गगन थापाको वडामा फराकिलो अन्तरले कांग्रेस उम्मेदवार विजयी हुँदा सिर्जनालाई दोस्रो मत

६ जेठ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाको वडामा कांग्रेस उम्मेदवार फराकिलो अन्तरले वडाध्यक्षमा विजयी भएका छन् । वडाध्यक्षमा निर्वाचित दलबहादुर कार्कीले २ हजार ६१ मत ल्याए । तर कार्कीले यत्तिका मत ल्याउँदा कांग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंहले भने उनको भन्दा आधा कम मात्रै मत पाइन् । काठमाडौं महानगरपालिकाको ३० नम्बर वडामा वडाध्यक्षसहित प्यानलै […]

सम्बन्धित सामग्री

बागलुङका चारवटै प्रदेश क्षेत्रमा कांग्रेस उम्मेदवार विजयी

बागलुङ, मंसिर ७ ।। बागलुङका चारवटै प्रदेश क्षेत्रमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अघिल्लोपटक बागलुङका सबै क्षेत्रमा क्लिन स्वीप भएको कांग्रेसले यसपटक एमालेलाई क्लिन स्वीप गरेको छ । बागलुङ–१ (१) मा दीपेन्द्रबहादुर थापाले एमालेका हीराबहादुर केसीलाई एक हजार चार सय ७९ मतान्तरले पराजित गर्नुभएको छ । थापाले १३ हजार आठ सय ८४ मत ल्याएका […]

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

रुपन्देही - रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको मेयरमा नेपाली कांग्रेस तथा उपमेयरमा एमाले विजयी भएको छ । यसअघिको चुनावमा एमाले विजयी भएको नगरमा यस पटक भने कांग्रेस उम्मेदवार ईस्तियाक अहमद खान मेयर पदमा निर्वाचित हुनु भएको हो । उहाँले ९ हजार १ सय ३४ मत प्राप्त गर्दा उहाँका प्रतिद्धन्दी राप्रपाका सागरप्रताप राणाले ८ हजार १ सय ३७ मत प्राप्त गर्नुभयो । उपमेयरमा भने एमालेकी उमा अधिकारी ८ हजार ८ सय १३ मत प्राप्त गरी विजयी हुनु भएको छ । निकटतम प्रतिद्धन्दी राप्रपाकी बिनिता गुप्ताले ६ हजार ५४४ मत ल्याउनु भयो ।

बागलुङको जैमिनी नगर प्रमुखमा राजमो र उपप्रमुखमा कांग्रेस उम्मेदवार विजयी

बलेवाः बागलुङको जैमिनी नगरपालिकाको नगरप्रमुखमा राष्ट्रिय जनमोर्चा र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ। नगर प्रमुखमा राजमोका नरबहादुर पुन तथा उपप्रमुखमा कांग्रेसका हरिहर शर्मा विजयी भएका हुन्। पुनले आठ हजार ७५५ तथा निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का लीलाबहादुर रानाले दुई हजार ८७३ मत प्राप्त गरे। उपप्रमुखमा शर्माले नौ हजार १७३…

संखुवासभाको पाँचखपनको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एकीकृत समाजवादी विजयी

३ जेठ, संखुवासभा । संखुवासभाको पाँचखपन नगरपालिका प्रमुखमा नेपाली कांग्रेस उम्मेदवार विपिन राई विजयी भएका छन् । नेकपा एमालेका हिन्दुकुमार राईलाई १ हजार ३५१ मत हराउँदै कांग्रेसका राई प्रमुखमा विजयी भएका हुन् । राईले ४ हजार ७८८ र उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हिन्दुुकुमारले ३ हजार ४३७ मत ल्याएका छन् । विपिन राई यस अघिका […]

गोलाप्रथाबाट वडाध्यक्षमा कांग्रेस विजयी

पञ्चपुरी नगरपालिका–३ को वडाध्यक्षमा नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारले बराबर मत ल्याएपछि गोलाप्रथाबाट कांग्रेस उम्मेदवार विजयी भएका छन्।...

डोटीको सायल र पूर्वचौकी गाउँपालिकामा कांग्रेस विजयी

२ जेठ, डोटी । डोटीको सायल गाउँपालिका र पूर्वचौकी गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवारहरु निर्वाचित भएका छन् । पूर्वीचौकी गाउँपालिकाका सबै पदहरुमा कांग्रेस उम्मेदवार विजयी भएका छन् । सात वटा वडाहरु रहेको उक्त गाउँपालिकाका ३७ वटै पदहरुमा कांग्रेस बिजयीभएको निर्वाचन अधिकृत प्रकाश भण्डारीले जानकारी दिए । अन्तिम मत परिणाम अनुसार कांग्रेसका उम्मेदवार रामप्रसाद उपाध्याय आफ्ना निकटतम […]

इलामको सन्दकपुर गाउँपालिकाको अध्यक्षमा कांग्रेस उम्मेदवार विजयी

१ जेठ, काठमाडौं । इलामको सन्दकपुर गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । २०७४ सालको निर्वाचनमा नेकपा एमालेले जितेको सन्दकपुरमा गठबन्धनतर्फका कांग्रेस उम्मेदवार तुलाराम गुरुङ विजयी भएका हुन् । उनले ४ हजार २२३ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उदयबहादुर राईले ३ हजार २५८ मत ल्याए । यसैगरी उपाध्यक्षमा गठबन्धनकै […]

भीमदत्त नगरपालिका १ मा कांग्रेस विजयी

कञ्चनपुरको भीमदत्त नगरपालिका-१ मा  कांग्रेस उम्मेदवार आसेफ कुँवर (भुन्टु) विजयी भएका छन् । उनले आफ्ना निकटतम प्रतिद्वन्दी समाजवादीका कमल बहादुर विष्टलाई ४६६  मतको अन्तरले हराउँदै अध्यक्षमा विजयी भएका हुन् ।  कुँवरले...

मुस्ताङको घरपझोङ गाउँपालिकामा कांग्रेस उम्मेदवार दुई मतान्तरले विजयी

काठमाण्डाै - मुस्ताङको घरपझोङ गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्षमा कांग्रेसका मोहनसिंह लालचन दुई मतान्तरले विजयी हुनुभएको हो । उहाँले ७६० मत ल्याउनुभयो। एमाले उम्मेदवार सञ्जयकुमार थकालीले ७५८ मत ल्याउनुभएको छ । यहाँ कांग्रेस र माओवादीबीच तालमेल भएको हो।

राष्ट्रियसभा उपनिर्वाचनमा कांग्रेस उम्मेदवार पाण्डे विजयी

लुम्बिनी प्रदेशमा भएको राष्ट्रियसभा सदस्यमा उपनिर्वाचनमा नेपाली कांग्रेसका दृगनारायण पाण्डे विजयी भएका छन् । सोमवार भएको उपनिर्वाचनमा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गर्दै पाण्डे निर्वाचित भएका हुन् । कांग्रेस उम्मेदवार पाण्डेलाई नेकपा माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाले समर्थन गरेको थियो । राष्ट्रियसभा सदस्य उपनिर्वाचन २०७८ मा सोमवार भएको मतदानमा २९७ मत खसेको थियो । लुम्बिनीमा कूल ३०० मतदाता रहेका थिए ।