काठमाडौं : अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेपछि विश्व शक्ति राष्ट्र पक्ष र विपक्षमा भएका छन्। चीन र रुस तालिबानसँग सहकार्य गर्न तयार देखिएका छन् भने अमेरिका, बेलायत र क्यानडाले भने तालिबानलाई तत्काल विश्वास गरिहाल्न नसकिने बताउँदै आएका छन्। भारतले अफगानिस्तानको बारेमा भने अझै कुनै निर्णय गर्न सकेको छैन। अफगानिस्तानको राजनीतिक परिस्थितिबारे छलफल गर्न भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज सर्वदलीय बैठक बोलाएका छन्। बैठक आज विहान ११ बजे सुरु हुने भारतीय सञ्चारमाध्यमले ज