लुम्बिनीमा सत्ता परिवर्तन भएदेखि प्रदेश सभाको गतिशील बन्न सकेको छैन । एमालेका मुख्यमन्त्री शंकर पोखरेललाई हटाएर गठबन्धन दलको तर्फबाट कुलप्रसाद के.सी. नेतृत्वमा सरकार बनेपछि सत्ता पक्ष र प्रतिपक्षको राजनीतिक खिचातानीको असर प्रदेश सभामा देखिएको हो । जसंसद् मङ्सिर १ गतेदेखि बन्द रहेको छ । नवौँ अधिवेशनको १२ औँ बैठक कार्तिक २९ गते बसेपछि प्रदेश प्रमुखले मङ्सिर १ गते अधिवेशन अन्त्य गरेका थिए । अब सरकारले कहिले संसद् बोलाउँछ भन्ने यकिन छैन । सामान्यतया ६ महिनाभित्र अधिवेशन आह्वान गर्ने व्यवस्था रहेको छ