हेटौंडा : राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले मंसिर ४ गते देशले ‘सरप्राइज’ पाउने बताएका छन्।हेटौंडामा मंगलबार आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले मंसिर ४ गते हुने निर्वाचनले नपत्याउँदो नतिजा दिएर देशलाई नै सरप्राइज दिने दाबी गरेका हुन्।आफ्नो पार्टीको लागि भोट माग्दै उनले भने‚ ‘मैले सुनेको छु देशले यो पटक सरप्राइज कुरिरहेको छ रे! काठमाडौं र धरानबाट त्यो सरप्राइज शुरु भइसकेको छ। चितवनबाट म सरप्राइज दिन्छु, मकवानपुरबाट तपाईंहरूले एउटा आवाज निका