दाङका फूलखेती गर्ने किसानलाई माला गाँस्न भ्याइनभ्याइ

दाङमा फूलखेती गरेका किसानलाई अहिले फूल टिपेर माला गाँस्न भ्याइनभ्याइ भएको छ । तिहार नजिकिएसँगै किसानले फूल टिपेर माला बनाउन थालेका हुन् । घोराही उपमहानगरपालिका–१४, झिगौरामा व्यावसायिकरूपमा फूलखेती गरेका लोकेन्द्र रोका मगर अहिले फूल टिपेर माला बनाउन थालेका छन् । घोराही उपमहानगरपालिका–१३ मा सामूहिक फूलखेती गरेका इन्द्रा बुढा मगरले पनि तिहारका लागि फूलको माला बनाउन सुरु गरेका छन् । उनीहरू जस्तै जिल्लामा अहिले फूलखेती गरेका किसानले तिहारका लागि तयारी सुरु गरिरहेका छन् । फूलको मालाको

सम्बन्धित सामग्री

फूलखेती गरेका किसानलाई तिहारमा माला गाँस्न भ्याइनभ्याइ

घोराही (दाङ) । दाङमा फूलखेती गरेका किसानलाई अहिले टिपेर माला गाँस्न भ्याइनभ्याइ भएको छ । तिहार शुरु भएसँगै किसानले फूल टिपेर माला बनाउन थालेका हुन् ।  घोराही उपमहानगरपालिका–१४, झिगौरामा व्यावसायिक रूपमा फूलखेती गरेका लोकेन्द्र रोका मगर फूल टिपेर माला बनाउन थालेका छन् । यस्तै घोराही उपमहानगरपालिका–१३ का इन्द्रा बुढा मगर पनि तिहारका लागि आजदेखि फूल टिपेर माला बनाउन थालेका छन् । घोराही उपमहानगरपालिका–१४ मा फूल खेती गर्दै आएका वीरेन्द्र खड्काले पनि फूल टिपेर माला बनाउन थालेको बताए । उनले विगतमा तिहारको समयमा रु सात लाखभन्दा बढीको फूल विक्री गरेको बताए ।  लोकेन्द्र, इन्द्रा र वीरेन्द्र जस्तै जिल्लामा अहिले फूलखेती गरेका किसानले तिहारका लागि फूल विक्रीको तयारी थालेका छन् । फूलको मालाको बढी माग हुने भएकाले तयारी थालिएको उनीहरूको भनाइ छ । माला बनाएर शीतभण्डारमा राख्ने तर्खरमा किसान छन् । जिल्ला बाहिरबाट समेत फूलको माग आएको घोराही उपमहानगरपालिका–१४, झिगौरास्थित जलजला पुष्प खेती फार्मका सञ्चालक लोकेन्द्र रोका मगरले बताए । ‘जिल्लाभित्रैकै माग धेरै छ,’ उनले भने ।  रोका मगरले दुई बिघा जग्गा भाडामा लिएर फूलखेती गरेका हुन् । उनले झिगौरासँगै सुनपुरमा पनि फूल खेती गरेका छन् । रोजगारीको सिलसिलामा सात वर्ष कतारमा बिताएका रोका मगरले जिल्लामा दशंैतिहारलगायत पर्व तथा अरु बेला फूलको माग आउन थालेपछि फूलखेती गर्न थालेका हुन् । ‘दाङमा व्यावसायिक रूपमा फूलखेती कतै थिएन, काठमाडौंमा फूलखेती व्यावसायिक रूपमा गरेको देखेको थिएँ, अनि यहाँ मैले पनि शुरु गरेको हुँ,’ रोका मगरले भने ।  रोका मगरले अहिले भारतको कोलकाताबाट अफ्रिकन मेरीगोल्ड जातको सयपत्रीको बीउ ल्याएर व्यावसायिक फूलखेती गर्दै आएका छन् । घोराही बजारनजिकै फूलखेती गरेपछि आफूलाई बजारको समस्या नभएको उनी बताउँछन् । जिल्लाको घोराही, तुलसीपुर, लमही र भालुवाङ सहरबाट समेत फूलको माग हुने गरेको छ । पहिले तिहारका लागि मात्रै सयपत्री फूल उत्पादन गर्ने गरे पनि लोकेन्द्रले बाह्रै महीना फूल उत्पादन शुरु गरेको बताए । फूलको माग दशैंतिहारमा बढी हुने गरेको उनको भनाइ छ । यसै गरेर विभिन्न औपचारिक कार्यक्रम, विवाह, पूजाआजाका लागि फूलको माग हुने गरेको उनको भनाइ छ ।  जिल्ला फूलखेतीका लागि उपयुक्त रहेकाले यसको सदुपयोग गर्नसमेत रोका मगरको आग्रह छ । घोराही उपमहानगरपालिका–१३ डुम्मर गाउँमा पनि व्यावसायिक रूपमा फूलखेती गरिँदै आएको छ । इन्द्रा बुढाले विगत ७ वर्षपहिले देखि व्यावसायिक रूपमा फूलखेती गर्दै आएका छन् । उनले पनि अहिले फूल टिपेर माला बनाउन थालेका छन् । तिहारका लागि माग हुन थालेको उनको भनाइ छ । ‘माला बनाउन थालेका छौं,’ उनले भने । प्रतिमाला रु ८० देखि रु दुई सयसम्ममा विक्री गर्ने गरेको बुढाले बताए । जिल्लामै व्यावसायिक रूपमा फूलखेती भएपछि बाहिरबाट आउने कृत्रिम मालालाई समेत विस्थापित गर्न सकिन्छ भनेर यस व्यवसायमा प्रवेश गरेको उनी बताउँछन् । अहिले १२ कट्ठा जग्गा भाडामा लिएर व्यावसायिक रूपमा सयपत्री, मखमली, गोर्धौली र चाया फूलको खेती गरेको बुढाले बताए ।    एकदुई कट्ठाबाट शुरु भएको जिल्लाको फूलखेती हाल आएर २५ बिघामा पुगेको छ भने ५० भन्दा बढी किसान व्यावसायिक रूपमै फूलखेतीमा जोडिएका छन् । जिल्लाका तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका, राप्ती गाउँपालिका र गढवा गाउँपालिकाले वातावरणीय सन्तुलन कायम राख्न तथा स्थानीयको उत्पादनलाई बढावा दिन सर्वसाधारणमा कृत्रिम फूलको प्रयोग नगरी प्राकृतिक फूलका माला प्रयोग गर्न र अटेरी गरे कारबाही सहितको सूचना जारी गरेका छन् । रासस

