काठमाडौं : प्रतिनिधिसभाबाट पारित नागरिकतासम्बन्धी विधेयकप्रति नेकपा (क्रान्तिकारी माओवादी)ले आपत्ति जनाएको छ। पार्टीका महासचिव मोहन वैद्य 'किरण'ले वक्तव्य जारी गर्दै नागरिकता जस्तो अति संवेदनशील विषयसँग सम्बन्धित विधेयकलाई दफावार छलफलका लागि प्रतिनिधिसभाको विषयगत समितिमा नपठाई र कतिपय सांसदहरुले राखेका संशोधन प्रस्तावलाई समेत पूर्णतः वेवास्ता गरी फास्ट ट्र्याकमार्फत् पारित गरिएको भन्दै आपत्ति जनाएका हुन्। …