काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्नुभएकाे छ। अध्यक्ष ओली शुक्रबार दिउँसाे सभापति देउवाकाे निवास महाराजगञ्जमा पुग्नुभएकाे हाे। २ जना शीर्ष नेताबीच अहिले भेटवार्ता जारी रहेकाे छ। जेनजी आन्दोलनपछि उनीहरूबीच पहिलो पटक भेटवार्ता भएको छ। साेही भेटवार्ता पछिल्लाे समसामयिक राजनीतिक विषयमा संवाद भएकाे बुझिएकाे छ।
एमालेको आशन्न एघारौँ महाधिवेशन पार्टीको भित्री उत्सव मात्रै होइन, अस्तित्व र सम्मान जोगाउने निर्णायक प्रतिस्पर्धा पनि हो । तर, महाधिवेशन प्रतिनिधि छनोटका नाममा जुन किसिमको मनपरी चल्यो, सर्वसम्मतको आवरणमा जुन तरिकाले प्रक्रियाको हत्या गरियो, कार्यकर्ताको आवाजलाई जसरी थिचियो- यी सबै घटनाले एमालेभित्र एउटा गहिरो असन्तोष र अविश्वासको ज्वालामुखी भित्रभित्रै दन्किरहेको छ । जहाँजहाँ सर्वसम्मत प्रतिनिधि […]