नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिमा थप तीन जनालाई मनोनयन गरेका छन् । शनिवार देउवाले रामचन्द्र पौडेल सहित १० जनालाई मनोनयन गरेका थिए ।
आइतवार देउवाले सभापतिमा पहिलो चरणमा आउट भएका कल्याण गुरुङ तथा महामन्त्रीमा पराजित प्रदीप पौडेल, सहमहामन्त्रीमा पराजित जीवन बहादुर शाहीलाई मनोनयन गरेका हुन् ।
कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले पार्टी विधानको धारा २१ को उपधारा १० अनुसार ३ जनालाई केन्द्रीय सदस्य मनोनयन गरेको जानकारी गराएका हुन् ।