प्रचण्ड भेट्न खुमलटार पुगे विप्लव

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ। प्रचण्डलाई भेट्न विप्लव पार्टीका अर्का नेता धर्मेन्द्र बास्तोलालाई लिएर प्रचण्डनिवास खुमलटार पुगेका थिए। ओली सरकारसँग वार्ता गरेर शान्तिपूर्ण राजनीतिमा आएको विप्लव समूहले आफ्ना बन्दीहरुको रिहाइको माग गर्दै आइरहेको छ। प्रचण्ड नेतृत्वमा माओवादीबाट विद्रोह गरेर भूमिगत राजनीतिमा लागेका विप्लवले लामो समयपछि प्रचण्डसँग भेटवार्ता गरेका हुन्।

सम्बन्धित सामग्री

प्रचण्डको प्रस्ताव विप्लवले नकारे, भने– तत्काल एकताको सम्भावना छैन

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच आज पार्टी एकताका विषयमा छलफल भएको छ। प्रचण्डलाई भेट्न शनिबार बिहान विप्लव खुमलटार पुगेका हुन् ...

प्रचण्ड र विप्लवबीच सहकार्य गरेर अघि बढ्ने समझदारी

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेचविक्रम चन्द ‘विप्लव’बीच आज भेटवार्ता भएको छ । माओवादी केन्द्र र विप्लव नेतृत्वको नेकपाबीच एकीकरणको चर्चा चलिरहेका बेलाको यो भेटलाई महत्वका साथ हेरिएको छ । प्रचण्डलाई भेट्न विप्लवले शनिबार बिहान खुमलटार पुगेका थिए । दुई नेताबीच पार्टीगत सहकार्य गरी अघि बढ्ने समझदारी […]

नेपाल, प्रचण्ड र विप्लव एकै ठाउँमा

काठमाडौँ –  सर्वोच्च अदालतको आदेशसँगै हालै शान्तिपूर्ण राजनीति अगांलेको घोषणा गरेका नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’को सक्रियता बढेको छ। बुधबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पमकम दाहाल ‘प्रचण्ड’लाई उनको निवास खुमलटार गएर पूर्व माओवादी घटक एक हुनु पर्ने प्रस्ताव गरेका विप्लव बिहीबार नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न उनको निवास कोटेश्वर पुगेका छन्। […]

विप्लव र प्रचण्डबीच भेटवार्ता, के के भयो कुराकानी?

काठमाडाैं : नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच बुधबार भेटवार्ता भएको छ।प्रचण्डलाई भेट्न विप्लव पार्टीका अर्का नेता धर्मेन्द्र बास्तोलालाई लिएर प्रचण्डनिवास खुमलटार पुगेका हुन्।ओली सरकारसँग वार्ता गरेर शान्तिपूर्ण राजनीतिमा आएको विप्लव समूहले आफ्ना बन्दीहरुको रिहाइको माग गर्दै आइरहेको छ। बैठकमा विप्लव नेकपाको केन्द्रीय कमिटीको निर्णयअनुसार जनमतसंग्रह हुँदै समाजवादमा जानेबारे छलफल गरिने निर्णय भएको विप्लव नेकपाका केन्द्रीय कमिटी सदस्य दीपक चला

प्रचण्डलाई भेट्न खुमलटार पुगे विप्लव

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द’विप्लव’ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न उनको निवास खुमलटार पुगेका छन्। माओवादी र नेपाली कांग्रससहितको सरकार बनेको भोलिपल्ट विप्लवले प्रचण्डलाई भेटेका हुन्। यसअघि शान्ति प्रकृयामा आएपछि विप्लवले प्रचण्डको लगातार आलोचना गर्दै आएका थिए।  विप्लव, प्रचण्ड नेतृत्वको तत्कालिन नेकपा माओ‌वादीमा विद्रोह गरि अलग भएका थिए। केपी ओली सरकारसँग […]