सडक भासियो, कल्भर्ट जोखिममा

धनगढी उपमहानगरपालिका वडा नम्बर १ र वडा नम्बर ५ जोड्ने सडक भासिएर कल्भर्ट जोखिममा परेको छ । जथाभावी डोजर लगाई सडक र कल्भर्ट संरक्षणका लागि बनाइएको तटबन्ध भत्काएपछि सडक भासिएको हो ।धनगढी वडा नम्बर १ स्थित नविन जिम क्लब पछाडिदेखि वडा नम्बर ५ तारानगर जाने सडक भासिएको हो । सडक भासिएपछि दुई वटा वडा जोड्ने कल्भर्ट भत्किने जोखिममा रहेको स्थानीयवासी बताउँछन् ।धनगढी उपमहानगरपालिकाले नाला अतिक्रमण हटाउने अभियानअन्तर्गत वडा नम्बर ५ सुकुटी नालामा डोजर लगाउन सुरु गरेको थियो । अतिक्रमित भौतिक संरचना हटाउने नाम

सम्बन्धित सामग्री

नारायणगढ–बुटवल सडक खण्ड : वन्यजन्तुका लागि ३५ ‘अन्डरपास’ निर्माण गरिने

कावासोती । पूर्व–पश्चिम राजमार्गको नारायणगढ–बुटवल सडक विस्तारका क्रममा वन्यजन्तुका लागि ३५ ‘अन्डरपास’ निर्माण गरिने भएको छ । सडक निर्माण सम्पन्न हुँदा आयोजनाको पूर्वी खण्ड (गैंडाकोट–दाउन्ने)मा २२ र पश्चिम खण्ड (दाउन्ने–बुटवल)मा १३ अन्डरपास तयार हुने आयोजनाका व्यवस्थापक राकेश झाले बताए । वन्यजन्तुका कारण हुने सडक दुर्घटना न्यूनीकरण गर्न तथा दुर्घटनाबाट वन्यजन्तु जोगाउन साना र ठूला गरेर सो संख्यामा अन्डरपास निर्माण गरिने झाले जानकारी दिए । उनका अनुसार कतिपय ठूला पुल र कल्भर्टलाई अन्डरपास बनाइएको छ भने पुल र ठूला कल्भर्ट नभएका स्थानमा अन्डरपासकै संरचना बनाइनेछ ।  यसरी निर्माण गरिने अन्डरपास तीनदेखि १२ मिटरसम्म उचाइ र आवश्यकताअनुसार १६ मिटरसम्म फराकिलो हुने झाले बताए । वन्यजन्तुको निगरानी गर्न क्यामेरा राख्नेगरी अन्डरपास निर्माण गरिने झाले जानकारी दिए । आयोजनाको विस्तृत परियोजना प्रतिवेदनमा ‘ओभरपास’को व्यवस्था नभएको भए पनि दातृ निकाय एशियाली विकास बैंकले दुम्किबासको विनयी खोलाको पुलभन्दा केही पूर्वतर्फ एउटा ओभरपास बनाउनुपर्ने आशय व्यक्त गरेको छ । त्यस सम्बन्धमा अध्ययन भइरहेको झाले बताए । यसअघि गत वैशाखमा सरकारले वन्यजन्तुमैत्री पूर्वाधार निर्माण निर्देशिका जारी गर्दै वन्यजन्तुको ज्यान जोखिममा पर्नेगरी पूर्वाधार निर्माणमा रोक लगाएको थियो भने नेपालमै पहिलोपटक नारायणगढ–मुग्लिन सडकमा वन्यजन्तुका लागि अन्डर पास निर्माण गरिएको थियो । निर्माण कम्पनी चाइना स्टेट इन्जिनीयरिङ कर्पोरेसनले गैंडाकोटको नारायणी नदी पुलदेखि बुटवलसम्म ११५ किलोमिटर सडक बस्ती क्षेत्रमा ६ लेन र जंगल क्षेत्रमा चार लेन बनाउँदै छ । यस्तै दाउन्नेमा तीन लेन विस्तार गर्नेगरी एशियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा राजमार्गको विस्तार भइरहेको छ । राजमार्ग विस्तारको लागत रू. १६ अर्ब ९९ करोड ५२ लाख बराबर रहेको छ । लागतको ८५ प्रतिशत रकम एडीबीले ऋण उपलब्ध गराएको छ भने बाँकी सरकारकै लगानीमा काम हुने आयोजनाले बताएको छ । एडीबीले १ दशमलव ५ प्रतिशत ब्याजदरमा ३२ वर्षका लागि ऋण उपलब्ध गराएको हो । साढे तीन वर्षमा सडक निर्माण सक्ने र पाँच वर्षसम्म निर्माण कम्पनीले नै मर्मत गर्नेगरी सम्झौता भएको छ । २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त सडक विस्तारको शिलान्यास गरेका थिए । रासस

नबन्दै भत्कियाे मितेरी पुल, झनै जोखिममा बस्ती

पोखरा – विङ वालको जग पानीको वहावले खोतलेको छ। पुलको भार थाम्ने वाल आफ्नै भार थाम्न नसक्ने भएर कोल्टिएको छ। निर्माणधिन अवस्थामा गएको बर्खाको भेलले पुलको पिल्लरकोसमेत जग खोतलेर कमजोर बनाइदिएको छ। तनहुँको शुक्लागण्डकी नगरपालिका-७ टुँडा र म्याग्दे गाउँपालिका-५ साउनेपानी जोड्ने गरी म्याग्दे खोलामा निर्माणधिन बक्स कल्भर्ट डिजाइनको पुल नबन्दै भत्किएको छ। दुई स्थानीय तहको […]

तालखोलामा अस्थायी पुल बन्ने

पोखरा महानगरपालिका वडा नं. ३२ को तालखोला अहिले उर्लिएको छ । खोला वारपार गर्न बनाइएको कल्भर्ट तीन वर्षअघि भत्किएपछि स्थानीय र विद्यार्थी ज्यान जोखिममा राखेर खोला तर्न बाध्य छन् ।