स्याङ्जाको वालिङमा रहेको सहकारीद्धारा फूलखेती

वालिङ (स्याङ्जा), १६ कात्तिक । स्याङ्जाको वालिङमा रहेको वालिङ कर्मचारी बचत तथा ऋण सहकारी संस्थाले व्यावसायिकरुपमा सयपत्री फूल उत्पादन गरेको छ । बचत तथा ऋणको कारोबार गर्दै आएको उक्त सहकारीले आफ्ना शेयर सदस्यलाई फूलखेती गर्नतर्फ प्रेरित गर्ने उद्देश्यसहित व्यावसायिकरुपमा सयपत्री फूलखेती थालिएको सहकारीका अध्यक्ष दिपेन्द्र गैरेले बताए ।“सहकारीले शेयर सदस्यहरुबीच आर्थिक कारोबार मात्रै नगरी उनीहरुलाई […]

११ वर्ष विदेश बसेर फर्केपछि व्यावसायिक फूलखेती

दाङ : तुलसीपुर उपमहानगरपालिका–१२ रझेनाका  शशिराम विश्वकर्माले दुई वर्षदेखि व्यावसायिक फूलखेती गर्दै आएका छन्। करिब ११ वर्ष कतारमा बसेर आएपछि आफ्नै ठाउँमा केही गर्ने उद्देश्यलेयो व्यवसाय शुरु गरेको उनी बताउँछन् । उनी २०६३ सालमा कतार गएका थिए। त्यहाँ एउटा कम्पनी अस्पताल बनाउन लाग्दा अस्पतालको गार्डेन  बनाउने बेला इन्जिनियर तथा प्राविधिकले फूलखेती गरेको देखेँ। ‘त्यसपछि आफ्नै ठाउँमा यस्तो गरे राम्रो हुन्थ्यो, होला जस्तो लागेपछि नेपाल आएर यो व्यवसाय शुरु गरेँ&rsqu

आँबुखैरेनीमा व्यावसायिक ‘फूलखेती’

तनहुँ– जिल्लाको आँबुखैरेनी गाउँपालिकामा व्यावसायिक फूलखेती थालिएको छ । यो वर्ष विदेशबाट आयात हुँदै आएकाले सयपत्री फूललाई प्रतिस्थापन गर्न  फूलखेती थालिएको हो । आँबुखैरेनी–१ स्थित याञ्चोक आमा समूह, आँधीमूल आमा समूह र मित्रता मावि परिसरमा गरी २६ रोपनी क्षेत्रफलमा व्यावसायिक फूल खेती गरिएको हो ।  महिलालाई फूलखेतीमा आकर्षित गराउँदै आयआर्जनसँग जोड्न सय प्रतिशत अनुदानमा बिरुवा […]

