नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नेपाल दलित सङ्घका केन्द्रीय अध्यक्ष मीन विश्वकर्माले राजीनामा दिनुभएको छ । विश्वकर्माले आज एक विज्ञप्ति जारी गरी पार्टीको १४औँ महाधिवेशनका लागि हुने प्रतिनिधि छनोटदेखि नै दलित प्रतिनिधित्व नहुने गरी निर्वाचन निर्देशिका बनाइएको भन्दै पार्टीको केन्द्रीय सदस्य र दलित सङ्घको अध्यक्ष पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको हो ।