त्रिभुवन आर्मी क्लबलाई दिइयो एएफसी कप क्लबको लाइसेन्स

काठमाडौँ । एसियाली फुटबल सङ्घ (एएफसी)ले प्रदान गरेको एएफसी कप क्लब लाइसेन्स त्रिभुवन आर्मी फुटबल क्लबलाई हस्तान्तरण गरिएको छ । सैनिक मुख्यालय जङ्गीअड्डामा बुधबार आयोजित समारोहमा प्रधानसेनापति पूर्णचन्द्र थापालाई अखिल नेपाल फुुटबल सङ्घ (एन्फा) अध्यक्ष कर्माछिरिङ शेर्पाले उक्त लाइसेन्स हस्तान्तरण गरेका हुन् । त्रिभुवन आर्मी फुटबल क्लब नेपाली सेनाको विभागीय टोली हो ।

सम्बन्धित सामग्री

आर्मी एएफसी कप खेल्ने होडबाट बाहिरियो

काठमाडौं । विभागिीय टिम त्रिभुवन आर्मी क्लब आगामी एएफसी कप खेल्ने होडबाट बाहिरिएको छ । आइतबार दशरथ रंगशालामा भएको खेलमा आर्मीले थ्रीस्टार क्लबसँग गोलरहित बराबरी खेलेको हो । योसँगै आर्मी एएफसी कप खेल्ने होडबाट बाहिरिनुपर्यो । चौथो बराबरी खेल्न पुगेको आर्मी उपाधि जित्ने होडमा पनि पछि परेको छ । अंकतालिकामा शीर्ष स्थानमा मच्छिन्द्र क्लब १४ […]

एएफसी छनोट : त्रिभुवन आर्मी क्लब आज भारतको गोवा जाँदै

काठमाडौं : एएफसी कप २०२१ अन्तर्गत प्रारम्भिक छनोटको दोस्रो चरणको खेल खेल्न त्रिभुवन आर्मी क्लब आज भारत जाँदैछ।उपरथी निरन्जन श्रेष्ठको नेतृत्वमा आर्मीको २७ सदस्यीय टोली बिहान ११ बजे गोवा जाने भएको हो। आर्मीले दोस्रो चरणको खेल अप्रिल १४ मा इन्डियन सुपर लिग (आइएसएल) क्लब बेंगलुरुसँग खेल्नेछ। सुनिल क्षेत्रीको कप्तानीमा रहेको बेंगलुरुले यसअघि नै एएफसी कप खेलिसकेको अनुभव छ। आर्मी र बेंगलुरुबीचको खेल गोवास्थित जीएमसी एथ्लेटिक स्टेडियम बाम्बोलिममा हुनेछ। उक्त खेलको विजेताले तेस्रो चरणको खेल बं

एएफसी कपको अघिल्लो चरण पुग्ने आर्मीको लक्ष्य

एएफसी कप २०२१ को प्रारम्भिक चरणअन्तर्गत त्रिभुवन आर्मी क्लब र श्रीलंका पुलिस एससीबीच बुधबार प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने खेल अपरान्ह ५:३० सुरू हुनेछ।

एएफसी कपमा त्रिभुवन आर्मी र श्रीलंका पुलिस भिड्ने

एएफसी कप २०२१ को प्रारम्भिक चरणअन्तर्गतको खेलमा त्रिभुवन आर्मी क्लब र श्रीलंका पुलिसबीच यही चैत २५ गते प्रतिस्पर्धा हुने भएको छ ।

आर्मी क्लब र किर्गिस्तान टीमबीचको आजको फुटबल खेल निःशुल्क हेर्न पाइने

काठमान्डाैं / त्रिभुवन आर्मी क्लब र किर्गिस्तानबीच आज दशरथ रङ्गशालामा मैत्रीपूर्ण फुटबल खेल हुँदैछ । एएफसी कप २०२१ प्ले अफको तयारीमा जुटेको नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र किर्गिस्तानको यू–२३ टीमबीच मैत्रीपूर्ण फुटबल खेल हुन लागेको हो । त्रिभुवन आर्मीका जर्जप्रीन्स कार्कीको कप्तानीमा दिउँसो ३ः३० बजे हुने उक्त खेल रङ्गशाला पुग्ने जोसुकैले निःशुल्क हेर्न सक्ने... The post आर्मी क्लब र किर्गिस्तान टीमबीचको आजको फुटबल खेल निःशुल्क हेर्न पाइने appeared first on Purbeli News.

