विकासको भोकले अत्तालिएको गंगटेमा नेताहरु भोट माग्छन् अनि फर्किँदैनन्

दाङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा एमालेबाट उम्मेदवार बनेकी कोमल वली गएको कात्तिक १५ गते दाङको विकट क्षेत्र  गंगटे पुगिन् ।  बबई गाउँपालिका वडा नम्बर १ मा पर्ने त्यहाँ वली पुगेको...

सम्बन्धित सामग्री

राप्रपाका नेताहरु भेट्न पुगे रामचन्द्र पौडेल, मागे भोट

काठमाडौं, २२ फागुन । नेपाली कांग्रेसबाट राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले राप्रपाका नेताहरुसँग भेटवार्ता गरेका छन् । उनले आफूलाई राष्ट्रपतिको चुनावमा मत दिन आग्रह गरेका हुन् । आज (सोमबार) साँझ पौडेल राप्रपा पार्टी कार्यालय पुगेका हुन् । राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनलगायतका नेताहरुले भोट दिनेबारे सकारात्मक जवाफ दिएको कांग्रेस नेताले जनाए ।

कुनै उम्मेदवार पुगेनन् हरिकृष्णसँग भोट माग्न

काठमाडौं । आफ्नै खेतीपातीमा सधै व्यस्त रहने काभ्रेका हरिकृष्ण धौब दलका नेताहरु प्रति बितृष्णा जागेपनि मताधिकारको उपयोग गर्ने सोचमा छन् । चुनावले छोपिसक्दा पनि कुनै उम्मेदवारले आफूसँग भोट नमागेको उहाँ गुनासो गर्नुहुन्छ । कसैले भोट नमागेपनि आफूलाई चित्त बुझ्ने नेतालाई भोट दिने हरिकृष्णको सोच रहेको छ । यस क्षेत्रका अधिकांश मतदाता खेतीपातीमा व्यस्त हुन्छन । […]

अलपत्र आयोजना देखाउँदै भोट माग्दै बुटवलका नेता

गर्मी याममा बुटवलको सुख्खानगर र दीपनगर क्षेत्रका बासिन्दालाई खानेपानीको समस्याले सताउँछ । धारामा पानी नआउँदा उनीहरु मिलनचोकका सार्वजनिक धारासम्म पानी लिन जानुपर्ने समस्या छ । तर हरेक चुनाव आउँदा यही खानेपानीको समस्या समाधानको एजेण्डा बनाएर नेताहरु भोट माग्न आउने गरेका छन् । एमालेबाट यो क्षेत्रबाट तीन पटक चुनाव जितेका नेता विष्णु पौडेल, बुटवलका पूर्व मेयर एवं प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठ, कांग्रेसका नेता युवराज गिरी लगायतले यही खानेपानीको समस्या समाधान गर्छु भनेर भोट माग्दै आएका छन् ।तर उनीह

मतदाताको गुनासो : भोट हाल्ने दिन आयो, विद्युत आएन

नवलपरासीको बौदीकाली गाउँपालिका-६ लाहापेका ७९ वर्षे धनराज गुरुङलाई गाउँमा बिजुली बत्ती बलेको देख्ने रहर छ । तर विकासका दृष्टिले पिछडिएको यस क्षेत्रमा विद्युत् ल्याउने नेताका कैयन बाचा पूरा नहुँदा उनी निराश भएका छन् । “नेताहरु चुनावमा सबै समस्या समाधान गर्छौं भनेर भोट माग्छन् जितेपछि देख्न पनि पाइँदैन”, गुरुङले भने, “सधैभरी विद्युत् ल्याउँछौँ भनेर भन्छन् तर अहिलेसम्म पोल र तारसम्म आएको छैन ।” विजुलीको व्यवस्था नहुँदा यस क्षेत्रका बासिन्दाहरु सोलार र टुकीको भर पर्नु परे

भोट माग्दै गाउँगाउँमा नेता, आफ्ना माग राख्दै मतदाता

डोटी - आउँदो मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावका लागि उम्मेदवार र राजनीतिक दलका नेताहरु अहिले स्थानीयसँग भोट माग्न अहिले गाउँगाउँ पुगेका छन् । सहर बजारभन्दा पनि गाउँमा चुनावी चहलपहल निकै बढेको छ । गाउँमा उम्मेदवार तथा नेताहरु आउन थालेपछि यहाँका स्थानीयवासीले पनि आफ्ना मागका नेताहरुसँग राख्न थालेका छन् । चुनावी प्रतिस्पर्धामा रहेका उम्मेदवार गाउँगाउँमा चुनावी प्रचारका लागि पुगेपछि स्थानीयले आफ्ना माग नेताहरुसँग राख्न थालेका हुन् । दुई नगरपालिका र सात गा...

