा (प्रचण्ड-माधव नेपाल पक्ष)का विद्यार्थीहरुले तेस्रो चरणको आन्दोलनका कार्यक्रम तय गरेका छन् । अनेरास्ववियूको रञ्जित तामाङ खेमाका विद्यार्थीहरुले तेस्रो चरणको आन्दोलनमा बालुवाटार घेराउदेखि मन्त्रीहरुलाई सार्वजनिक बहिस्कार गर्नेसम्मका कार्यक्रम तय गरेका हुन् । अनेरास्ववियूले माघ २२ र २३ गते सरकारी नम्बर प्लेटका गाडी चल्न नदिने निर्णयसमेत गरेको छ […]

नेकपाबाट केपी ओली निष्कासित : बालुवाटार प्रतिक्रिया विहीन

काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल नेतृत्वको नेकपाले केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाटै निष्काशन गरेको छ । पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा आइतबार बसेको स्थायी कमिटी बैठकले ओलीलाई पार्टी सदस्यसमेत नरहने गरी हटाउने निर्णय गरेको हो ।प्रचण्ड नेपाल नेतृत्वको नेकपाले लिएको निर्णयबारे प्रधानमन्त्री समेत रहेका ओलीको सचिवालयसँग रातोपाटीले टेलिफोन सम्पर्क गर्दा कुनै प्रतिक्रिया आएन । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सुर्य थापाले यसबारे आफूहरुसँग कुनै प्रक्रिया नभएको बताए ।&nb