सत्ता साझेदारीका लागि प्रधानमन्त्रीसँग जसपाका तीन सर्त

काठमाडौं । मधेशवादी दल जनता समाजवादी पार्टीले सत्ता साझेदारी खोजेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग तीनवटा सर्त राखेका छन् । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा एमालेसँग भएको छलफलमा जसपा नेताहरुले तीन सर्त अघि सारेका हुन् । बिहीवार साँझ झन्डै तीन घण्टा भएको छ्लफलमा जसपाले थुनामा रहेका रेशम चौधरीको रिहाइ, मधेश र थरुहट आन्दोलनमा सहभागी नेता कार्यकर्तामाथि लागेको मुद्दा खारेज र संविधान संशोधन हुनुपर्ने पुरानै माग दोहोर्याएको हो । छलफलपछि जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले आफूहरुले पुरानै माग अघि सारेको र प्रधानमन्त्रीले छलफल गर्न तयार छु भन्ने जवाफ पाएको बताउनुभयो । जसपाको बिहीवार बसेको बैठकले राजनीतिक संकट समाधानका लागि संसदमा रहेका एमाले, काङ्ग्रेस र माओवादी केन्द्रसँग शीर्ष ५ नेताले संयुक्त छलफल गर्ने निर्णय गरेको थिय ्। सोही आधारमा आज प्रधानमन्त्री ओलीसँग छलफल गरेको हो । छलफलमा जसपाबाट अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव, वरिष्ठ नेता अशोक राई र राजेन्द्र महतो तथा लक्ष्मणलाल कर्ण थिए भने नेकपा (एमाले) बाट पार्टी अध्यक्ष उवम् प्रधानमन्त्री ओली, उप–महासचिव विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल, राजन भट्टराई लगायत नेताहरु सहभागी थिए। सत्ता साझेदारीकै लागि जसपाले यसअघि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरिसकेको छ भने कांग्रेस सभापति देउवासँग भेट गर्ने जनाएको छ । सत्ता समिकरणमा ‘निर्णायक भूमिका’ मा रहेको जसपाले तीनवटै दलसँग आफ्ना सर्त अघि सारेको छ भने जसले माग पुरा गर्छ, उसैसँग मिलेर सरकार बनाउने बताउँदै आएको छ ।

सम्बन्धित सामग्री

जसपाको सरकारमा सहभागी हुने सर्त– संवैधानिक पदहरुमा भागबण्डा

काठमाडौं। जनता समाजवादी पार्टी(जसपा), नेपालले सरकारमा सामेल हुन शर्त राखेको छ। सरकारमा जानका लागि संवैधानिक पदहरु आफुहरुलाई पनि भागबण्डा गर्नुपर्ने जसपाका प्रवक्ता मनिष सुमनले बताए। राष्ट्रपतिदेखि प्रदेश सभाको उपसभामुखसम्म दलहरुका बिचमा भागबण्डा हुन लागेको भन्दै आफूहरुको भागमा पनि संवैधानिक पद परेमा सरकारमा सहभागि हुने उनले स्पष्ट पारे। अन्यथा सरकारमा नजाने विश्वासको मत मात्र दिने उनले बताए।

एमाले–माओवादी गठबन्धनको सरकारमा सहभागी हुन जसपाले राख्यो तीन सर्त

काठमाडौं । एमाले–माओवादी केन्द्र गठबन्धनको सरकारमा संलग्न हुन जसपाले तीन सर्त अगाडि सारेको छ । जनता समाजवादी पार्टी (जसपा)को राजनीतिक समितिको बैठकले सरकारमा संलग्न हुन तीन सर्त अगाडि सारेको हो । यस्ता छन् जसपाका सर्त : पहिलो, संघीयता विरोधी, गणतन्त्र विरोधी, धर्मनिरपेक्षतालाई अस्विकार गर्ने, राजनीतिकविचार र सिद्दान्त प्रष्ट नभएका दलसमेत सत्ता साझेदार रहेको अहिलेको अवस्थामा […]

सरकारमा जान जसपाका सर्त

माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउन समर्थन गरेको जनता समाजवादी पार्टी (जसपा) ले शक्ति बाँडफाँट र सरकारको नीति तथा कार्यक्रम हेरेर मात्र सत्तामा जाने/नजाने निर्णय गर्ने भएको छ ।

अविस्वास प्रस्ताव पेश हुनुअघि जसपाले राख्यो सर्त

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकारविरुद्धको अविस्वास प्रस्तावको पक्षमा हस्ताक्षर गरेको जनता समाजवादी पार्टीले लिखित सहमति गरेर मात्रै अगाडि बढ्नुपर्ने सर्त राखेको  छ। अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने ३ दल मध्येको समाजवादी पार्टीले अविश्वासको प्रस्ताव टेबुल हुनु अगावै सत्ता र शक्ति बाँडफाँडमा लिखित सहमति हुनु पर्ने सर्त राखेको हो । कार्य व्यवस्था परामर्श समितिको बैठकपछि बसेको ३ दलको बैठकमा जसपाका संसदीय दलका नेता हरिशरण आचार्यले पार्टीका त

सरकारमा जान जसपाको तीनबुँदे सर्त, प्रधानमन्त्री सकारात्मक

काठमाडाैं : नेकपा (एमाले) र जनता समाजवादी पार्टी(जसपा) का शीर्ष नेताहरूको प्रधानमन्त्री केपी शर्मा ओलीसँगको उच्चस्तरीय भेटघाट बालुवाटारमा सकिएको छ।बैठकमा जसपाले सरकारमा सहभागी हुन राखेको तीनबुँदे सर्तमाथि प्रधानमन्त्री ओली सकारात्मक देखिएका बैठकमा सहभागी जसपाका नेता लक्ष्मणलाल कर्णले थाहाखबरलाई बताए। जसमा संविधान संशोधन, रेशम चाैधरीको रिहाइ, कैदीबन्दीको मुद्दा फिर्तालगायत माग आफूहरूले राखेका उनको भनाइ थियो। छलफलमा सहभागी प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले