एजेन्सी – युक्रेनको राजधानी किएभ र पूर्वी शहर खार्किभमा रातभरि भएको रूसी आक्रमणमा एक जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् । देशभर हवाई हमलाको चेतावनी जारी गरिएको छ । किएभका सैन्य अधिकारीहरूले ड्रोन र ब्यालेस्टिक मिसाइलको खतरा रहेको जानकारी दिएका छन् । किएभका मेयर भिताली क्लित्स्कोले टेलीग्राममा लेखे, ‘किएभमा ठूलो आक्रमण […]
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्दले सरकारले आफ्नो पार्टीलाई निर्वाचनमा जाने वातावरण नबनाएको आरोप लगाउनुभएको छ । शनिवार आयोजित पार्टीको निर्वाचनसम्बन्धि प्रशिक्षण कार्यक्रममा उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले आफूहरु चुनावमा जाने तयारी गरिरहँदा सरकारले कम्युनमा छापा मारेर गम्भिर षडयन्त्र गरेको आरोप लगाउनुभयो । काठमाडौंमा हराएका हतियार फेला पार्न नसक्ने […]
काठमाडौं- फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रत्यक्षतर्फ ३ हजार ४ सय जनाभन्दा धेरैले उम्मेदवार बनेका छन् । तर, यसमा महिलाको सहभागिता ३८८ जना अर्थात् ११ प्रतिशतभन्दा केही बढी मात्रै छ । जुन समावेशी प्रतिनिधित्वका हिसाबले चिन्ताजनक अवस्था हो । संविधानले संसदमा कम्तीमा एकतिहाई अर्थात् ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गरेको छ । तर […]
काठमाडौं – नेपाली कांग्रेसले भावी प्रधानमन्त्रीका रूपमा अघि सारेका सभापति गगन थापाले आफू चटक र जादुमा विश्वास नगर्ने स्पष्ट पारेका छन्। शनिबार नयाँ बानेश्वरमा आयोजित सर्लाही–४ का युवासँगको अन्तरक्रियामा बोल्दै थापाले छडी घुमाउँदैमा समस्या समाधान नहुने बताएका हुन्। ‘म चटक गर्न जान्दिन। जादुजस्तो छडी घुमाउँदैमा समस्या समाधान हुँदैन,’ उनले भने, ‘सडक लामो समय बन्द नहोस्, समयमै बनोस् […]
काठमाडौँ। जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य तथा सेयर कारोबारी दीपेन्द्र अग्रवालसहित २१ सय जना नेकपा एमालेमा प्रवेश गरेका छन्। ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज (शनिबार) आयोजित कार्यक्रममा पार्टी अध्यक्ष केपी ओलीले उनीहरूलाई खादा र टीका लगाएर पार्टी प्रवेश गराए। त्यस अवसरमा धितोपत्र व्यवसायी दीपेन्द्र अग्रवालसहित व्यवसायीहरू सुरेन्द्र शाही‚ खगेन्द्र थापा‚ पदम साउद‚ अशोक […]