हाइप्रोफाइल बुवाहरुबीच छोरीलाई भोट मागिरहेका यी सर्वसाधारण बुवा

६ कात्तिक, काठमाडौं । बाबुराम भट्टराई होउन् या रोमी गौचन, शिवपुजन राय होउन् या आफताब आलम । पिताहरुलाई लाग्छ, सन्तानका लागि केही गरौं । गनेचुनिएका नेताहरु नै आफ्ना छोराछोरीलाई डोर्‍याउँदै भोट माग्न हिँडिरहेका बेला काठमाडौं २ का कृष्ण गौतम पनि आफ्नी छोरीलाई लिएर भोट माग्दै हिँडिरहेका छन् । तर उनी अरुजस्ता ‘गन्यमान्य बुवा’ होइनन्, आफ्नो […]

देउडा गीतबाटै मागे उम्मेदवारले भोट

उम्मेदवारहरूको टुङ्गो लागेसँगै यतिबेला गाउँघरमा चुनावी रौनक तातेको छ । सहर केन्द्रित नेताहरु मतदातासामु भोट माग्नकै लागि गाउँ केन्द्रित बनेका छन् । उनीहरु गाउँघरमा हुने मेला, पर्व, जात्राहरुमा समेत सहभागी भएर आफ्नो प्रसारप्रचार गर्न थालेका छन् ।दैलेखको आठबीस नगरपालिका–१ वडा कार्यालयले शुक्रबार आयोजना गरेको सात्तला जात्रु (मेला) मा केही उम्मेदवार पनि सहभागी भएका थिए । उनीहरुले देउडा गीतबाट मतदातासँग भोट मागे । झण्डै ५ हजार हाराहारीमा मानिस सहभागी रहेको मेलामा ठुलो देउडा खेल खेलिएको थियो ।दे

क्यारमबोर्ड खेल्दै भोट मागिरहेका नेताहरु

२८ असोज, काठमाडौं । क्यारमबोर्डलाई खासै राम्रो खेल मानेर प्रोत्साहन गर्ने चलन छैन । विद्यार्थी, किशोर किशोरीहरु क्यारमबोर्ड खेलेकामा प्रोत्साहन होइन, गाली नै पाउने गर्छन् । न कुनै शारीरिक स्फुर्ति, न जित्दा कुनै ठूलो उपलब्धि, क्यारमबोर्डमा केही छैन । तैपनि नेपालका गाउँशहरमा क्यारमबोर्ड प्रचलित खेलकै रुपमा छ । आसन्न चुनावका लागि भोट माग्ने क्रममा नेताहरुले […]

कुरा प्रविधिका, भोट भने ट्याङ्कीमा !

काठमाण्डाै - भृकुटीमण्डपको बारमा रहेको दुई वटा डिजिटल डिस्प्ले मध्ये एउटामा गगन थापाले भोट माग्दै गरेको देखिन्छ । उहाँ आफूले काठमाण्डौ ४ नं क्षेत्रमा गरेको विकासको फेहरिस्त डिजिटल डिस्प्लेमा देखाएर थाक्नु भएको छैन । उहाँजस्तै अरु उम्मेदवारले पनि यसैगरी डिजिटल डिस्प्लेबाट मत मागेका छन् । भोट माग्न सबै नेताले फेसबुक, युट्युब तथा ट्वीटरको उपयोग गरेका छन् । महाधिवेशनको उद्घाटन सत्रमा कांग्रेसको एप पनि सार्वजनिक गरियो । नेताहरु स्वयम् २१ औँ शताब्दीमा प्रविधिको अत्याधिक उपयोग गर्नुपर्छ भनेर थाक्दैनन्। तर मतदान गर्ने ...

एमाले महाधिवेशन : उम्मेदवारहरू हात जोड्दै भोट माग्दै

नेकपा एमालेको दशौं महाधिवेशनमा विभिन्न पदमा उम्मेदवार बनेका नेताहरु भोट माग्न व्यस्त देखिएका छन् । उम्मेदवारी दर्ता लगत्तै निवर्तमान अध्यक्ष केपी शर्मा ओलीदेखि लिएर अध्यक्ष पदमै उम्मेदवारी दिएका भीम रावल, अन्य पदका उम्मेदवारहरूले महाधिवेशन स्थलमा हात जोडेर भोट माग्न थालेका हुन् ।उम्मेदवारी दर्तापछि ओलीले महाधिवेशन आयोजनास्थलमा घुमेर महाधिवेशन प्रतिनिधिहरुसामु भोट माग्न थालेका हुन् । उनले महाधिवेशन आयोजनास्थलको चारैतिर हात जोडेर घुम्दै महाधिवेशन प्रतिनिधिसँग भोट मागेका हुन् । यसैगरी रावलले पनि उम