गाउँपालिकाको अनुदानमा व्यावसायिक फूलखेती

वालिङ– स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा व्यावसायिक सयपत्री फूलखेती गरिएको छ । गाउँपालिकाका विभिन्न वडाका समूह, सहकारी तथा व्यक्तिले ६० रोपनी क्षेत्रफलमा व्यावसायिक फूलखेती गरेका हुन् । सुरुआतमा गाउँपालिका आफैँले फूलखेती गरी राम्रो आम्दानी गरेसँगै पालिकाका विभिन्न समूह सहकारी तथा व्यक्ति अभिप्रेरित भई पालिकाको अनुदानमा फूलखेतीमा आकर्षित भएका हुन् । पालिकाले केही वर्षदेखि थालेको व्यावसायिक फूलखेतीबाट सफलता […]

गाउँपालिकाको अनुदानमा सयपत्री फूलखेती

काठमाडौँ,४ साउन । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले फूलखेतीमा ५० प्रतिशत अनुदान दिएसँगै फूलखेतीतर्फ किसान आकर्षित भएका छन् । फूलखेतीका माध्यमबाट स्थानीयवासीलाई रोजगारी दिने र आर्थिक लाभ लिने उद्देश्यसहित गाउँपालिकाले गतवर्ष आफैले फूलखेती थालेकामा यसवर्ष किसानलाई ५० प्रतिशत अनुदान दिएर फूलखेतीतर्फ आकर्षित गरेको हो । यसवर्ष गाउँपालिकाले करिब १५ रोपनी क्षेत्रफलमा र अन्य किसान समूह तथा व्यक्तिको […]

स्याङ्जामा गाउँपालिकाको अनुदानमा सयपत्री फूलखेती

३ साउन, वालिङ । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले फूलखेतीमा ५० प्रतिशत अनुदान दिएपछि कृषक सयपत्री फूलखेतीतर्फ आकर्षित भएका छन् । फूलखेतीका माध्यमबाट स्थानीयवासीलाई रोजगारी दिने र आर्थिक लाभ लिने उद्देश्यसहित गाउँपालिकाले गत वर्ष आफैँले फूलखेती थालेकामा यस वर्ष किसानलाई ५० प्रतिशत अनुदान दिएर फूलखेतीतर्फ आकर्षित गरेको हो । यस वर्ष गाउँपालिकाले करिब १५ रोपनी क्षेत्रफलमा र […]

सिङगामा व्यावसायिक फूलखेती

म्याग्दीको बेनी नगरपालिका–४ सिङगामा व्यावसायिक फूलखेती गरिएको छ। तिहार पर्व र जिल्लामा आयोजना हुने कार्यक्रमलाई लक्षित गरेर हरियाली ग्रुप प्रालिले व्यावसायिक फूल उत्पादन गरेको हो।...

सिङगामा व्यावसायिक फूलखेती

म्याग्दी, १७ कात्तिक । म्याग्दीको बेनी नगरपालिका–४ सिङगामा व्यावसायिक फूलखेती गरिएको छ । तिहार पर्व र जिल्लामा आयोजना हुने कार्यक्रमलाई लक्षित गरेर हरियाली ग्रुप प्रालिले व्यावसायिक फूल उत्पादन गरेको हो । आँगेबगर र सिङ्गामा दुई÷दुई रोपनी क्षेत्रफलमा फूलखेती गरिएको हरियाली ग्रुप प्रालिका सञ्चालक शेरबहादुर केसीले बताए । बागलुङ, बेनी, कुश्माको बजार र सिङ्गा आसपासका क्षेत्रमा […]

फूलखेती गर्ने किसान तिहारको तयारीमा

जिल्लामा फूलखेती गरेका किसानहरू अहिले फूल टिपेर माला बनाउन थालेका छन् । तिहार नजिकिएसँगै किसानहरूले फूल टिपेर माला बनाउन थालेका हुन् ।घोराही उपमहानगरपालिका–१४, झिगौरामा व्यावसायिक रूपमा फूलखेती गरेका लोकेन्द्र रोका मगर अहिले फूल टिपेर माला बनाउन थालेका छन् । घोराही उपमहानगरपालिका–१७ मा पनि सामूहिक फूलखेती गरेका महिलाहरूले पनि तिहारका लागि फूलको माला बनाउने तयारी थालेका […]