सेनालाई एएफसी कप क्लब लाइसेन्स हस्तान्तरण

काठमाडौं । एसियाली फुटबल सङ्घ (एएफसी)ले प्रदान गरेको एएफसी कप क्लब लाइसेन्स त्रिभुवन आर्मी फुटबल क्लबलाई हस्तान्तरण गरिएको छ । सैनिक मुख्यालय जङ्गीअड्डामा आज आयोजित समारोहमा प्रधानसेनापति पूर्णचन्द्र थापालाई अखिल नेपाल फुुटबल सङ्घ (एन्फा) अध्यक्ष कर्माछिरिङ शेर्पाले उक्त लाइसेन्स हस्तान्तरण गर्नुभएको हो । त्रिभुवन आर्मी फुटबल क्लब नेपाली सेनाको विभागीय टोली हो । एएफसीको ‘क्लब लाइसेन्सिङ अपिल बडी’को यही पुस ७ गतेको बैठकले त्रिभुवन आर्मी क्लबलाई उक्त लाइसेन्स प्रदान गर्ने निर्णय गरेको थियो । उक्त अनुमति प्राप्त गरेसँगै त्रिभुवन आर्मी क्लबले एपएफसी कप क्लबअन्तर्गत सञ्चालन हुने व्यावसायिक फुटबल प्रतियोगितामा सहभागी हुने अवसर प्राप्त गरेको छ । एएफसी विश्व फुटबल महासङ्घ (फिफा) भित्रका ६ सङ्घमध्येको एक हो । एएफसीमा ४७ देश सदस्यका रुपमा आबद्ध छन् । उक्त संस्था सन् १९५४ फिलिपिन्सको मनिलामा गठन भएको थियो । हाल एएफसीको मुख्यालय मलेसियाको क्वालालम्पुरमा छ । नेपालमा एएफसीले क्लब लाइसेन्सिङको प्रक्रिया सन् २०१६ देखि लागू गरेता पनि सन् २०१८ देखि लाइसेन्स अनिवार्य गरिएको थियो । एन्फाले नेपालका सबै ‘ए’ डिभिजन क्लबलाई एएफसी लाइसेन्स प्रक्रिया पूरा गर्न निर्देशन दिए पनि आर्मी क्लबबाहेक कुनै पनि क्लबले मापदण्ड पूरा गर्न सकेका छैनन् । त्रिभुवन आर्मी फुटबल क्लब एएफसी लाइसेन्स प्राप्त गर्ने नेपालकै पहिलो क्लब हो । क्लब लाइसेन्स हस्तान्तरण कार्यक्रममा राष्ट्रिय खेलकूद परिषद् (राखेप) का सदस्यसचिव रमेशकुमार सिलवालले आर्मी क्लबले उक्त लाइसेन्स प्राप्त गर्नु सिङ्गो मुलुकको खेलकूद क्षेत्रकै सफलता भएको बताउनुभयो । नेपाली सेनाका उपरथी निरन्जन श्रेष्ठले एएफसी क्लबको लाइसेन्स प्राप्त भएबाट नेपालको खेलकूद विकासका लागि थप हौसला प्रदान भएको धारणा राख्नुभयो । त्रिभुवन आर्मी क्लब नेपालको खेल क्षेत्रको च्याम्पिएनशिप विभागीय टोली हो । सैनिक शारीरिक तालीम तथा खेलकूद केन्द्रका प्रमुख सेनानी ब्रजेश महर्जनका अनुसार खेलकूदको स्तर, पूर्वाधार, व्यवस्थापन, आर्थिक अवस्थालगायत मापदण्ड पूरा गरेका कारण आर्मी क्लबले उक्त लाइसेन्स प्राप्त गर्न सफल भएको हो । सेनामा हाल ३४ खेल विधाका ७५० भन्दा बढी खेलाडी आबद्ध छन् ।(रासस)

आर्मी बन्यो एएफसी कप लाइसेन्स पाउने पहिलो नेपाली फूटबल क्लब

एसियाली फुटबल सङ्घ (एएफसी)ले प्रदान गरेको एएफसी कप क्लब लाइसेन्स त्रिभुवन आर्मी फुटबल क्लबलाई हस्तान्तरण गरिएको छ । सैनिक मुख्यालय जङ्गीअड्डामा आज आयोजित समारोहमा प्रधानसेनापति पूर्णचन्द्र थापालाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा) अध्यक्ष कर्माछिरिङ शेर्पाले उक्त लाइसेन्स हस्तान्तरण गरेका हुन् । त्रिभुवन आर्मी फुटबल क्लब नेपाली सेनाको विभागीय टोली हो । एएफसीको ‘क्लब लाइसेन्सिङ अपिल बडी’को यही पुस ७ गतेको बैठकले त्रिभुवन आर्मी क्लबलाई उक्त लाइसेन्स प्रदान गर्ने निर्णय गरेको थियो । उक्त अनुमति प्राप्त गरेसँगै त्रिभुवन आर्मी क्लब...