चितवन – भरतपुर महानगरपालिकाले साढे चार वर्षमा भएका कामकाे बारेमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । महानगरपालिकाले आज बुधवार पत्रकार सम्मेलनको आयोजना गरी याे अवधिमा गरेको महत्त्वपूर्ण ५४ वटा मुख्य काम सार्वजनिक गरेको हो । सार्वजनिक गरेका कार्यक्रममध्ये धेरैजसाे पूर्वाधार विकास निर्माणका रहेका छन् ।गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, सिटीहल निर्माण, रिङरोड–सडक जस्ता विषयलाई विकासको मुख्य आधार बनाइएको छ । यो बीचमा ६ सय १० किलोमिटर सडकलाई कालोपत्र गरिएको र चार सय ५० किलोमिटर ग्राभ...