२० कात्तिक, काठमाडौं । अरब राष्ट्रहरुले गाजामा युद्धविरामको पहल गरिरहे पनि अमेरिकाले त्यसलाई अस्वीकार गरिरहेको छ । युद्धविरामले हमासलाई सहयोग पुग्ने भन्दै अमेरिकाले अस्वीकार गरिरहेको हो । लेबनान, कतार र जोर्डनका नेताहरुले युद्धविरामको पहल गरिरहेका छन् । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले ती मुलुकका नेतालाई भेटेर तत्काल युद्धविराम गर्दा हमासलाई सहयोग पुग्ने बताएको बीबीसीले जनाएको छ । […]